• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पशुपति विकास कोषको भ्रष्टाचार मुद्दा एकपछि अर्काे इजलासमा घुमेको घुम्यै 

३२ न्यायाधीशको इजलासमा पेसी, एक पटकमात्र सुनुवाइ  
64x64
नेपाल लाइभ बुधबार, मंसिर २४, २०७७  ०८:५४
1140x725

काठमाडाैं-तत्कालीन नेकपा एमाले काठमाडौं ४ का अध्यक्ष निर्मल कुइँकेल सात वर्षदेखि अदालत धाइरहेका छन्। अख्तियार, विशेष अदालत हुँदै उनी अहिले सर्वोच्च सर्वोच्च धाइरहेका छन्। पशुपति क्षेत्र विकास कोष सदस्यसचिव भएका कारण उनी २०७१ सालदेखि अदालतमा मुद्दा खेपिरहेका छन्।

कुइँकेल पछिल्लो पटक चार वर्षदेखि सर्वोच्च धाइरहेका छन्। मंगलबार पनि उक्त भ्रष्टाचार मुद्दाको पेशी थियो । तर विपक्षका कानुन व्यवसायीले सार्न निवेदन  दिएपछि मुद्दाको सुनुवाइ सर्‍याे। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेशी रहेको मुद्दा योसँगै १८ पटक सरेको हो। यसअघि १७ पटकसम्म सुनुवाइ सरिसकेको छ।  

कुइँकेलसहित ९ जनाविरुद्ध २०७१ साल माघ १० गते ४८ करोड बराबरको भ्रष्टाचार मुद्दा दायर भएको थियो।  

विशेष हुँदै सर्वोच्चसम्म आइपुगेको उनको मुद्दा हालसम्म ३२ न्यायाधीशको इजलास पेशी परिसकेको  छ। ३ वर्षदेखि सर्वोच्चमा विचाराधीन मुद्दाको सुनुवाइ सरेको पहिलो पटक भने होइन। यसअघि उक्त मुद्दाको सुनुवाइ पटक पटकसम्म सरिसकेको छ। सुरुमा अख्तियारले ४६ करोड बराबरको रकम भ्रष्टाचार भएको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतबाट  सफाइ पाएपछि अख्तियारले पुनः २०७३ फागुन ८ मा सर्वोच्च अदालतमा पुनरावेदन गर्‍यो। 


प्रदेशसभा निर्वाचनमा काठमाडौं ४ का पराजित उम्मेदवार कुइँकेल कोषको सदस्य–सचिव हुँदा पशुपति विकास कोषको जग्गा भाडामा दिँदा फसेका थिए। जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले कुइँकेलसँगै अर्का सदस्य–सचिव सुशील नाहटा, बालुवा ठेकेदार, काठमाडौं जिविसका कर्मचारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेषले ठेकेदारबाहेक अन्यलाई सफाइ दिएकामा सरकारले पुनरावलोकन गरेपछि यो मुद्दा सर्वोच्चमा विचाराधीन  छ।   अख्तियारले कोषको गुरुयोजना निर्माण गर्ने भन्दै अवैध बालुवाखानी सञ्चालन गरी ठूलो रकम हिनामिना गरेको आरोपमा ४६ करोड ५६ लाख रुपैयाँको बिगो दावीसहित  विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेषले २०७३ भदौ ६ गते उक्त मुद्दामा फैसला सुनाउँदै दुई ठेकेदारबाहेक अन्यलाई सफाइ दिने  निर्णय सुनाएको  थियो। 

यथेष्ट प्रमाण र आधारबिना मुद्दा दायर गरेका कारण देखाउँदै विशेषले कोषको बालुवाखानी अनियमितता प्रकरणमा प्रतिवादी बनाइएका ९ मध्ये २ जनामाथि मात्रै भ्रष्टाचारको अभियोग ठहर गरेको थियो। विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, सदस्यद्वय नरेन्द्रकुमार शिवाकोटी र महेशप्रसाद पुडासैनीको इजलासले जिल्ला विकास समिति काठमाडौं र कोषका सबै कर्मचारीलाई सफाइ दिने निर्णय लिएको थियो। 

Ncell 2
Ncell 2

४ वर्षमा एक पटकमात्र सुनुवाइको  विपक्षी झिकाउने आदेश  
विशेष अदालतले ठेकेदारलाई मात्र दोषी देखाउँदै अन्यलाई सफाइ दिएपछि सरकारका तर्फबाट २०७३ फागुन ८ गते उक्त फैसला त्रुटिपुर्ण भएको जिकीर गर्दै सर्वोच्चमा  पुनरावेदन दर्ता भएको थियो। उक्त मुद्दा ३ वर्षको अवधिमाा एक पटकमात्र सुनुवाइ भएको छ। उक्त मुद्दाको पहिलो सुनुवाइ २०७५ जेठ ९ गते भएको थियो। सर्वोच्चमा दर्ता भएको २ वर्षपछि न्यायाधीशद्वय इश्वर खतिवडा र सपना प्रधान मल्लको इजलासले पहिलो सुनुवाइ गर्दै विपक्षी झिकाउने आदेश गरेको थियो। त्यसअघि नै उक्त मुद्दा ८ न्यायाधीशको इजलास पार गर्दै आएको थियो।  

 उक्त मुद्दा चार वर्ष अवधिमा १९ पटक पेशीमा चढेको छ। मंगलबार पनि उक्त मुद्दा  विपक्षका कानुन व्यवसायीले स्थगित गर्ने निवेदन दिएका थिए । हालसम्म तीन पटक पक्षका कानुन व्यवसायी र दुई पटक विपक्षका कानुन व्यवसायीले मुद्दा निवेदन दिएर सुनुवाइ सारेका छन् ।   उक्त मुद्दा न्यायाधीशहरु हरिकृष्ण कार्की, हरिप्रसाद फुयाँल, इश्वर खतिवडा र सपना प्रधान मल्लको इजलासले हेर्न मिल्दैन। तर यो मुद्दा कार्कीकै इजलासमा मात्र तीन पटक पेशी तोकिएको छ। ३० न्यायाधीशको इजलासमा पेशी चढ्दै थन्कँदै गरेको उक्त मुद्दा पक्षका कानुन व्यवसायीले तीन पटक स्थगित गराएका छन्।  

यस्तो थियो घटना
तत्कालीन एमाले नेता प्रदीप ज्ञवाली संस्कृति मन्त्री भएका बेला नेता निर्मल कुइँकेल २०६३ सालदेखि दुई वर्ष कोषको सदस्य–सचिव भएका थिए।

कुइँकेलका हकमा अख्तियारले १ करोड ६८ लाख २९ हजार १ सय ९४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग दावी गरेको थियो। अख्तियारले उनीसँगै कोषका पूर्वउपनिर्देशक सुशीलकुमार नाहटा, राजुकुमार रेग्मी, काठमाडौंका तीन पूर्व एलडीओहरू महेन्द्रलाल श्रेष्ठ, गोपालप्रसाद पराजुली र प्रेमराज जोशी, जिविसका योजना अधिकृत भीष्मकुमार मल्ल तथा बालुवा खानी सञ्चालक बच्चुराम दाहाल र मिट्ठाराम दाहालविरुद्ध भ्रष्टाचार मुद्दा २०७१ सालमा दायर गरेको थियो।  

अख्तियारले दायर गरेको अभियोगपत्रमा २०६५ कात्तिकमा कुइँकेलले बच्चुराम दाहाललाई बालुवा खानी सञ्चालन गर्न दिएपछि कोषलाई ४६ करोड हानी भएको दाबी गरिएको छ। कोषको गोठाटार वडा ३ र ४ स्थित ५ सय ३४ रोपनी जग्गामा दाहालद्वयले बालुवा खानी सञ्चालन गरेका थिए।

काठमाडौं गोठाटार–३ स्थित कोषको जग्गा सर्वेक्षणका क्रममा त्यहाँ ठूलो बालुवाखानी रहेको खुलेपछि कुइँकेलले सूचना चुहावट गरी ठेकेदार उक्साएर खानी ऐन आकर्षित गराई बालुवाखानी सञ्चालन गर्ने वातावरण बनाएको अख्तियारको आरोपपत्रमा दाबी गरिएको छ।  

प्रतिस्पर्धा बिना  ठेक्का सम्झौता गराई कोषको आम्दानी हिनामिना गराएको भन्दै अख्तियारले उनीमाथि खानी सञ्चालन भएको जग्गामा रहेका १८ सय ६९ वटा लौठसल्लाका रुख काट्ने क्रममा पनि भ्रष्टाचार गरेको दावी गरेको छ। 

कुइँकेलपछि सदस्यसचिव नियुक्त नाहटामाथि तोकिएभन्दा बढी परिमाणमा बालुवा उत्खनन एवं निकासी गर्न दिएर एक करोड ७८ लाख भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको थियो। तत्कालीन संस्कृतिमन्त्री मिनेन्द्र रिजालको कार्यकालमा सदस्य–सचिव भएका उनले अवैध खानीबारे आफूलाई अनभिज्ञ देखाएर कोषलाई थप १४ लाख २६ हजार रुपैयाँ नोक्सान पुर्‍याएको अख्तियारको दाबी थियो।

वातावरण प्रभाव मूल्यांकन गरी खानी सञ्चालन गराएका नाहटाले सम्झौता रद्द गरेपछि फेरि उही ठेकेदारसँग सम्झौता गरेको अख्तियारको दाबी थियो। अख्तियारले जिल्ला विकास समिति काठमाडौंका तत्कालीन तीन स्थानीय विकास अधिकारीहरु महेन्द्रलाल श्रेष्ठ, गोपाल पराजुली र प्रेमराज जोशीमाथि अवैध रूपमा खानी सञ्चालनको स्वीकृति दिएको आरोप लगाएको थियो। बालुवाखानीको अनुमति दिने अधिकार पाएको जिविसले खानी विभाग र जिविसकै खानी समितिको स्वीकृतिबिना अनुमति दिएको, राजस्व छलेको र अवैध सिफारिसपत्रलाई वैध बनाएको आरोप थियो। 

श्रेष्ठ अवैध वन कटानको आरोपमा समेत मुछिएका थिए। पराजुलीमाथि राजस्व छलेको र जोशीमाथि १५ महिनासम्म अवैध खानी सञ्चालन हुँदा मौन बसेर राजस्व चुहावट गरेको आरोप थियो। तर, विशेष अदालतले फैसलामा तीनै जनामाथि कसुर स्थापित हुन नसक्ने ठहर गरेको थियो।  

कोषका निर्देशक राजकुमार रेग्मीमाथि नक्कली कागजात बनाएको र कोषको आम्दानी चुहावट गरेको भनी अख्तियारले लगाएको आरोप ठहर नहुने विशेषको फैसलामा उल्लेख थियो।  

ठेकेदार दाजुभाइ पनि सर्वोच्चमा 
सरकारले पुनरावेदन गरेपछि विशेष अदालतको निर्णयविरुद्ध बालुवाखानीका ठेकेदार दाजुभाइ बच्चुराम र मिठाराम दाहाल पनि  २०७४ साउन १९ र साउन २५ गते सर्वोच्च पुगेका थिए। 

अख्तियारले दाहालद्वयविरुद्ध ४१ करोड ४१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित बिगो मागदाबी गरेको थियो। बच्चुमाथि ३८ करोड ३८ लाख र मिठाराममाथि ३ करोड ३ लाख रुपैयाँ बिगो मागदाबी थियो। उनीहरुमाथि फर्जी कागजात तयार गरेको, सम्झौता र माइनिङ स्किमविपरीत काम गरेको र जथाभावी उत्खनन गरी फँडानी गरेको आरोप अख्तियारको छ।

अख्तियारले बच्चुराममाथि अवैध रुपमा रुख काटेकामा ४ लाख ४८ हजार, तोकिएभन्दा बढी बालुवा उत्खनन गरेकोमा २९ करोड ३३ लाख र बालुवा उत्खनन गर्दा निस्केको माटोले खाल्डो पुर्नुपर्नेमा नपुरेको भन्दै ९ करोड रुपैयाँ गरी ३८ करोड ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो। 

विशेष अदालतले एक करोड १७ लाख क्युफिट बालुवा सम्झौताविपरीत निकासा भएकाले ६ रुपैयाँ ८१ पैसाका दरले बिगो कायम गरेको थियो। अख्तियारले पुनः  सर्वोच्चमा दायर गरेको निवेदनमा भने १३ रुपैयाँ ३० पैसाका दरले दाबी गरेको छ। सो क्रममा बच्चुरामलाई ३ करोड ६७ लाख जरिवाना ठहर भएको थियो। 

 अख्तियारले मिठाराममाथि ७ लाख ३९ हजार क्युफिट बालुवा अवैध रूपमा उत्खनन गरेको आरोपमा ३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो। २ लाख ३० हजार क्युफिट बालुवा उत्खनन गरेका उनले जिविसलाई ७ लाख १६ हजार रुपैयाँ कर तिरेको भेटिए पनि त्यस अवधिमा पशुपति क्षेत्र विकास कोषमा कुनै राजस्व तिरेनन्। 

बालुवा प्रतिक्युफिट ४७ रुपैयाँका दरले अख्तियारले बिगो मागदाबी गरेकामा विशेष अदालतले भने ६ रुपैयाँ २० पैसाका दरले १४ लाख २६ हजार रुपैयाँमात्रै जरिवाना कायम गरेको थियो। 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  ०८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) कार्यालयले आज एक सूचना जारी गर्दै २० वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा विशेषगरी तिनकुनेबाट सिनामङ्गलतर्फ आउने, बौद्धबाट गौरीघाटतर्फ आउने तथा पुरानो बानेश्वर र मित्रपार्कबाट गौशालातर्फ आउने मालबाहक सवारी... शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु कारचालक स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्ने २४ वर्षीय अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण... शनिबार, फागुन २, २०८२
ताजा समाचारसबै
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
इरानसँगको तनावमा ट्रम्पले अमेरिकी दबाब बढाउँदै शनिबार, फागुन २, २०८२
ठगी गरेको अभियोगमा एक जना पक्राउ शनिबार, फागुन २, २०८२
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्