काठमाडौं–परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ कायम गरिएको बताएका छन्।
सगरमाथाको नयाँ उचाइ घोषणापछि बोल्ने क्रममा मन्त्री ज्ञवालीले नेपालले आफ्नो जनशक्ति प्रयोग गरेर पहिलोपटक मापन तय गरेकोप्रति गर्व व्यक्त गरे। उनले भने, ‘आफ्नो जनशक्ति, साधान स्रोत, व्यवस्थापन, प्रविधि, मापन, प्रशोधनले अन्तिम रुप दिनु ऐतिहासिक कार्य हो।’
सगरमाथाको मापन आधिकारीकताका लागि नेपाल चिनको सहमति हुनुले विश्वसनीयताको आधार तय भएको उनले बताए।
सगरमाथाको उचाइको मापनका सन्दर्भमा फरक फरक तथ्य विगतमा आएकाले त्यसको निवारणका लागि दुई देशले संयुक्त रुपमा मापन घोषणा गरेको उनले सुनाए।
मंगलबारदेखि सुरु भएको नयाँ तथ्यले मापनको आधिकारिकतामा प्रश्न नउठ्ने उनको विश्वास छ।
नापी विभागको टोलीका चार सदस्यले सगरमाथाको नयाँ उचाइ गरेका थिए। नेपालको सर्वेक्षणलाई चीनले स्वीकारेपछि संयुक्त रुपमा उचाइ सार्वजनिक गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।