काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण 'राजा आऊ देश बचाऊ'को नारा लागेको आरोप लगाएका छन्।
देशव्यापी विरोध प्रर्दशनलाई हेटौँडामा सम्बोधन गर्दै देउवाले ओलीसँगको मिलेमतो र निरासाका कारण यस्तो भएको टिप्पणी गरे। कोरोना महामारीको समयमा जनताका लागि काम गर भन्दै नेपाली काग्रेसलाई सरकारलाई पूर्ण सर्मथन गरेको तर सरकार सर्वसत्तावाद साँध्नेतिर अघि सरेको बताए।
‘हामीले कोरोनामा जनतालाई बचाउन सरकारलाई यत्रो समय सहयोग गरेकै हो। कोरोना कोषमा रकमजम्मा गर्ने देखि रचनात्मक आलोचना गरेरका थियौँ,’ देउवाले भने, ‘तर सरकार स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गर्ने कमिसन लिने अनि जनताको उपचार नगर्ने काममा लाग्यो।’
सरकार सर्वसत्तावाद लाद्ने र आफूबाहेक अरु सबैलाई निषेध गर्नेकाममा लागेकाले सडकमा आउन परेको देउवाको दाबी थियो। सुरुमा निर्वाचनको समयमा कम्युनिष्ट सरकार आएमा हास्न पाइँदैन भनी आफूले भनेको कुरा अहिले जनताले महशुस गरेको भन्दै उनले कोरोना कहरमा जनतालाई सरकारले रुन पनि नदिएको उनको आरोप थियो।
‘अब सर्वसत्तावादविरुद्ध नेपाली कांग्रेस अघि बढेको छ,’ देउवाले भने, ‘जनताले लडेर ल्याएको गणतन्त्रविरुद्ध सरकारकै कारण सडकमा नारा लागेका छन् तर राजा फर्केर आउने सम्भावना छैन।’
त्यस्तै कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले सुतेको कांग्रेसलाई नजिस्क्याउन सरकारलाई चेतावनी दिएका थिए। उनले कांग्रेसलाई जिस्क्याउनु भनेको सुतेको बाघलाई जिस्क्याउनु सरह भएको टिप्पणी गरे।
हेटौंडाकै कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सुतेको बाघलाई जिस्क्याउने काम नगर, त्यसैगरी कांग्रेसलाई पनि’ शर्माले भने ‘महामारीका बेला सडकमा किन आउनुप¥यो ? हामीलाई पनि चाहना थिएन । सरकारले भनेको मानेर घरघरमै बसेकै थियौँ।’
सरकारलाई चुपचाप सघाएकै अवस्थामा अब काग्रेस सडकमा आएकोले अब धेरैको निन्द्रा हराउने चेतावनी उनले दिए।
‘कोरोनामा जनतालाई रक्षा गर र काम गरे भनेर कांग्रेसको तर्फबाट सवैभन्दा पहिला ५० लाख लगेर सरकारलाई दिएकै हौँ,’ शर्माले भने, ‘तर सरकारले त्यो गरेर भ्रष्टाचार र कमिसन खाने र महामारीको समयमा समेत भ्रष्टाचार गर्यो।’
सरकारको यही व्यवहारका कारण कोरोना महामारीकै कारण आफूहरु सडकमा आउनुपरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।