• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले किन सम्झिए वामदेवको ६ वर्ष पुरानो फोटो?

64x64
नेपाल लाइभ आइतबार, मंसिर २१, २०७७  १०:५१
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वामदेव गौतमको ६ वर्ष पुरानो फोटोको सम्झना गरेका छन्।

आइतबार बिहान ८ बजेर ३८ मिनेटमा पार्टी उपाध्यक्षसमेत रहेका गौतमको फोटो राख्दै थापाले लेखेका छन्- को कस्तो? तस्बिर काफी छ!

थापाले राखेको फोटो सामान्य खालको भने छैन। फोटोमा उनले सडकको ‘डिभाइडर’ नाघ्दै गरेका छन्।

सो फोटो सर्वप्रथम २०७१ साल जेठ १२ गतेको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको थियो। फोटो सोही पत्रिकाका फोटो पत्रकार ज्ञानेन्द्र कार्कीले खिचेका हुन्।

त्यतिबेला गौतम गृहमन्त्री थिए।

नयाँ पत्रिका दैनिकले प्रथम पृष्ठमै शीर्षक लेखेको थियो- गृहमन्त्रीको जेब्राक्रस। त्यहाँ गौतमका दुई फोटा र बालबालिकाले बाटो काट्न सिकाएको अर्को एउटा फोटो पनि राखिएको थियो।

‘कानुनका संरक्षक!’ क्याप्सन दिएर नयाँ पत्रिकाले दुई बुँदामा लेखेको थियोः
- आइतबार बिहान साढे ११ बजे वीर अस्पतालतर्फबाट हुइँकिँदै आएका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम र सुरक्षाकर्मीका गाडी रत्नपार्कको बीचसडकमै झ्याप्पै रोकिए। ट्राफिक जाम गराएर गृहमन्त्री ओर्लिए। र, आकाशे पुलतर्फ हेर्दै नहेरी डोरी नाघेर शान्तिबाटिकातिर लागे। सर्वसाधारण हेरेको हेर्‍यै भए।
- डोरी नाघेर बाटो काट्नेलाई ट्राफिक प्रहरीले सडकमै अस्थायी हिरासत बनाएर एक घण्टासम्म थुन्छ, उठबस गराउँछ र जरिवानासमेत गराएर छाडिदिन्छ। तर, कानुनका संरक्षक गृहमन्त्री वामदेव गौतमले दौरा-सुरुवाल लगाएरै डोरी नाघे, नियम-कानुन कालोबुटले कुल्चिएर हिँडे।

Ncell 2
Ncell 2

त्यतिबेला फोटो प्रकाशित भएपछि गौतम विवादित भए। घटनाको ८ दिनपछि अर्थात् जेठ १९ गते उनले विज्ञप्ति निकालेर प्रष्टीकरण दिए। उनले विज्ञप्तिमा उक्त दिन रत्नपार्कको शान्ति बाटिकामा आफ्नो पार्टी नेकपा एमालेले काठमाडौं क्षेत्र नं. २ मा उम्मेदवारी दिन जान निकालेको जुलुसले बाटो अवरुद्ध भएको र आफू त्यसैमा मिसिन बाटो काटेको उल्लेख गरे।

सामान्य कुरालाई अतिरिञ्जित गर्ने र सामाजिक सञ्जालहरूमा आफूलाई अपमान र गालीगलौज गर्ने प्रवृत्ति स्वीकार्य नभएको पनि उल्लेख गरे। 'मैले कुनै पनि रूपमा सवारी नियम उल्लंघन गर्ने उद्देश्य राखेको थिइनँ। मेरो सो कामबाट सवारी आवागमनमा कुनै किसिमले असुविधा पुगेको थिएन। तथापि मेरो उक्त कार्य तत्कालीन सन्दर्भलाई अलग गरेर हेर्ने हो भने शोभनीय भएन कि भन्ने कुरा मैले पनि महसुस गरेको छु', गौतमको विज्ञप्तिमा भनिएको थियो।

उनको फोटोलाई घटनाको ६ वर्षपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सम्झिएका छन्। शनिबार दिउँसो बसेको सचिवालय बैठकमा गौतमले थापाको कार्यशैलीको आलोचना गर्दै उनलाई पदमुक्त गर्न प्रधानमन्त्री ओलीलाई सुझाएका थिए। गाैतमले प्रधानमन्त्रीका सल्लाहकारले प्रधानमन्त्रीलाई नै सिध्याइदिने चेतावनी दिएका थिए। सो विषयमा जानकारी पाएपछि थापाले फेसबुकमा पुरानो फोटो राख्दै सांकेतिक प्रतिवाद गरेको आँकलन गरिएको छ।

थापाको उक्त स्टाटसको चौतर्फी आलोचना भएपछि उनले त्यसलाई आफ्नो फेसबुक टाइमलाइनमा नदेखिने बनाएका छन्। 

काे कस्ताे ? तस्बिर काफी छ !

Posted by Surya Thapa on Saturday, December 5, 2020

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार आयोगले उनीहरूलाई स्पष्टीकरण सोधको हो । सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार रहेका राउतलाई सार्वजनिक स्थान (चौबाट... बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी ‘संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि  सुरक्षाकर्मीले चौबीसै घण्टा हतियार सहित कमब्याट पोजिसनमा उभिएको... बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्... बुधबार, माघ १४, २०८२
ताजा समाचारसबै
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल बिहीबार, माघ १५, २०८२
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
मूलपानीमा लुटेरा नियन्त्रण गर्न दुई राउन्ड गोली प्रहार बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
मूलपानीमा लुटेरा नियन्त्रण गर्न दुई राउन्ड गोली प्रहार बिहीबार, माघ १५, २०८२
रवि लामिछानेलाई भएको सेलुलाइटिस कस्तो समस्या हो? बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्