फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउाबीच भेट भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।
'सभापति देउवाजी र प्रधानमन्त्रीजीबीच भेट भएको हो। बालुवाटरमा भएको भेटमा उहाँहरूबीच संवैधानिक परिषद्का विषयमा छलफल भएको हो,' नेता लेखकले भने, 'अरु विशेष विषयमा छलफल थिएन।'
प्रधानमन्त्री ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन्। लामो समयपछि बस्न लागेको परिषद् बैठकको तयारीका लागि प्रधानमन्त्री ओलीले देउवासँग परामर्श गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।