• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार ३०, २०८२ Mon, Jul 14, 2025 ४ : २६ : ३५
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार
इजरायलमा कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा, प्राथमिकतामा केयरगिभर भाषा र सीप संयन्त्रबारे अन्याेल
64x64
निर्मला घिमिरे शुक्रबार, मंसिर २६, २०७७  ०६:५३
1140x725
इजरायलमा एक जना वृद्धालाई सुपरमार्केट घुमाउँदै नेपाली केयरगिभर। तस्बिर : छिरिङ डोल्कर गुरुङ

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। 

मन्त्रालयले इजरायलमा कामदार पठाउन छुट्टै कार्यविधि तयार गरेको समेत जानकारी दिएको छ। तर यो कार्यविधि स्वीकृत भने भइसकेको छैन। 

‘इजरायल रोजगारीका लागि मन्त्रालयले छुट्टै कार्यविधि तयार गरेको छ। अब केही समयपछि कामदार भर्ना प्रक्रियाको टुंगो लाग्छ,’ रोजगार व्यवस्थापन महाशाखाका प्रमुख एंव सहसचिव हरि मैनालीले नेपाल लाइभसँग भने। 

इजरायल रोजगारीका लागि नेपाली कामदार सरकारी संयन्त्रमार्फत पठाउने तगरी तयारी गरिएको छ। सरकारी संयन्त्र (जिटुजी)मार्फत कामदार पठाउँदा थप पारदर्शी हुने गरी कार्यविधि तयार गरिएको मन्त्रालयको भनाइ छ। दुई देशबीच भएको श्रम सम्झौताअनुसार तय गरिएको कार्यविधिमा कामदार भर्ना प्रक्रिया, लागत, कामदारको कार्यस्थल सुरक्षा, पारिश्रमिक लगायत अन्य सेवासुविधासमेत समेटिएको छ। 

सुरु हुँदै कामदार छनौट प्रक्रिया 
इजरायल कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेकाले केही दिनमै कामदार छनाेट प्रक्रिया सुरु हुने बताइएको छ। कार्यविधि स्वीकृत भसकेपछि दुई देशबीच कार्यान्वयनसम्बन्धी प्रोटोकलमा हस्तारक्षर हुनेछ। लगत्तै कामदार भर्ना प्रक्रिया अगाडि बढाइनेछ।

‘हामी अन्तिम चरणमा छौँ। इजरायलमा कामदार पठाउने प्रक्रिया छिट्टै सुरु हुन्छ,’ सहसचिव हरि मैनालीले भने। वैदेशिक रोजगार विभागमार्फत कामदार इजरायल पठाइनेसमेत उल्लेख गरिएको छ।

इजरायलले नेपालबाट दक्ष श्रमिकहरु लैजाने इच्छा देखाएको छ। नेपालबाट सीपयुक्त तथा भाषामा समेत दक्ष कामदार लैजाने योजना इजरायलको छ। मन्त्रालयकाअनुसार इजरायल रोजगारीमा केयर गिभरमा कामदार पठाउने प्रक्रियाको टुंगो सम्भवतः पुस महिनाभित्रै लाग्छ।

प्राथमिकतामा केयरगिभर, पहिलो चरणमा ५ सय कामदार लैजाने 
वैदेशिक रोजगारीका लागि निकै आकर्षक मुलुक इजरायलले नेपालबाट केयरगिभर कामका लागि श्रमिकहरु लैजाने विषयलाई प्राथमिकतामा राखेको छ। इजरायलले नेपालबाट पहिलो केयरगिभरका लागि पहिलो चरणमा चरणमा ५ सय कामदार लैजाने जनाएको छ।

Ncell 2
Ncell 2

आम्दानी, सामाजिक सुरक्षा तथा श्रमिकहरुको कार्यस्थल सुरक्षाका हिसाबले समेत सुरक्षित गन्तव्य रहेको इजरायलले निर्माण, उद्योग, कृषि, रेस्टुराँ, होटल, माछापालन लगायतका क्षेत्रमा समेत नेपाली श्रमिकहरु लैजाने उल्लेख गरेको छ। 

शुल्क कामदार आफैँले तिर्नुपर्ने 
इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क भने कामदार आफैँले तिर्नुपर्ने उल्लेख गरिएको छ। मलेसिया लगायत अन्य खाडी मुलुकमा म्यानपावरमार्फत् कामदार पठाउँदा फ्री भिसा फ्री टिकट प्रणालीमार्फत कामदार पठाउने व्यवस्था गरिएको छ। तर इजरायलमा सरकारी संयन्त्र (जिटुजी) मार्फत नै कामदार पठाउने हुँदा पनि सरकारले फ्री भिसा, फ्री टिकट प्रणाली लागू गर्न नसकेको हो।

 इजरायलले अन्य मुलुकहरुसँग फ्री भिसा तथा फ्री टिकटको सुविधा नदिएकाले यो सुविधा नेपाली श्रमिकहरुले समेत प्राप्त गर्न नसकेको सरकारी अधिकारीहरुको भनाइ छ। छलफलमा भने नेपालीहरुलाई भिसा निःशुल्क गराउन जोड दिइएको बताइएको छ। तर टिकट शुल्क भने श्रमिकले बेहोर्नुपर्ने उल्लेख छ। ५ वर्ष करार अवधि रहने इजरायल रोजगारीमा जाने श्रमिकले आउनेजाने खर्च, बिमालगायतका रकम आफैँ तिर्नुपर्ने उल्लेख गरिएको छ। रोजगारीका लागि इजरायल जान लाग्ने खर्चबारे मन्त्रालयले अझसम्म सार्वजनिक गरेको छैन। 

भाषा र सीप संयन्त्रको टुंगो छैन 
सरकारले इजरायलमा नेपाली कामदार भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको बताए पनि इजरायल रोजगारीमा जाने श्रमिकहरुका लागि सीप सिकाउने तथा भाषा सिकाउने उचित संयन्त्रको टुंगो भने लाग्न सकेको छैन।

इजरायल जाने श्रमिकहरुलाई कुन तहसम्मको सीप आवश्यकता पर्ने, सीप सिकाउने तथा सीप परीक्षणको जिम्मा कसले लिने, भाषा कुन लेवलसम्म जान्नुपर्ने लगायत सम्बन्धमा कुनै टुंगो लागेको छैन। यस अघि पनि इजरायल रोगारीमा भाषा तथा सीप सिकाउने उचित संयन्त्रको अभावका कारण इजरायल रोजगारीमा पुगेका श्रमिकहरु समस्यामा परेका थिए। खास गरी इजरायल रोजगारीमा जाँदा हिब्रु तथा अंग्रेजी भाषा आवश्यक पर्छ। त्यसमा पनि बालबच्चा तथा वृद्धवृद्धाको हेरचाह कामका लागि जाने ‘केयर गिभर’ भाषामा पोख्त हुनुपर्छ। 

नेपालीका लागि यसकारण आकर्षित छ इजरायल
कृषि प्रविधिमा निकै अब्बल मानिने इजरायल नेपाली श्रमिकहरुका लागि निकै आकर्षक हुन सक्ने विश्वास गरिएको छ। इजरायल रोजगारीमा संलग्न नेपाली श्रमिकहरुको जीवनस्तर उकास्नका लागि इजरायलको कृषि प्रविधि नेपालमा भित्र्याउन समेत सहज हुने अपेक्षा गरिएको छ। इजरायली रोजगारीमा संलग्न नेपाली श्रमिकहरुले इजरायलमा सिकेको सीप स्वदेश फर्किएर पनि प्रयोग गर्न सक्ने र यसबाट आत्मनिर्भर बन्न सक्छन्। इजरायलको कानुन श्रमिकमैत्री भएका कारण पनि नेपाली श्रमिकहरुका लागि इजरायल आकर्षक बन्न सक्ने विश्वास गरिएको छ।

काम तथा कमाई समेत आकर्षक हुने हुँदा नेपाली श्रमिकहरु इजरायल रोजगारीमा आकर्षित छन्। हाल इजरायलमा २५ सयभन्दा बढी नेपालीहरू कार्यरत रहेका छन्। थप व्यवस्थित तरिकाले जिटुजी प्रणालीमार्फत् इजरायलको श्रम बजारमा नेपाली कामदार लैजान नेपाल सरकार तथा इजरायलबीच गत असोज १४  गते श्रम समझदारी पत्रमा समेत हस्ताक्षर भइसकेको छ। यो हस्ताक्षरसँगै इजरायलका विभिन्न क्षेत्रमा नेपाली श्रमिकहरुले रोजगारीको अवसर पाउने बाटो खुल्ला भएको छ। 

करिब ४ वर्षअघि पनि पाइलट प्रोजेक्टका रुपमा इजरायल रोजगारी खुल्ला भएको थियो। तर उचित संयन्त्र तथा प्रक्रियाको टुंगो नहुँदा उल्लेख्य संख्यामा नेपाली कामदारहरुले लाभ लिन सकेका थिएनन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७  ०६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
सबै सामाजिक सञ्जाल दर्तामा आउनुपर्छ, कानुन मान्नुपर्छ : सञ्चारमन्त्री प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा निजी क्षे... मंगलबार, असार १०, २०८२
कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टि–अक्सिडेन्टजस्ता पोषकतत्वहरूलाई ध्या... शनिबार, जेठ ३१, २०८२
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार गत वैशाखदेखि लक्की पोलि इन्डस्ट्रिजले प्लाष्टिकका सामान... शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
बंगलादेशविरुद्ध नेपाल पराजित आइतबार, असार २९, २०८२
रास्वपालाई प्रधानमन्त्रीको प्रश्न- सहकारीका करोडौं झ्वाम पार्ने र अन्याय पर्यो भन्दै हस्ताक्षर गर्ने? आइतबार, असार २९, २०८२
साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी आइतबार, असार २९, २०८२
मौद्रिक नीति सकारात्मकः नेपाल चेम्बर आइतबार, असार २९, २०८२
प्रचण्डले भोलि सदनलाई सम्बोधन गर्ने आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो)
एक मिनेटमै सकियो काठमाडौंं महानगरको कार्यपालिका बैठक,बजेट आइतबार आउने(भिडियो) आइतबार, असार २९, २०८२
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो)
आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति सार्वजनिक भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो)
सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि अघि बढ्नुपर्ने(भिडियो) आइतबार, असार २९, २०८२
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो)
२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री(भिडियो) आइतबार, असार २९, २०८२
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो)
रविको पक्षमा हस्ताक्षरपछि मनिषा : राज्यबाट उहाँमाथि अन्याय र दुर्व्यवहार भएको छ(भिडियो) आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
सरकारी निकायले अब चेक काट्न नपाउने आइतबार, असार २९, २०८२
११०० रुपैयाँले बढ्याे सुनकाे मूल्य आइतबार, असार २९, २०८२
म्यान्मामा गुम्बा लक्षित हवाई आक्रमण, २२ सर्वसाधारणको मृत्यु शनिबार, असार २८, २०८२
छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु आइतबार, असार २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

nepallivenews@gmail.com
nepallivemarketing@gmail.com

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

healthnewspaper@gmail.com
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्