ताप्लेजुङ– ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३, सिकैचामा घर निर्माणका क्रममा लड्दा १ जनाको मृत्यु भएको छ।
आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर घाइते भएका स्थानीय टुइजन बोखिम (लिम्बू) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ।
सोमबार दिउँसो काम गर्दागर्दै लडेर घाइते भएका ४९ वर्षीय बोखिमको उपचारका लागि इलाका स्वास्थ्य कार्यालय, तेल्लोक लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ।
उनको शव इलाका स्वास्थ्य कार्यालयमा राखिएको र परीक्षण गरी आफन्तलाई जिम्मा लगाउने तयारी भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।