काठमाडौं–बुटवल उपमहानगरपालिका–७ स्थित होटलमा गोली चल्दा एक जना घाइते भएका छन्। सुख्खानगरको कलश होटलमा गैंडाको खागसहित तस्कर समूह बसेको सुराकीका आधारमा त्यहाँ पुगेका बेला एक व्यक्तिले प्रहरीकै हतियार खोसेर गोली चलाएको दाबी प्रहरीले गरेको छ।
कलश होटलको कोठा नम्बर ५ मा बसेको तस्कर समूहलाई पक्राउ गर्न प्रहरी त्यहाँ पुगेको जनाइएको छ।
तस्कर र प्रहरीबीच घम्साघम्सी भएपछि तस्करको समूहले हतियार खोसेर प्रहरीलाई गोली हान्दा उनकै समूहका राकेश न्यौपानेलाई गोली लागेको हो।
उनी गम्भीर घाइते भएको प्रहरीले बताएको छ। घटनास्थलबाट प्रहरीले अन्य दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार भएका छन्। घटनाको थप विवरण आउन बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।