काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्को पहिलो संशोधन अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्ने नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बताएको छ।
प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले ट्विटरमा यस्तो टिप्पणी गरेकी हुन्। ‘पार्टी फुटलाई प्रश्रय दिँदै, संसदलाई समेत बन्धक बनाई अध्यादेश ल्याइनु आपत्तिजनक छ‚’ दाहालले लेखेकी छन्‚ ‘संविधानलाई लत्याएर ल्याइएको यो अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएका कारण जस्ताको तस्तै फिर्ता हुनुपर्दछ।’
मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रचण्ड पक्षका मानिने सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि लगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७' जारी गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।