काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा सल्लाह नै नगरी संवैधानिक परिषदको अध्यादेश जारी गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल समूह छलफलमा जुटेको छ। खुमलटारमा अध्यक्ष दाहालसँग माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमलगायत भेला भएका छन्।
अध्यक्ष ओलीले चाल्ने कमदको बारेमा रणनीति बनाउन र अध्यादेशबारे एकमतको धारणा सार्वजनिक गर्न खुमलटारमा भेला भएका हुन्। अध्यादेशलाई लिएर आपत्ति जनाइएको प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मगंलबार साँझ आह्वान गरेको संवैधानिक बैठकमा नजाने घोषणा गरिसकेको छ।
यता अध्यादेशलाई लिएर आपत्ति जनाइसकेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षको खुमलटारमा आकस्मिक बैठक सुरु भएको हो। उनीहरूले अध्यादेशबारे ठोष अडान लिने तयारी गरेका छन्।
प्रतिपक्ष नेपाली कांग्रेसले पनि अध्यादेशका विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै बैठकमा सहभागी नहुने बताएका छन्। बिहान बोलाइयो, संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए।
मन्त्रिपरिषद्को बैठकमा छलफल नै नगरी उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यादेश जारी गर्न पठाएका थिए। राष्ट्रपति भण्डारीले पनि अध्यादेश जारी गरेकी थिइन्। यो समाचार तयार पार्दासम्म अध्यादेश राजपत्रमा भने प्रकाशन भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।