काठमाडौं- संवैधानिक परिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा सहभागी छन्। बेलुका ५ बजेका लागि तोकिएको बैठक केही समय ढिला गरी सुरु भएको हो।
पुरानो व्यवस्थाअनुसार बोलाइएको संवैधानिक परिषद्को बैठक नयाँ अध्यादेशको व्यवस्थाअनुसार बसेको हो। संवैधानिक परिषद्को बैठकलाई नै दृष्टिगत गरी नयाँ अध्यादेश ल्याइएको थियो।
मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७' जारी गरेकी थिइन्।
यसअघि परिषद्को बैठकमा प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेता गरी ६ जना सहभागी हुने व्यवस्था थियो। जसमा ५ सदस्य उपस्थित भएपछि मात्रै आफ्नो अनुकूल निर्णय गर्न पाउने व्यवस्था थियो। तर त्यस व्यवस्थालाई उल्टाउँदै ओलीले तीन सदस्य उपस्थित भए मात्रैपनि नियुक्त गर्न पाउँने व्यवस्था गरेका छन् ।
मंगलबार विहान परिषद बैठक बोलाइएको थियो। सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि कोरम नपुगी बैठक स्थगित भएको थियो। कोरम नपुगी बैठक स्थगित भएपछि मन्त्रिपरिषद्को सिफारिसमा नयाँ अध्यादेश ल्याएर तीन सदस्य मात्रै उपस्थित भएपनि निर्णय गर्न पाउँने व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।