काठमाडाैं–दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि अन्य दुईजना गम्भीर घाइते भएका छन्।पिकनिक गएर फर्केका व्यक्ति चढेको जीप दुर्घटना भएको हो।
घोराही उपमहानगरपालिका १७ असारेमा लुम्बिनी प्रदेश ३–०१–०२२ च ६३६९ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट खेतमा पल्टिँदा घोराही उपमहानगरपालिका १७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको हो।
दुर्घटनामा परि सोही ठाउँका ३५ वर्षीय उमाकान्त घिमिरे र घोराही १५ का ३६ वर्षीय समिर पन्त घाइते भएका छन्।
घाइते दुवैलाई उपचारका लागि कोहलपुर लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए।
घोराही–४ सिस्नेखोलाको एक्ले पिपलमा पिकनिकबाट घोराहीतर्फ आउने क्रममा जीप दुर्घटनामा परेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।