काठमाडौं- नेपाल विद्युत प्राधिकरणको बेवास्ताका कारण काठमाडौंका विभिन्न क्षेत्रमा निरन्तर विद्युत आपूर्ति अवरुद्ध हुन थालेको छ। काठमाडौंका विभिन्न क्षेत्रमा एक घण्टामा ५ पटकसम्म विद्युत आपूर्ति अवरुद्ध भइरहेको छ।
काठमाडौंको बौद्ध, मैतिदेवीलगायतका क्षेत्रमा सोमबार बिहानमात्रै ५ पटकभन्दा धेरै बत्ती काटिएको उपभोक्ताहरूले बताएका छन्।
नेपाल विद्युत प्राधिकरण नयाँ बानेश्वर वितरण केन्द्रका प्रमुख बाबुराम सुवेदीले ६६ केभी लाइनमा मर्मतको काम गर्नुपर्दा आपूर्ति प्रणालीमा समस्या आएको बताए।
विना सूचना विद्युत आपूर्ति अवरुद्ध हुँदा विद्यार्थीहरूको अनलाइन कक्षा प्रभावित बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।