काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र दमकमा भेला गरेका छन्। झापाको दमक बहुमुखी क्याम्पसमा भेला जारी रहेको बताइएको छ।
भेलामा प्रदेश १ का आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो प्रमुख अतिथि छन्। नेकपाका केन्द्रीय सदस्यहरू शिवकुमार मण्डल, महेष रेग्मी, भाष्करराज काफ्ले, झलकसंह दर्लामीसमेत भेलामा सहभागी भएको बताइएको छ। भेलामा अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका सहसंयोजक रञ्जित तामाङ पनि पुगेका छन्। प्रचण्ड नेपाल निकट विद्यार्थीले विभिन्न प्रदेशमा भेला गर्दै आएका छन्।
यसअघि मंसिर १९ गते राजधानीको थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रचण्ड नेपाल समूहका विद्यार्थीले भेला गरेका थिए। भेलामा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल र केन्द्रीय सदस्यहरू रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेलगायत नेताहरूले सम्बोधन गरेका थिए। यसअघि प्रधानमन्त्री ओली पक्षका विद्यार्थीहरूले मंसिर २२ मा विराटनगरमा प्रदेशस्तरीय भेला गरेका थिए। भेलामा ओलीनिकट नेताहरूले सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।