काठमाडौं–आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानले प्रतिस्पर्धा गरिरहेका छन्।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा ओमानले नेपाललाई ३०६ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ थालेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन जोड्यो।
कप्तान जतिन्दर सिंहले शतकीय पारी खेले। उनले ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतले १३० रन जोडे।
यस्तै, जितेन रमानन्दीले ४३, आर्यान बिश्टले ३५, हम्माद मिर्जाले ३०, विनायक शुक्ला र आशिष ओडेदाराले २३–२३ रन जोडे।
बलिङतर्फ नेपालका सोमपाल कामीले चार विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।