• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोनाल्डो-मेस्सी : जो एकअर्काबाट खारिए

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २३, २०७७  १५:४६
1140x725

काठमाडौं- विश्व फुटबलमा सबैभन्दा धेरै सोधिने प्रश्न हो- रोनाल्डो कि मेस्सी? अहिलेसम्म फुटबलमा सबैभन्दा राम्रो को? यो प्रश्न पछाडिको कारण दुई खेलाडीले देखाएको उत्कृष्ट खेल नै हो। त्यो पनि निरन्तर। त्यसैले उत्तर सजिलो छ- दुवै उत्कृष्ट छन्। 

यिनै दुई मंगलबार राति १ः४५ बजे पुनः एकअर्काविरुद्ध खेल्दै छन्। जुन खेल २०१८ को मे पछि दुईबीचको पहिलो भेट हुनेछ। च्याम्पियन्स लिगमा यो सिजन समूह चरणको खेल तालिका आउँदा धेरैको नजर रोनाल्डो र मेस्सीबीचको प्रतिस्पर्धाको पर्खाइमा नै थियो। समूह चरणमा यी दुईबीचको पहिलो खेलमा रोनाल्डो कोरोना संक्रमणका कारण खेल्न पाएका थिएनन्। जहाँ बार्सिलोना २-० ले विजयी भएको थियो। 

अहिले पुनः एकपटक विश्व फुटबलको तुलनामा रोनाल्डो र मेस्सी मैदानमा नै देखिँदै छन्। बार्सिलोनाको मैदानमा हुने खेल विश्व उत्कृष्ट खेलाडीको प्रतिस्पर्धात्मक संयोजन हेर्न पाइने मौका नै हो। यो अवसरले भविष्यमा इतिहास सम्झेर खुसी बनाउने नै छ। दुईको तुलनामा धेरैले यिनीहरुको फरक अवस्थामा विश्लेषण गर्ने गरेको भए पनि समानता यति छन् कि जसले लामो समय एउटै उचाइमा देखाइरहेको छ। 

रोनाल्डो र मेस्सीको सुरुवाती वातावरण उस्तै नै थियो। उनीहरुको पारिवारिक पृष्ठभूमि सामान्य र विनम्र देखिन्छ। उनीहरुको बाल्यकालको अवस्था फुटबलमा बढ्न आर्थिक रुपमा सहज होइन। तर उनीहरु फुटबलर बन्न सबै जोखिम मोल्न तयार हुने परिवारमा थिए। 

रोनाल्डो १२ वर्षको उमेरमा आफ्नो सहर माडेरिया छाडेर फुटबलकै लागि लिस्बोन लागेका थिए। मेस्सी १३ वर्षमा फुटबल सपनाले अर्जेन्टिनाबाट स्पेन पुगे। 

रोनाल्डोल स्पोर्टिङको सिनियर टिममा २००२ को अक्टोवर ७ मा डेब्यू गरे। जतिबेला उनी १७ वर्षको थिए। मेस्सीले २००३ को नोभेम्बर १६ मा बार्सिलोना सिनियर टिममा १६ वर्षको हुँदा डेब्यू गरे। दुवैले आफ्नो पहिलो खेलमा नै राम्रो भविष्य देखाइसकेका थिए। त्यही ताका नै विश्व फुटबलका हस्तीहरुले रोनाल्डोको मेस्सीको भविष्य तम्सेर तारिफ गरिसकेका थिए। 

विश्व फुटबलमा सर्वाधिक महत्वपूर्ण मानिने व्यक्तिगत अवार्ड २००७ मा काकाले जितेपछिको १० वर्ष रोनाल्डो र मेस्सीले नै लगातार जिते। गएको वर्ष पुनः मेस्सीले छैठौँ पटक बालोन डिओर जिते। अवार्ड मात्र उत्कृष्टताको प्रमाण त होइन तर विश्व फुटबलको केन्द्रबाट अझै पनि रोनाल्डो र मेस्सी ओझेल परिसकेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

यी दुईले गरेका गोल र जितेका उपाधि हेर्दा मात्र पनि यिनीहरु विश्व फुटबलका लागि कति महत्वपूर्ण हुन् भन्ने थाहा भइहाल्छ। स्पेनिस लिगमा सबैभन्दा धेरै गोल गरेर पाइने पिचिचि अवार्ड गएको तीन वर्ष लगातार र गएको ११ वर्षमा सात पटक मेस्सीले जितेका छन्। त्यसबाहेकको चार वर्षमा तीन वर्ष रोनाल्डो स्पेनमा रहँदा उनले जिते। रियल मड्रिडमा रहँदा रोनाल्डोले जितेका च्याम्पियन्स लिग उपाधि र त्यसमा उनको खेल मात्रै हेर्दा पनि महत्व बुझिन्छ। 

रियल मड्रिडमा रहँदा रोनाल्डोले आफूलाई हुनुपर्ने जति सम्मानको महसुस गर्न सकेनन्। जसले उनले नसोचिएको अवस्थामा क्लब छाड्ने निर्णय गरेका थिए। रियल मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग पनि उनले क्लबमा आफ्नो अवस्थाबारे कुराकानी गरेका थिए। पेरेजको जवाफ थियो- ‘तिमी जाने भए मेस्सी किन्न पुग्ने जति पैसा आउने हुनुपर्छ।’ 

हुन त रोनाल्डो र मेस्सीले हारको अनुभव पनि गरिरहेकै छन्। कुनै एक खेलको मात्र होइन, चाहेको सोचमा उपलब्धी पाउन नसक्दाको हार पनि फरक रुपमा दुवैले भोगेका छन्। रोनाल्डो सिधा स्पष्ट बोल्ने शैलीका छन् भने मेस्सी मनमा कुरा राख्ने सितिमिति नबोल्ने स्वभावका छन्। तर दुवैले आफूलाई कमजोर हुने अवस्थाहरु भोगेका छन्। त्यसैले उनीहरुको भोगाइको प्रस्तुति फरक होला तर अवस्था उस्तै उस्तै देखिन्छ। 

कतिसम्म भने खेलका सुरुवाती वर्षहरुमा मेस्सी गोल मिस गर्दा समेत एक्लै रुने स्वभावका थिए। महत्वपूर्ण अवसरमा गोल खेर फाल्दा पहिलेका वर्ष रोनाल्डोको पनि आँसु देखिएकै हो। दुवैले जितेका अवसर खुसीको आँसु पनि देखिएकै छ। 

उमेर बढ्दै जाँदा दुवैले आफूलाई फरक रुपमा प्रस्तुत गर्दै पनि लगेका छन्। एक समय घुँडाको चोटले सताइएका रोनाल्डोले त्यही सुरुवाती तिब्रता कायम गर्न नसक्ने महसुस गरेर नै आफ्नो शैलीमा परिवर्तन ल्याए। खतरनाक विंगरबाट गजवका स्ट्राइकर बने। जो गोलमा आँखा तिखो पारिरहन्छ। विंगरबाट खेल सुरु गरेका मेस्सी पनि अहिले उत्कृष्ट नम्बर १० हुँदै अहिले प्लेमेकरका रुपमा अझ बढी देखिन्छन्। अहिले लामो समय त उनी मिडफिल्डतिर हुन्छन्। 

२०१९ मा ७० वर्षको उमेरमा निधन भएका फर्मुला वानका गजवका खेलाडी निकी लाउडाले आफ्नो समयका प्रतिस्पर्धी खेलाडी जेम्स हन्टको बारेमा भनेका थिए- ‘खेलमा दुश्मन जसरी प्रतिस्पर्धी पाउन सक्नु भाग्य हो।’ लाउडाको कुरालाई मान्ने हो भने फुटबलमा रोनाल्डो र मेस्सीले एकअर्कालाई प्रतिस्पर्धीका रुपमा पाउनु दुवैको भाग्य नै हो। जसले एकभन्दा अर्कोले राम्रो गर्ने उत्साह र प्रतिस्पर्धा सधैँ बनाइनै रह्यो। 

२०१३ को जनवरी २७ मा रोनाल्डोले गेटाफेविरुद्धको खेलमा ह्याट्रिक गरे। त्यसको केही घन्टापछि नै मेस्सीले ओसासुनाविरुद्ध चार गोल गरे। एकले राम्रो गर्दा अर्कोले पनि राम्रो गरिरहेको यस्तै उदाहरण धेरै छन्। तर पहिले स्पेनमा हेर्न पाइएको त्यो प्रतिस्पर्धाको पर्खाइ नदेखिने गरि छोपियो। 

च्याम्पियन्स लिगमा रोनाल्डो र मेस्सीबीचको टिमको भेट हुँदा मेस्सीको अवस्था राम्रो देखिन्छ। मेस्सी सम्मिलित टिमको दुई खेलमा जित दुई बराबरी र एक हार भएको देखिन्छ। जहाँ मेस्सीको टिमविरुद्ध च्याम्पियन्स लिगमा रोनाल्डोले अहिलेसम्म गोल गर्न सकेका छैनन्। रोनाल्डोको टिमविरुद्ध च्याम्पियन्स लिगमा मेस्सीले तीन गोल गरेका छन्। 

३५ वर्षका रोनाल्डो र ३३ वर्षका मेस्सी विश्व फुटबलमा अझै यसै गरी कति समय देखिन्छन् यकिन छैन। जहिलेसम्म उनीहरु मैदानमा छन् त्यसको स्वाद को उत्कृष्टको बहसभन्दा बाहिर रहेर हेर्ने दर्शकको संख्या ठूलो छ। त्यही प्रतिक्षा मंगलबार रातिको खेलमा पनि छ। 

(यो सामग्री स्पेनिस पत्रकार तथा फुटबल विश्लेषक गिलियम बालाग्वेले बिबिसीमा लेखेको लेखमा आधारित रहेर तयार पारिएको हो।) 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०७७  १५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्