काठमाडौं- मंगलबार मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशका बारेमा बैठक उपस्थित मन्त्रीहरुलाई नै जानकारी नभएको पाइएको छ।
मंगलबारको मन्त्रीपरिषद्को बैठक सकिनेबित्तिकै भएको कुराकानीमा उनले सोमबारको ‘नियमित बैठक’ भएकाले अरु छलफल नभएको बताए। विशेष राजनीतिक कदम चालिने सूचना रहेको भन्दै गरिएको प्रतिप्रश्नमा समेत उनले अनभिज्ञता प्रकट गर्दै भने, ‘सोमबारको नियमित बैठक आज भएको हो। त्यस्तो कुनै छलफल भएन।’
त्यसको केही समयपछि अध्यादेश जारी भयो। जारी भइसकेपछि फेरि उनीसँग कुरा हुँदा उत्तर थियो, ‘अध्यादेश ल्याउने विषयमा कुनै छलफल भएको थिएन। त्यसैले के के विषय संशोधन गरियो थाहा छैन। कानुनमन्त्रीलाई थाहा छ कि?’
त्यसपछि अरु केही मन्त्रीले पनि मन्त्री परिषद्मा छलफल नभएकाले संशोधित विषयबारे जानकारी नरहेको बताए। मन्त्रीहरुका अनुसार प्रधानमन्त्रीले ठाडो प्रस्तावमा अध्यादेश आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।