• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ९, २०८२ Mon, Mar 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारको आलोचना  सह्य हुन्छ, अस्थिरता सिर्जना सह्य हुँदैन : प्रधानमन्त्री ओली 

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २५, २०७७  १०:३७
1140x725

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट प्राप्त सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुने तर अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन नसक्ने चेतावनी दिएका छन्। विश्व मानव अधिकार दिवसका अवसरमा बिहीबार शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘‘लोकतन्त्रको अपरिहार्य अंगका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चारमाध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको नेपाल सरकार हमेसा स्वागत गर्दछ ’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ‘तर आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सदभावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसो पानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सह्य हुन सक्दैन ।’

आफूले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको आफ्नो सरकारलाई खबरदारी गर्ने नागरिकको सार्वभौम हकलाई सरकारले सदैव उच्च सम्मान गर्ने ओलीको भनाइ छ ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमणको महामारी नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सफल भएको दाबी गर्दै अब कोरोना खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पु¥याउन सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।

आधुनिक सभ्य समाजमा आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचना ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य नहुने बताउँदै ओलीले त्यस्ता कार्य दण्डनीय हुने पनि बताएका छन् ।

Ncell 2
Ncell 2

प्रधानमन्त्री ओलीले मानव अधिकारसम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना नेपाल सरकारले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी पनि दिएका छन् ।

प्रधानमन्त्रीकाे सम्बाेधनकाे पूर्ण पाठ

 

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

विश्व मानव अधिकार दिवसको उपलक्ष्यमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी वहिनीहरूलाई हार्दिक शुभकामना भन्न चाहन्छु ।  

मानव अधिकारलाई शान्ति र विकासको मूल आधारको रूपमा स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । त्यसै दिनको सम्झनामा विश्वव्यापी रूपमा यो दिवस मनाइने गरेको कुरा यहाँहरू सबैलाई विदितै छ । मानवअधिकार घोषणापत्रले मानिसका जन्मसिद्ध एवं नैसर्गिक अधिकारहरूलाई मानव अधिकारका रूपमा परिभाषित गरेको छ । यही घोषणापत्र र संयुक्त राष्ट्र संघको बडापत्रलाई आधार मानेर मानव अधिकारका विविध पक्षहरूलाई समेट्ने गरी संयुक्त राष्ट्र संघद्वारा मानव अधिकारसम्बन्धी विभिन्न महासन्धि र अनुबन्धहरू जारी हुँदै आएका छन् । नेपाल मानव अधिकारसम्बन्धी सबै महत्वपूर्ण महासन्धि र अनुबन्धहरूको पक्ष राष्ट्र बनिसकेको छ ।

आर्थिक–सामाजिक रूपमा अति कम विकसित तथा विषम भौगोलिक संरचना भएको मुलुक भएता पनि नेपालले विश्वव्यापी रूपमा स्वीकार गरिएका प्रायः सबै मानव अधिकार अनुबन्ध र सन्धिहरूलाई मौलिक हककै रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति दिएको छ । र, तिनका अक्षर र भावनाको कार्यान्वयन गरेको छ । राष्ट्रिय क्षमताका दृष्टिले यो आफैमा एउटा उदाहरणीय पक्ष हो । नेपालले नागरिक तथा राजनीतिक अधिकार मात्र नभई प्रगतिशील रूपमा हासिल गरिने र अदालतबाट उपचार पाउन नसकिने भनी विश्वास गरिएका कतिपय आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूलाई समेत मौलिक हककै रूपमा संवैधानिक प्रत्याभूति दिनुका साथै कानूनी उपचारको व्यवस्थासमेत गरेर नेपालको मानव अधिकारप्रतिको पूर्ण, अटल र अविचलित प्रतिबद्धतालाई स्पष्ट गरेको छ । नेपालको संविधानले शिक्षा, स्वास्थ्य, खानेपानी, आवास, रोजगारी, स्वस्थ वातावरण, सामाजिक सुरक्षाजस्ता हकहरूलाई मौलिक हकका रूपमा व्यवस्था गरी तिनको कार्यान्वयनका लागि आवश्यक कानूनसमेत तर्जुमा गरिसकेको छ ।

दिदीबहिनी तथा दाजुभाइहरू,

हामीले स्वतन्त्रतापूर्वक मानवोचित जीवन बाँच्न पाउने नागरिकको अधिकारको सुनिश्चितताका लागि लामो र कठीन राजनीतिक संघर्षबाट जनताको पूर्ण सहभागिता र समर्थनमा लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । नयाँ संविधानअन्तर्गत निर्वाचन भई तीनवटै तहका सरकार क्रियाशील भएपछि राजनीतिक संक्रमणकालको गोलचक्कर अन्त्य भएर मुलुकमा स्थिरताको नयाँ अध्याय कायम भएको छ । 

राजनीतिक मुद्दाहरूको टुंगो लागेसँगै हाम्रो सम्पूर्ण ध्यान र प्रयास आर्थिक समानता, सामाजिक न्याय, समानुपातिक समावेशीता र सहभागिताको सिद्धान्तका आधारमा राजनीतिक लोकतन्त्र मात्र नभई परिपूर्ण लोकतन्त्र (Comprehensive Democracy) को प्रत्याभूति गर्न केन्द्रित भएको छ । समाजका सबै सदस्यको न्यायोचित आकांक्षा संवोधन गर्नसक्ने समन्यायमा आधारित सम्मानपूर्ण जीवनयापनको व्यवस्था भएको लोकतन्त्र नै परिपूर्ण लोकतन्त्र हो । खासमा परिपूर्ण लोकतन्त्र राजनीतिक मात्र नभई सामाजिक जीवनका सम्पूर्ण क्षेत्र र पक्षहरू समेटेको लोकतन्त्र हो । यसै आधारमा हामीले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा तय गरी हाम्रा सबै प्रयास र क्रियाकलाप यसै आकांक्षा परिपूर्तिका लागि केन्द्रित गरेका छौं । दीगो उत्पादन र उत्पादकत्व, उच्च र समतामूलक राष्ट्रिय आय एवं सर्वसुलभ आधुनिक पूर्वाधार एवं अन्तरआवद्धता समृद्धिका आधारहरू हुन् । त्यसैगरि सुशासन, स्वस्थ र सन्तुलित पर्यावरण, सबल लोकतन्त्र, राष्ट्रिय एकता, सुरक्षा र सम्मानयुक्त परिष्कृत र मर्यादित मानव जीवन सहितको सुरक्षित, सभ्य र न्यायपूर्ण समाज सुखी समाज हो । मेरो नेतृत्वको सरकार सामाजिक अपराधमुक्त समाज निर्माण गर्न दृढ प्रतिज्ञ छ ।

हामी कहिलेकाँही कसैको रुचिको आधारमा हाम्रो मौलिक संस्कृतिमाथि प्रहार हुने गरी मानव अधिकारको नयाँनयाँ परिभाषा खोज्दै हिंड्छौं । तर वर्तमान सरकार मानव अधिकारलाई कोरा घोषणाको विषयको रूपमा मात्रै हेर्दैन । नेपाल सरकार नागरिकको सुरक्षा र मर्यादापूर्वक बाँच्न पाउने हकलाई सर्वोपरि महत्व दिँदै सो कुराको पूर्ण प्रत्याभूतिमा मात्र अन्य हकहरूको कार्यान्वयन संभव हुन्छ भन्ने मान्यता राख्दछ । स्वस्थ तथा सन्तुष्ट जीवन, सुरक्षित र सुविधा सम्पन्न आवास, भौतिक सुविधा र सम्पत्ति उपरको समतामूलक पहुँच, विभेद, हिंसा र अपराधमुक्त समाज, सामाजिक र साँस्कृतिक विविधताको सम्मान र संरक्षण, स्वच्छ र सन्तुलित पर्यावरण, सुशासन, कानूनी शासन, पारदर्शीता र जवाफदेहीता, राष्ट्रिय एकता र सम्मान, मर्यादित जीवनका पूर्व शर्तहरू हुन् । 

यसै अवधारणा अनुरूप, “कोही भोकै पर्दैन र भोकले कोही मर्दैन” भन्ने प्रतिवद्धता नेपाल सरकारले लिएको छ । मानिसको बाँच्न पाउने आधारभूत अधिकारको सुनिश्चितताको लागि यो प्राथमिक पूर्वशर्त हो । रोजगारीको सुनिश्चितताको लागि “सबैलाई सीप, सबैलाई रोजगारी”, “श्रमको सम्मान, राष्ट्रिय अभियान”,  प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति महिला उत्थान कार्यक्रम, उद्यमशिलता विकास गर्न कार्जामा व्याज अनुदान, महिला उद्यमशिलता विकास कार्यक्रम लगायतका कार्यक्रमहरू मर्यादित जीवन बाँच्न पाउने हकको कार्यान्वनका लागि ल्याइएका हुन् । ज्येष्ठ नागरिक, आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका व्यक्ति, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, लोपोन्मुख जातिका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइएको छ । शिक्षा र स्वास्थ्य सधै हाम्रो उच्च प्राथमिकतामा रहेका छन् । मानव मर्यादालाई नै धुमिल गर्ने सडक बालबालिकाको समस्यालाई प्रभावकारी रूपमा सम्बोधन गरिएको छ । काठमाडाँैमा सडक बालबालिकाको समस्या निराकरण गरी सडक बालबालिका विहिन शहरको रूपमा स्थापित गरिएको छ भने मुलुकबाटै सडक बालबालिकाको समस्या समाधान गर्ने गरी कार्यहरू भइरहेका छन् । सडक मानवको समस्या पनि छैन । 

आफ्नो वा परिवारको स्वामित्वमा घर, जग्गा नभएको र आफ्नो वा परिवारको आय आर्जन, स्रोत वा प्रयासबाट आवासको प्रवन्ध गर्न नसक्ने असमर्थ व्यक्ति वा परिवारको लागि आवासको व्यवस्था गर्न “जनता आवास” जस्ता कार्यक्रमहरू संचालन गरिएको छ ।

“समृद्ध मुलुकको लागि स्वस्थ नागरिक“को अवधारणालाई साकार पार्न निःशुल्क आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा पहुँचको व्यवस्थालाई सुनिश्चित गर्न “एक स्थानीय तह, एक स्वास्थ्य संस्था”, ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमा लगायतका कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को संक्रमणले मानव अधिकारको उपभोगमा चुनौति थपिदिएको छ । यसले बाँच्न पाउने हक पहिलो हक हो भन्ने कुरा पुनः पुष्टी गरेको छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले आफ्नो स्रोत, साधन र क्षमताको अधिकतम उपयोग गरी यसको रोकथाम, नियन्त्रण र उपचारमा दत्तचित्त रही कार्य गरिरहेको कुरा सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरूमा अवगत नै छ । पूरै अनुभवशून्यताको अवस्थाबाट हामीले यसको रोकथाम, नियन्त्रण र उपचारको काम शुरु गरेका हौं । एउटा पनि परीक्षण गर्न नसक्ने अवस्थाबाट आज हामी एकैदिन हजारौको संख्यामा परीक्षण गर्नसक्ने अवस्थामा पुगेका छौं । स्वास्थ्य पूर्वाधारमा ऐतिहासिक बढोत्तरी गरिएको छ । सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने काम प्रारम्भ भइसकेको छ । नेपाल सरकारले यो वर्ष ३९६ स्थानीय तहमा ५, १० र १५ सैय्याका आधारभूत अस्पताल र ७ वटै प्रदेशमा सरुवा रोग अस्पतालको निर्माण प्रारम्भ गर्ने लक्ष्यअनुरूप एकैदिन ३०९ स्थानीय तहमा आधारभूत अस्पताल र तीनवटा प्रदेशमा सरुवा रोग अस्पताल निर्माणको काम प्रारम्भ भइसकेको छ । यी सबै प्रयाशहरूबाट नेपालमा कोभिड–१९ को महामारीलाई नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न हामी सफल भएका छौं । यसमा लकडाउनदेखि नै आम जनसमुदायको असाधारण सहयोग रहिआएको छ । 

यो महामारीको जोखिम यसको खोपको उपलब्धता नभएसम्म कायमै रहने भएकोले यस अवसरमा सबै दिदी बहिनी दाजु भाइहरूमा स्वास्थ्य सुरक्षाका मापदण्ड अनुशासित रूपमा पालना गर्न हार्दिक अपिल गर्दछु । कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्‍याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको छ ।

मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गरी मानव अधिकार सँस्कृतिको विकास गर्दै नेपालको संविधान तथा कानूनले तोकेको दायित्व एवं नेपालद्वारा अन्तर्राष्ट्रिय स्तरमा व्यक्त प्रतिबद्धता पूरा गर्न संघ, प्रदेश र स्थानीय तह सबैको जिम्मेवारी किटान गरी क्रियाकलाप र समयसीमा समेत निर्धारण गरी समन्वय र अनुगमनको संयन्त्र सहितको मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना नेपाल सरकारले स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।  यस कार्ययोजनाको कार्यान्वयनबाट संघ, प्रदेश र स्थानीय तीनै तहबाट सम्पन्न गरिने विकासका कार्यहरू अधिकारमा आधारित अवधारणाअनुरूप कार्यान्वयन हुने छन् । साथै, समाजमा विद्यमान सबै प्रकारका भेदभाव, छुवाछुत, हिंसा तथा कुप्रथाको न्यूनीकरण भएको हुनेछ, मानव अधिकारको उल्लंघनको घटनामा दण्डहीनताको अन्त्य गरी पीडितलाई क्षतिपूर्तिको सुनिश्चितता गरिएको हुनेछ र आर्थिक तथा सामाजिक दृष्टिले पछाडि परेका वर्ग र समुदायको संरक्षण र सशक्तिकरण भएको हुनेछ ।

जनताबाट प्राप्त हुने सुझाव, टिप्पणी र स्वस्थ आलोचना सरकारका लागि मार्गदर्शक हुन्छन् । आफूले ठूलो विश्वासका साथ जिम्मा दिएर पठाएको आफ्नो सरकारलाई खबरदारी गर्ने नागरिकको सार्वभौम हकलाई नेपाल सरकार सदैव उच्च सम्मान गर्दछ । त्यस्तै लोकतन्त्रको अपरिहार्य अङ्गका रूपमा रहेका प्रतिपक्षी दल, सञ्चार माध्यम र नागरिक समाजको रचनात्मक आलोचनाको नेपाल सरकार हमेशा स्वागत गर्दछ । तर, आलोचनाको नाममा लोकतान्त्रिक प्रणाली, संस्था र सामाजिक सद्भावमाथि नै प्रहार गर्ने, जाग्न थालेको जनताको आशामाथि चिसोपानी खन्याउँदै निराशा, हताशा र कुण्ठा प्रवाहित गर्ने र समाजमा अनन्त अस्थिरता सिर्जना गर्ने कुरा भने सैह्य हुन सक्दैन । आफ्नो हकको उपभोग गर्दा अर्काको हकको सम्मान गर्नुपर्ने कुरा मानव अधिकारको सबैभन्दा प्राथमिक शर्त हो । 

आधुनिक सभ्य समाजमा आफ्ना राजनीतिक स्वार्थ पूरा गर्न अरुको ज्यानै लिने वा राष्ट्रका विभिन्न साझा सम्पत्ति र संरचनाहरू ध्वस्त पार्ने जस्ता असामाजिक र अमानवीय कार्य स्वीकार्य हुन सक्दैनन् । यस्ता कार्यहरू मानव अधिकार विरुद्धका दण्डनीय अपराधका रूपमा लिइन्छन् ।

अन्त्यमा आज विश्व मानव अधिकार दिवस (१० डिसेम्बर) को उपलक्ष्यमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाईहरूमा मानव अधिकारको पूर्ण उपभोग गर्दै मर्यादित र सुखी जीवनको शुभ कामना दिन चाहन्छु ।  

धन्यवाद !

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०७७  १०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
सम्बन्धित सामग्री
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरुबीच शुभकामना आदान-प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छल... सोमबार, चैत ९, २०८२
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । सोमबार, चैत ९, २०८२
मन्त्री सिन्हाले भने : ‘सरकारी कार्यसम्पादनमा मौसमसम्बन्धी सेवाको योगदान महत्वपूर्ण’ विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री अनिलकुमार सिन्हाले मौसमविद्हरूले नीति कार्यान्वयन र सार्वजनिक निर्णय प्रक्रियामा... सोमबार, चैत ९, २०८२
ताजा समाचारसबै
रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’मा सोमबार, चैत ९, २०८२
उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट सोमबार, चैत ९, २०८२
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक सोमबार, चैत ९, २०८२
दिगो डाटा सेन्टर निर्माणमा अष्ट्रेलियाको नयाँ रणनीति सोमबार, चैत ९, २०८२
वन मन्त्रालयले भन्योः यस वर्ष वन डढेलोको घटना कम हुन्छ! सोमबार, चैत ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
ट्रम्पको अल्टिमेटमपछि इरानले भन्योः युद्ध अब नयाँ चरणमा आइतबार, चैत ८, २०८२
होर्मुज स्ट्रेट सधैँका लागि बन्द गरिदिने इरानको चेतावनी सोमबार, चैत ९, २०८२
सुनको मूल्य तोलामै साढे १२ हजारले घट्यो आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्