काठमाडौं– मकवानपुर, इन्द्रसरोबरका नक्कल बहादुर बल २०७३ साल जेठ ९ गते ललितपुरको कार्यबिनायकमा चितुवाको छालासहित पक्राउ परेका थिए। जिल्ला वन कार्यालयले उनलाई २८ हजार रुपैयाँ धरौटीमा छाडिदियो।
गाउँमै चितुवा मारेर पैसा कमाउन छाला बोकेर उनी काठमाडौं आउँदा पक्राउ परेका थिए।
नक्कलबहादुर फेरि मंगलबार चितुवाको हड्डीसहित पक्राउ परेका छन्। संयोग कस्तो भने पहिलो जून चितुवाको छालासहित पहिला उनी पक्राउ परेका थिए, यसपटक त्यही चितुवाको हड्डीसहित पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले उनलाई मंगलबार ललितपुरको मगरगाउँबाट पक्राउ गरेको हो।
अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार यसपटक उनी केसी ७ सय ग्राम चितुवाको हड्डीसहित पक्राउ परेका हुन्। बरामद हड्डी २ वर्षअघि बरामद भएको चितुवाकै हड्डी भएको खुलेको थियो। २ वर्षदेखि उनले सो हड्डी लुकाएर राखेका थिए।
२ वर्षअघि छाला बेच्न आएकोमा यसपटक उनी हड्डी बेच्न आएका थिए। एउटै चितुवाको अंगका कारण दुई पटक पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।