राजविराज– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्याक्टर पल्टिँदा १ जना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका छन्।
मृत्यु हुनेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका–३ निवासी ८ वर्षीय बालक अभिनाष शर्मा रहेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएकाको विराटनगरस्थित न्यूरो अस्पताल र सामान्य घाइतेको भारदहस्थित शिव उपचार क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
सप्तरीको छिन्नमस्ता सखडा मन्दिर दर्शन गरी सुनसरीको इनरुवा जाँदै गरेका यात्रु चढेको को१त ९७७१ नम्बरको ट्याक्टर हनुमाननगर कंकालनी नगरपालिका–१ भारदहस्थित राजमार्गमा अनियन्त्रित भएर पल्टेको थियो।
दुर्घटनामा परेको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।