धनगढी- कैलालीमा सोमबार नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन्।
प्रहरीले सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर १ बस्ने रविन विकलाई नक्कली नोटसहित पक्राउ गरेको हो। कैलाली प्रहरी प्रमुख विनोद घिमिरेका अनुसार विकलाई विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका–२, अत्तरिया बजारबाट पक्राउ गरिएको हो।
पक्राउ परेका व्यक्तिले अत्तरिया बजारस्थित खेमराज सापकोटाले सञ्चालन गरेको ओम जमुना फेन्सी स्टोरमा जुत्ता किनिरहेका थिए। जुत्ता किन्ने क्रममा विकको खल्तीमा पाँच सय दरका दुई वटा नोट फेला परेको घिमिरेले बताए।
उनले विक विरुद्ध खोटा चलन मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अघि बढाइएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।