काठमाडौं– नेपाली कांग्रेसले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएको छ। बुधबार दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाइएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए।
सरकारले अकस्मात् ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको बताइएको छ। बैठकमा सोमबार गरिएको सरकारविरुद्धको प्रर्दशनको समीक्षासमेत गरिने उनले बताए। बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बोलाइएको छ।
मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकलगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७' जारी गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।