काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सडक र सदनको बलबाट असफल बनाउने चेतावनी दिएका छन्। थापाले यो प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश कदम भएको टिप्पणीसमेत गरेका छन्।
‘संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी गर्ने‚’ थापाले भने‚ ‘सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं। सडक र सदनको बलबाट! जनताको साथ र शक्तिबाट!’
मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकलगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७' जारी गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।