काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश गलत भएकाले खारेज हुनुपर्ने टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा लेख्दै शर्माले यस्तो बताएका हुन्।
‘काम कुरो एकातिर कुम्लो बोकि ठोरीतिर? इन्तु, परन्तु, इफ, बट, दायाँबायाँ, आदि-इत्यादि कुरै छैन। अध्यादेश विलकुलै गलत छ‚’ शर्माले लेखेका छन्‚ ‘हाम्रो प्रष्ट विमति छ। समर्थन नखोज्नोस्, खारेज गर्नोस्!’
मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकलगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७' जारी गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।