काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता सुवास नेम्वाङले भेट गरेका छन्। भेटका क्रममा प्रचण्डले पार्टीमा परामर्श नगरी अध्यादेश ल्याइएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्।
पार्टीमा कुनै छलफल नै नगरी अध्यादेश ल्याउनुको प्रधानमन्त्री ओलीको औचित्यका विषयमा नेम्वाङसँग कुराकानी गरेका थिए। पार्टीमा आइरहेको समस्या समाधानतर्फ भन्दा बढाउनेतर्फ लागेको भन्दै ओलीप्रति असन्तुष्ट रहेको बताएको प्रचण्ड सचिवालयले जनाएको छ।
नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले आफूले कार्यकारी अध्यक्षलाई भेटेको बताएका छन्। भेटमा ‘अध्यादेश नल्याएको भए हुन्थ्यो’ भन्ने धारणा राखेको उनले बताए।
नेम्वाङले पार्टीको वर्तमान अवस्थाका विषयमा कुरा भएको बताए। भने, ‘अहिले पार्टीमा भएको समस्याका बारेमा छलफल भयो। आफू समस्या समाधान गर्न लागिरहे पनि केही ढिलो भएको बताउनुभयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।