फाइल तस्बिर
काठमाडौं–संवैधानिक परिषदको आज बस्ने भनिएको बैठक अन्योलमा परेको छ । विपक्षी दलका नेता शेरवहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर आफू आउन नसक्ने जानकारी दिएपछि बैठक अन्योलमा परेको हो। बैठक आइतबार बिहान ९ बजेका लागि तय भएको थियाे।
रिक्त सवैधानिक निकायमा पदाधिकारी सिफारिसका लागि प्रधानमन्त्री ओलीले लामो समयपछि बैठक बोलाएका थिए। हाल अख्तियारमा प्रमुअ आयुक्तसहित ३ , मानव अधिकार आयोगमा पाँच, महिला आयोगमा पाँच सहित चार दर्जन पदाधिकारी रिक्त छ।
संवैधानिक परिषदमा प्रधानमन्त्रीको अध्यक्षतामा विपक्षी दलका नेता, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश सदस्य रहन्छन् । महत्वपूर्ण सवैधानिक निकायहरु रिक्त रहँदा समस्या भईरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।