• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पशुपति विकास कोषको भ्रष्टाचार मुद्दा एकपछि अर्काे इजलासमा घुमेको घुम्यै 

३२ न्यायाधीशको इजलासमा पेसी, एक पटकमात्र सुनुवाइ  
64x64
नेपाल लाइभ बुधबार, मंसिर २४, २०७७  ०८:५४
1140x725

काठमाडाैं-तत्कालीन नेकपा एमाले काठमाडौं ४ का अध्यक्ष निर्मल कुइँकेल सात वर्षदेखि अदालत धाइरहेका छन्। अख्तियार, विशेष अदालत हुँदै उनी अहिले सर्वोच्च सर्वोच्च धाइरहेका छन्। पशुपति क्षेत्र विकास कोष सदस्यसचिव भएका कारण उनी २०७१ सालदेखि अदालतमा मुद्दा खेपिरहेका छन्।

कुइँकेल पछिल्लो पटक चार वर्षदेखि सर्वोच्च धाइरहेका छन्। मंगलबार पनि उक्त भ्रष्टाचार मुद्दाको पेशी थियो । तर विपक्षका कानुन व्यवसायीले सार्न निवेदन  दिएपछि मुद्दाको सुनुवाइ सर्‍याे। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा पेशी रहेको मुद्दा योसँगै १८ पटक सरेको हो। यसअघि १७ पटकसम्म सुनुवाइ सरिसकेको छ।  

कुइँकेलसहित ९ जनाविरुद्ध २०७१ साल माघ १० गते ४८ करोड बराबरको भ्रष्टाचार मुद्दा दायर भएको थियो।  

विशेष हुँदै सर्वोच्चसम्म आइपुगेको उनको मुद्दा हालसम्म ३२ न्यायाधीशको इजलास पेशी परिसकेको  छ। ३ वर्षदेखि सर्वोच्चमा विचाराधीन मुद्दाको सुनुवाइ सरेको पहिलो पटक भने होइन। यसअघि उक्त मुद्दाको सुनुवाइ पटक पटकसम्म सरिसकेको छ। सुरुमा अख्तियारले ४६ करोड बराबरको रकम भ्रष्टाचार भएको दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतबाट  सफाइ पाएपछि अख्तियारले पुनः २०७३ फागुन ८ मा सर्वोच्च अदालतमा पुनरावेदन गर्‍यो। 


प्रदेशसभा निर्वाचनमा काठमाडौं ४ का पराजित उम्मेदवार कुइँकेल कोषको सदस्य–सचिव हुँदा पशुपति विकास कोषको जग्गा भाडामा दिँदा फसेका थिए। जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले कुइँकेलसँगै अर्का सदस्य–सचिव सुशील नाहटा, बालुवा ठेकेदार, काठमाडौं जिविसका कर्मचारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेषले ठेकेदारबाहेक अन्यलाई सफाइ दिएकामा सरकारले पुनरावलोकन गरेपछि यो मुद्दा सर्वोच्चमा विचाराधीन  छ।   अख्तियारले कोषको गुरुयोजना निर्माण गर्ने भन्दै अवैध बालुवाखानी सञ्चालन गरी ठूलो रकम हिनामिना गरेको आरोपमा ४६ करोड ५६ लाख रुपैयाँको बिगो दावीसहित  विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेषले २०७३ भदौ ६ गते उक्त मुद्दामा फैसला सुनाउँदै दुई ठेकेदारबाहेक अन्यलाई सफाइ दिने  निर्णय सुनाएको  थियो। 

यथेष्ट प्रमाण र आधारबिना मुद्दा दायर गरेका कारण देखाउँदै विशेषले कोषको बालुवाखानी अनियमितता प्रकरणमा प्रतिवादी बनाइएका ९ मध्ये २ जनामाथि मात्रै भ्रष्टाचारको अभियोग ठहर गरेको थियो। विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, सदस्यद्वय नरेन्द्रकुमार शिवाकोटी र महेशप्रसाद पुडासैनीको इजलासले जिल्ला विकास समिति काठमाडौं र कोषका सबै कर्मचारीलाई सफाइ दिने निर्णय लिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

४ वर्षमा एक पटकमात्र सुनुवाइको  विपक्षी झिकाउने आदेश  
विशेष अदालतले ठेकेदारलाई मात्र दोषी देखाउँदै अन्यलाई सफाइ दिएपछि सरकारका तर्फबाट २०७३ फागुन ८ गते उक्त फैसला त्रुटिपुर्ण भएको जिकीर गर्दै सर्वोच्चमा  पुनरावेदन दर्ता भएको थियो। उक्त मुद्दा ३ वर्षको अवधिमाा एक पटकमात्र सुनुवाइ भएको छ। उक्त मुद्दाको पहिलो सुनुवाइ २०७५ जेठ ९ गते भएको थियो। सर्वोच्चमा दर्ता भएको २ वर्षपछि न्यायाधीशद्वय इश्वर खतिवडा र सपना प्रधान मल्लको इजलासले पहिलो सुनुवाइ गर्दै विपक्षी झिकाउने आदेश गरेको थियो। त्यसअघि नै उक्त मुद्दा ८ न्यायाधीशको इजलास पार गर्दै आएको थियो।  

 उक्त मुद्दा चार वर्ष अवधिमा १९ पटक पेशीमा चढेको छ। मंगलबार पनि उक्त मुद्दा  विपक्षका कानुन व्यवसायीले स्थगित गर्ने निवेदन दिएका थिए । हालसम्म तीन पटक पक्षका कानुन व्यवसायी र दुई पटक विपक्षका कानुन व्यवसायीले मुद्दा निवेदन दिएर सुनुवाइ सारेका छन् ।   उक्त मुद्दा न्यायाधीशहरु हरिकृष्ण कार्की, हरिप्रसाद फुयाँल, इश्वर खतिवडा र सपना प्रधान मल्लको इजलासले हेर्न मिल्दैन। तर यो मुद्दा कार्कीकै इजलासमा मात्र तीन पटक पेशी तोकिएको छ। ३० न्यायाधीशको इजलासमा पेशी चढ्दै थन्कँदै गरेको उक्त मुद्दा पक्षका कानुन व्यवसायीले तीन पटक स्थगित गराएका छन्।  

यस्तो थियो घटना
तत्कालीन एमाले नेता प्रदीप ज्ञवाली संस्कृति मन्त्री भएका बेला नेता निर्मल कुइँकेल २०६३ सालदेखि दुई वर्ष कोषको सदस्य–सचिव भएका थिए।

कुइँकेलका हकमा अख्तियारले १ करोड ६८ लाख २९ हजार १ सय ९४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोग दावी गरेको थियो। अख्तियारले उनीसँगै कोषका पूर्वउपनिर्देशक सुशीलकुमार नाहटा, राजुकुमार रेग्मी, काठमाडौंका तीन पूर्व एलडीओहरू महेन्द्रलाल श्रेष्ठ, गोपालप्रसाद पराजुली र प्रेमराज जोशी, जिविसका योजना अधिकृत भीष्मकुमार मल्ल तथा बालुवा खानी सञ्चालक बच्चुराम दाहाल र मिट्ठाराम दाहालविरुद्ध भ्रष्टाचार मुद्दा २०७१ सालमा दायर गरेको थियो।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अख्तियारले दायर गरेको अभियोगपत्रमा २०६५ कात्तिकमा कुइँकेलले बच्चुराम दाहाललाई बालुवा खानी सञ्चालन गर्न दिएपछि कोषलाई ४६ करोड हानी भएको दाबी गरिएको छ। कोषको गोठाटार वडा ३ र ४ स्थित ५ सय ३४ रोपनी जग्गामा दाहालद्वयले बालुवा खानी सञ्चालन गरेका थिए।

काठमाडौं गोठाटार–३ स्थित कोषको जग्गा सर्वेक्षणका क्रममा त्यहाँ ठूलो बालुवाखानी रहेको खुलेपछि कुइँकेलले सूचना चुहावट गरी ठेकेदार उक्साएर खानी ऐन आकर्षित गराई बालुवाखानी सञ्चालन गर्ने वातावरण बनाएको अख्तियारको आरोपपत्रमा दाबी गरिएको छ।  

प्रतिस्पर्धा बिना  ठेक्का सम्झौता गराई कोषको आम्दानी हिनामिना गराएको भन्दै अख्तियारले उनीमाथि खानी सञ्चालन भएको जग्गामा रहेका १८ सय ६९ वटा लौठसल्लाका रुख काट्ने क्रममा पनि भ्रष्टाचार गरेको दावी गरेको छ। 

कुइँकेलपछि सदस्यसचिव नियुक्त नाहटामाथि तोकिएभन्दा बढी परिमाणमा बालुवा उत्खनन एवं निकासी गर्न दिएर एक करोड ७८ लाख भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको थियो। तत्कालीन संस्कृतिमन्त्री मिनेन्द्र रिजालको कार्यकालमा सदस्य–सचिव भएका उनले अवैध खानीबारे आफूलाई अनभिज्ञ देखाएर कोषलाई थप १४ लाख २६ हजार रुपैयाँ नोक्सान पुर्‍याएको अख्तियारको दाबी थियो।

वातावरण प्रभाव मूल्यांकन गरी खानी सञ्चालन गराएका नाहटाले सम्झौता रद्द गरेपछि फेरि उही ठेकेदारसँग सम्झौता गरेको अख्तियारको दाबी थियो। अख्तियारले जिल्ला विकास समिति काठमाडौंका तत्कालीन तीन स्थानीय विकास अधिकारीहरु महेन्द्रलाल श्रेष्ठ, गोपाल पराजुली र प्रेमराज जोशीमाथि अवैध रूपमा खानी सञ्चालनको स्वीकृति दिएको आरोप लगाएको थियो। बालुवाखानीको अनुमति दिने अधिकार पाएको जिविसले खानी विभाग र जिविसकै खानी समितिको स्वीकृतिबिना अनुमति दिएको, राजस्व छलेको र अवैध सिफारिसपत्रलाई वैध बनाएको आरोप थियो। 

श्रेष्ठ अवैध वन कटानको आरोपमा समेत मुछिएका थिए। पराजुलीमाथि राजस्व छलेको र जोशीमाथि १५ महिनासम्म अवैध खानी सञ्चालन हुँदा मौन बसेर राजस्व चुहावट गरेको आरोप थियो। तर, विशेष अदालतले फैसलामा तीनै जनामाथि कसुर स्थापित हुन नसक्ने ठहर गरेको थियो।  

कोषका निर्देशक राजकुमार रेग्मीमाथि नक्कली कागजात बनाएको र कोषको आम्दानी चुहावट गरेको भनी अख्तियारले लगाएको आरोप ठहर नहुने विशेषको फैसलामा उल्लेख थियो।  

ठेकेदार दाजुभाइ पनि सर्वोच्चमा 
सरकारले पुनरावेदन गरेपछि विशेष अदालतको निर्णयविरुद्ध बालुवाखानीका ठेकेदार दाजुभाइ बच्चुराम र मिठाराम दाहाल पनि  २०७४ साउन १९ र साउन २५ गते सर्वोच्च पुगेका थिए। 

अख्तियारले दाहालद्वयविरुद्ध ४१ करोड ४१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित बिगो मागदाबी गरेको थियो। बच्चुमाथि ३८ करोड ३८ लाख र मिठाराममाथि ३ करोड ३ लाख रुपैयाँ बिगो मागदाबी थियो। उनीहरुमाथि फर्जी कागजात तयार गरेको, सम्झौता र माइनिङ स्किमविपरीत काम गरेको र जथाभावी उत्खनन गरी फँडानी गरेको आरोप अख्तियारको छ।

अख्तियारले बच्चुराममाथि अवैध रुपमा रुख काटेकामा ४ लाख ४८ हजार, तोकिएभन्दा बढी बालुवा उत्खनन गरेकोमा २९ करोड ३३ लाख र बालुवा उत्खनन गर्दा निस्केको माटोले खाल्डो पुर्नुपर्नेमा नपुरेको भन्दै ९ करोड रुपैयाँ गरी ३८ करोड ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो। 

विशेष अदालतले एक करोड १७ लाख क्युफिट बालुवा सम्झौताविपरीत निकासा भएकाले ६ रुपैयाँ ८१ पैसाका दरले बिगो कायम गरेको थियो। अख्तियारले पुनः  सर्वोच्चमा दायर गरेको निवेदनमा भने १३ रुपैयाँ ३० पैसाका दरले दाबी गरेको छ। सो क्रममा बच्चुरामलाई ३ करोड ६७ लाख जरिवाना ठहर भएको थियो। 

 अख्तियारले मिठाराममाथि ७ लाख ३९ हजार क्युफिट बालुवा अवैध रूपमा उत्खनन गरेको आरोपमा ३ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो। २ लाख ३० हजार क्युफिट बालुवा उत्खनन गरेका उनले जिविसलाई ७ लाख १६ हजार रुपैयाँ कर तिरेको भेटिए पनि त्यस अवधिमा पशुपति क्षेत्र विकास कोषमा कुनै राजस्व तिरेनन्। 

बालुवा प्रतिक्युफिट ४७ रुपैयाँका दरले अख्तियारले बिगो मागदाबी गरेकामा विशेष अदालतले भने ६ रुपैयाँ २० पैसाका दरले १४ लाख २६ हजार रुपैयाँमात्रै जरिवाना कायम गरेको थियो। 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  ०८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी
सम्बन्धित सामग्री
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली... बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान भएको घटनामा नेपाली र प्यालेस्टिनी नागरिकको ज्यान गएको हो। मृतक नेपालीको परिचय खुला... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्ले-अफ काठमाडौंमा हुने बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
टीकाको दोस्रो दिनः मान्यजनबाट आशीर्वाद लिने क्रम जारी बिहीबार, कात्तिक ५, २०८३
साउदीमा ड्रोन आक्रमण : एक नेपालीको मृत्यु बिहीबार, कात्तिक ५, २०८३
एनपीएलका सबै खेललाई आईसीसीबाट लिष्ट ए टी-२० को मान्यता बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्