काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले मंगलबार जारी गरेको अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी कार्य भएको टिप्पणी गरेका छन्।
सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई अस्वीकार्य रहेको उनले ट्विटरमा लेखेका छन्। अध्यादेशले संविधान र प्रणालीमाथी नाङ्गो आक्रमण गरेको उनले उल्लेख गरेका छन्।
मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकलगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७' जारी गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।