• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विवेकशील साझा पार्टीको चुनाव चिह्न तराजु‚ १ सय ३० सदस्यीय केन्द्रीय समिति

64x64
नेपाल लाइभ बुधबार, मंसिर २४, २०७७  १६:२९
1140x725

काठमाडौं- विवेकशील नेपाली र साझा पार्टीको एकीकरणपश्चात् नवगठित विवेकशील साझा पार्टीको चुनाव चिह्न तराजु हुने भएको छ। बुधबार पार्टी एकताको औपचारिक घोषणा गर्न आयोजित भर्चुअल समारोहमा नवगठिक पार्टीको चुनाव चिह्न तराजु हुने घोषणा गरिएको हो।

यसैगरी पार्टीमा २६ सदस्यीय सचिवालय तथा १ सय ३० सदस्यीय केन्द्रीय समिति बनेको छ। यी दुवै समितिमा तत्कालीन दुवै पार्टीका बराबर सदस्य रहेका छन्। सबै पदहरु बराबरीको आधारमा बाँडफाँट भएको हो।

पदीय बाँडफाँट मिलेपछि दुवै पार्टीबीच एकीकरण गर्ने सहमति भएको थियो। नवगठित पार्टीका अध्यक्षमा रविन्द्र मिश्र तथा संयोजकमा मिलन पाण्डे चयन भएका छन्। मिश्र तत्कालीन साझाका तथा पाण्डे विवेकशीलका अध्यक्ष हुन्।

पार्टीको एकीकरण घोषणापत्र 
आज मिति ०७७ मङ्सिर २४ गते, बुधबार, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन विवेकशील नेपाली दल र साझा पार्टी पुनः एकीकृत भएको घोषणा गर्न पाउँदा हामी अत्यन्तै हर्षित भएका छौँ। नेपाली राजनीतिलाई अझ धेरै लोकतान्त्रिक, सुसंस्कृत, समावेशी, जनउत्तरदायी र न्यायपूर्ण बनाउँदै सुशासन, संवृद्धि र स्वाभिमानको महाअभियानलाई नेतृत्व गर्ने अपेक्षाका साथ आ-आफ्नै पृष्ठभूमि र परिवेशमा सङ्गठित भएका विवेकशील  नेपाली दल र साझा पार्टी २०७४ साउन ११ गते विवेकशील साझा पार्टीको रूपमा एकीकृत भएका थियौँ। तर त्यो एकीकरण हाम्रै कतिपय व्यवहारिक कमजोरीहरूका कारण लामो समय रहेन। परिणामस्वरूप २०७५ पौष २७ गते पार्टी विभाजित भयो। त्यो निकै दुःखद घटना थियो।

पार्टी विभाजनले वैकल्पिक राजनीति, यसको वैचारिक, राजनीतिक अपेक्षा र एक उन्नत पार्टी स्थापना गर्ने हाम्रो साझा लक्षलाई नै गम्भीर क्षति पुर्‍यायो। तत्पश्चात्, हामीलाई पुनः एकीकरणका लागि हाम्रा सदस्य, शुभचिन्तक, आम नागरिक र मतदाताहरूबाट निरन्तर सुझाव, दबाब र उत्प्रेरणा प्राप्त भइरह्यो। परिणामस्वरूप, संवादलाई निरन्तर अगाडि बढाउँदै हामीले आज पुनः पार्टी एकीकरण गरेका छौँ। यो एकीकरण स्वभावतः विगतमा भएको पार्टी विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमा याचना गर्ने हाम्रो विनम्र प्रयत्न त हो नै, नेपाली नागरिकले चाहेजस्तै एक अग्रगामी, सुसंस्कृत र उन्नत पार्टी निर्माण गर्ने सङ्कल्प पनि हो।

यो एकीकरणले परम्परागत राजनीतिको दुष्चक्रबाट नेपाली समाजलाई मुक्त गर्नेछ भन्ने हाम्रो विश्वास हो। यो एकीकरणले भ्रष्टाचार, कुशासन र राज्यहीनताको अवस्थाबाट थिलथिलो भएका नेपाली नागरिकका सपनाहरूलाई पुनर्जागृत गर्दै राजनीतिमा नयाँ आशा सञ्चार गर्नेछ भन्नेमा पनि हामी विश्वस्त छौँ। हामी बहुलवादमा आधारित “कल्याणकारी लोकतन्त्र”, समन्वयात्मक बजार अर्थतन्त्र, सामाजिक न्यायको वैचारिक आलोकमा मूल्यमान्यता सहितको अग्रगामी राजनीतिक विकल्प स्थापना गर्न चाहन्छौँ। यस्तो राजनीति जसले निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, न्यून आय भएकाहरूका लागि आवासको व्यवस्था तथा सार्वजनिक यातायातलाई राज्यको प्रमुख दायित्व बनाउन सकोस्। यस्तो राजनीति जसले समाजको तल्लो तप्कामा रहेका बहुसङ्ख्यक किसान र मजदुरलाई श्रम गरेर स्वाभिमानपूर्वक बाँच्ने वातावरण तयार गर्न सकोस्। र, इमानदार, सक्षम र दूरदृष्टिपूर्ण नेतृत्व भएको खण्डमा ती सबै सम्भव छन् भन्ने हाम्रो ठहर हो।

हामी सहभागितामूलक लोकतन्त्र र परिणाममुखी राजनीति स्थापना गर्न चाहन्छौँ, जसले प्रत्यक्षतः नागरिकलाई अझ धेरै अधिकार सम्पन्न बनाओस्। जसले जन प्रतिनिधिहरू लाई मतदाताप्रति अझ धेरै उत्तरदायी हुन प्रबन्धन गर्न सकोस्। हामी राज्य व्यवस्था र सामाजिक संरचनाहरूमा सहअस्तित्व, सहकार्य र एकता सुनिश्चित गर्ने लोकतान्त्रिक बहुलवादप्रति प्रतिबद्ध रहने पार्टी बन्न चाहन्छौँ। हामी समावेशी लोकतन्त्र स्थापना गर्न चाहन्छौँ, जसले युवा, महिला, गरिब तथा सीमान्तकृत समुदायलाई अधिकार सम्पन्न गरी आर्थिक, सामाजिक न्याय सहितको समतामूलक संवृद्धि सुनिश्चित गर्न सकोस्। हामी राजनीतिलाई पेसा हैन, सेवामा रूपान्तरण गर्न चाहन्छौँ।

एकीकृत पार्टी नेपाली नागरिकका लोकतान्त्रिक अधिकारहरूको सम्मान गर्दै, विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै, नेपाली नागरिकको भावनाको कदर गर्दै र संविधानको पूर्णतः पालना गर्दै पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता, समानुभूती, साहस जस्ता मूल्यमान्यतामा रहेर विवेकशील नागरिक, उद्यमशील समाज, सेवक सरकार र कल्याणकारी राज्यको परिकल्पनालाई साकार बनाउन निरन्तर क्रियाशील रहने छ।

Ncell 2
Ncell 2
nimb
nimb

एकीकरणका प्रमुख बुँदाहरू:

१) एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ हुनेछ।

२) एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ।

३) एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल, ललितपुरमा रहनेछ।

४) एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहने छन्।

५) एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५-६५ जना सदस्यहरू रहने गरी कूल १३० जना केन्द्रीय सदस्य हुनेछन्। एकीकृत पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या (१३-१३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्नेछ।

६) एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कार्यवाहीहरू अगाडि बढाइनेछ।

७) सोही कार्यविधि अनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गरिनेछ।

८) पार्टी एकीकरणको सम्झौता भएको मितिले ६ महिना भित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गरिनेछ।

९) एकीकृत पार्टीका अन्य सबै काम कारबाही दुवै दलका संवाद समितिले तयार पारेको संयुक्त प्रतिवेदनले दिशानिर्देश गरे अनुरूप हुनेछ।

१०) एकीकृत पार्टीको पहिलो महाधिवेशनअगाडि कुनै वाधा अड्चन आएमा त्यसको अन्तिम व्याख्या र निरूपण एकीकृत पार्टीको केन्द्रीय समितिले गर्नेछ।

हामी विवेकशील साझा पार्टीलाई ‘अस्तित्वमा’ मात्र रहने सिर्फ एक दल नभई नेपाली नागरिकका पुरा हुन बाँकी सबै सपनाहरूलाई पुरा गर्ने राजनीतिक अभियानको नेतृत्वदायी र रूपान्तरणकारी शक्ति बनाउन चाहन्छौँ। हामी परम्परागत राजनीतिबाट आजित नेपाली नागरिकलाई सुन्दर, लोकतान्त्रिक र अग्रगामी राजनीतिक विकल्प दिन चाहन्छौँ। हाम्रो यो चाहनालाई पुरा गर्न नेपाली नागरिकको साथ, सहयोग र विश्वास हामीलाई अवश्य मिल्नेछ भन्ने हाम्रो अपेक्षा छ। हाम्रो यो राजनीतिक अभियानमा हातेमालो गर्न, ऐक्यबद्धता जनाउन र संलग्न हुन हामी सबै नेपाली नागरिकलाई हार्दिक आह्वान गर्दछौँ।

पार्टी एकीकरणको यो सुखद क्षणमा पार्टीका सदस्य, शुभचिन्तक, मतदाता र आम नेपाली दिदीबहिनी तथा दाजुभाइ प्रति आभार प्रकट गर्दै शुभकामना व्यक्त गर्दछौँ।

धन्यवाद सहित,

रवीन्द्र मिश्र                                मिलन पाण्डे

संयोजक                                   अध्यक्ष

साझा पार्टी                                  विवेकशील नेपाली दल

संवाद समितिका सदस्यहरू:

साझा पार्टी                   विवेकशील नेपाली दल

समीक्षा बास्कोटा                 निर्देश सिलवाल

केशब दाहाल                    रञ्जु दर्शना

किरणकृष्ण श्रेष्ठ                 रमेश पौड्याल

अनुसूची कः दुवै दलका ६५, ६५ (१३० जना) केन्द्रीय सदस्यको नामावली।

रवीन्द्र मिश्र (अध्यक्ष)

मिलन पाण्डे (संयोजक)

वर्णानुक्रमका आधारमा बाँकी केन्द्रीय सदस्यको नामावली:

अनिल भेटवाल, अनुपमान सैँजु, अनुपा श्रेष्ठ, डा अनुशा थापा, अब्दुस मिया, अमलेश कर्ण, अनिमेश कुमार मिश्र, अमृत पुडासैनी, अमृता थपलिया, अर्जुन खनाल, आशिष रेग्मी जोशी, आशुतोष तिवारी, आशुतोष प्रधान, ईन्दिरा काफ्ले, ईन्दिरा शर्मा वाग्ले, डा उमेद पुन, कमलेश्वर प्रसाद पाठक, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, कीर्ति तुलाधर, कुसुम घिमिरे, कृष्णप्रसाद भट्टराई, केशब दाहाल, केशव मल्ल, गेहेन्द्र दाहाल, गोपाल हमाल, घनबहादुर शाह, घनश्याम विश्वकर्मा, चन्डिका तिमिल्सिना, चिरञ्जीवी बराल, जगन्नाथ काफ्ले, जमुना बन, जमुना शर्मा, जमुना सुबेदी, जीवन ढकाल, तारा काफ्ले, तृष्णा भण्डारी, दिपक प्रसाद उप्रेती, दिव्येश गिरी, दीपक पौडेल, दीपा अर्याल, दुज्जी चौधरी, दुर्गा ताजपुरिया, धनपति महतो, नवराज थापा, निरूपमा यादव, निर्देश सिलवाल, पवन मल्ल, पवित्रा थापा, पुकार बम, पुरुषोत्तम ढुङ्गेल, पुष्पा सापकोटा, प्रकाश आचार्य, प्रकाशचन्द्र परियार, प्रतिभा डङ्गोल, प्रदीप थापा, प्रमेश श्रेष्ठ, प्रेम केसी, बसन्ती रोकाया, भरतराज पन्त, भिमप्रसाद अधिकारी, भूपदेव शाह, भूपेन्द्र वस्नेत, मधुसुदन केसी, मधुसूदन पाठक, मनिस खनाल, महेन्द्रकुमार थापा, महेश पाठक, महेश भण्डारी, मुरलीमनोहर मिश्र, यम नारायण खनाल, रजनी केसी, रजिया बानु, रन्जु दर्शना, रमेश पौड्याल, रमेश महर्जन, रमेश विष्ट, डा राजेन्द्र पंगेनी, राज्यलक्ष्मी श्रेष्ठ, राधिका भट्ट, राम तपस्या साह, राम सोरागथ शर्मा, रामपुकार महरा, रेवतीरमण सुवेदी, रोशनी अधिकारी, रोहित क्षेत्री, लक्ष्मी घिमिरे, लक्ष्मी शाही, विकल शेरचन, विकु लामा, विना शाह, विमल तामाङ, विमला बुढा मगर, विराजभक्त श्रेष्ठ, वृतान्त खनाल, शरण कार्की, शरदराज पाठक, शारदा रिजाल, शिशिर बन्जारा, शोभा शाक्य, श्रीकृष्ण श्रेष्ठ, संगीता श्रेष्ठ, संजय बराल, सचेन घले, सञ्जीव भट्टराई, समाइरा श्रेष्ठ, समिक्षा बास्कोटा, समुन्द्र केसी, सरला लामिछाने, सरस्वती पन्थी भुषाल, सरोज गौतम, सस्मित पोखरेल, साहारा चपाई, सिर्जना खड्का, सुदन मानन्धर, सुमनकुमार मिश्रा, सुमित्रा गुरुङ, सुमित्रासिँह लामा, सुरज प्रधान, सुरेश भट्ट, सुवुना बस्नेत, सुशील देवकोटा, सुशीला केसी अधिकारी, हरिकृष्ण अधिकारी, हरिकृष्ण श्रेष्ठ, हरिप्रसाद गौतम, हरीशप्रसाद भट्ट, हिरामणी पौडेल।

धन्यवादसहित,

विवेकशील साझा पार्टी

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १६:२९
  • #विवेकशील-साझा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अ... बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री गौत्तमले राष्ट्रिय अनुसन्धान विभागलाई कसको मातहत राख्ने छलफल गरेर टुङ्ग... बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बैठक आगामी शनिबार दिउँसो १ बजे सानेपामा बस्ने जानकारी दिए । बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्