• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रेममाथि भाजपाको हिन्दू राजनीति

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १८, २०७७  ११:५७
1140x725

केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नेतृत्वमा रहेको उत्तर प्रदेशमा ‘लभ जिहाद’ को आरोपमा पहिलो मुद्दा दर्ता भएको छ। हालैमात्र उत्तर प्रदेश सरकारले उत्तर प्रदेश विधिविरुद्ध धर्म परिर्वतन प्रतिषेध अध्यादेश २०२० लागू गरेको थियो। प्रदेशमा भाजपाका तर्फबाट योगी आदित्यनाथले सरकारको नेतृत्व  गरिरहेका छन्। 

आफ्नी छोरीलाई जबर्जस्ती धर्म परिवर्तन गर्न दबाब दिएको र ज्यान मार्ने धम्की दिएको भन्दै देवरियानिवासी टीकाराम नामका व्यक्तिले उवैश अहमदविरुद्ध बरेलीको प्रहरी चौकीमा उजुरी दिएका छन्। यो भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा सरकार गठनपछि पहिलो ‘लभ जिहाद’ को मुद्दा हो। बरेलीका डिआइजी राजेश पाण्डेले धर्म परिर्वतन प्रतिषेध अधिनियम ३/५को धारा अन्तर्गत मुद्दा दर्ता भएको बताए। आफूविरुद्ध मुद्दा दायर भएपछि मुस्लिम युवक फरार भएका छन्। उनले हिन्दू युवतीसँग प्रेम विवाह गरेका थिए। 

सन् २०१२ मा भाजपाले लभ जिहादलाई राजनीतिक मुद्दाको रुपमा उठाएको थियो। फलस्वरुप त्यतिबेला उत्तर प्रदेशको मुजफ्फरनगरमा दंगा भड्किएको थियो। उक्त दंगामा परी ६२ मानिसले ज्यान गुमाएका थिए भने ५० हजारभन्दा बढी मुसलमान विस्थापित हुन बाध्य भएका थिए। पुरै पश्चिम उत्तर प्रदेशलाई धार्मिक आधारमा ध्रूवीकरण गर्न सफल भएको यो दंगा हुनुभन्दा केही महिनाअघि राज्यमा भाजपा इकाईले प्रयोगको रुपमा ‘लभ जिहाद’ अभियान चलायो र सामाजिक सौहार्द ध्वस्त पारेको थियो। 

सन् १९७० को दशकमा जाट र मुसलमान समुदाय एक अर्काका कट्टर दुश्मन बनेका थिए। यसको परिणाम तत्कालीन समाजमा देखा पर्‍यो। सामाजिक सदभाव ध्वस्त हुँदै जातिवादी र धर्मवादी भयो। जसको लाभ अहिले पनि यसको आडमा राजनीति गर्ने पार्टीहरुले लिइरहेका छन्। 

यो त्यो समय भएको थियो, जतिबेला गुजरातबाहिर कुनै पहिचान नभएका अमित शाहलाई उत्तर प्रदेशको चुनाव प्रमुख नियुक्त गरियो। उनको नेतृत्वले ऊर्जा पाएका भाजपा कार्यकर्ता तथाकथित ‘लभ जिहाद’ विरुद्ध अभियान चलाउन पश्चिम उत्तर प्रदेशका गाउँ–गाउँसम्म पुगे। ‘लभ जिहाद’को प्रयोग कर्नाटकमा पनि भयो, जुन ऐतिहासिक रुपमा हिन्दुत्वको प्रयोगशाला मानिन्छ। हिन्दु र मुस्लिमबीच ध्रुवीकरण गराउन यहाँ यसको प्रयोग गरियो। ‘लभ जिहाद’का लागि सुरुमा भाजपा कार्यकर्ता र संघ परिवारसँग जोडिएका अन्य मानिसले जाट र मुसलमानबीच अविश्वास पैदा गरे। उनीहरु गाउँ–गाउँ पुगे र जाट समुदायका वरिष्ठ र वृद्धहरुसँग बैठक गरे।

उनीहरुले यसबारेमा उनीहरुलाई आफूअनुकुल बुझाएर आफ्नो पक्षमा ल्याउन सफल भए। भाजपाले सामाजिक सञ्जाललाई पनि लक्ष्य बनायो। सामाजिक सञ्जालमा धेरै मानिसहरुको सक्रियता देखेका उनीहरुले यसैमार्फत् सफल हुने उद्देश्य बनाए। उनीहरुले सामाजिक सञ्जालमा फेक समाचार र विचारहरु उत्पादन गर्न थाले। केही मदरसाले हिन्दू महिलाको धर्म परिर्वतन गर्ने र आतंकवादी संगठन र इस्लामी देशहरुबाट पैसा लिने गरेको हल्ला फैलाउन थाले। यी घटनाहरुलाई फुलबुट्टा हालेर र सहजै मानिसले विश्वास गर्ने शैलीमा सामाजिक सञ्जालमा प्रकाशन गर्न थाले। मदरसाले मुसलमान युवकहरुलाई आधुनिक देखिने कपडा लगाउन सिकाउनेदेखि मोबाइल पसल र मोटरसाइकल खरिदका लागि पैसा दिनेसम्मको कार्य गरेको भन्दै उनीहरुले सामाजिक सञ्जालमा फैलाए। त्यसपछि ह्वाट्सएपमार्फत् कयौँ फर्जी भिडियो फरवार्ड गरी बेतुकको सिद्धान्तका आधारमा लभ जिहादका कथा सिर्जना गर्दथे। 

यो अभियानको असर यस्तो थियो कि २०१२ को अन्त्यमा पश्चिम उत्तर प्रदेशको एक पञ्चायतले महिलाहरुलाई मोबाइल फोन बोक्न प्रतिबन्ध लगायो। संघ परिवारद्वारा फैलाइएको अफवाहअनुसार मुस्लिम युवकले सञ्चालन गरेको मोबाइल फोन पसल हिन्दू महिला र मुस्लिम पुरुषको भेट्ने स्थान थियो। यसपछि पश्चिम-उत्तर प्रदेश र हरियाणाका जाटबाहुल्य इलाकामा कयौं पञ्चायतहरुले यो निर्णयको समर्थन गरेका थिए। यससँगै महिलाहरुको स्वतन्त्रतामा थप कटौती भएको थियो। महिलाहरुलाई मोवाईल बोक्नेदेखि युवकलाई भेट्ने कुरामा नियन्त्रण र निगरानी सुरु भयो। मुजफ्फरनगर सम्प्रादायिक दंगाको बीउ भएको अफवाह थियो। सुरुमा एक मोटरसाइकललाई लिएर हिन्दू र मुस्लिम पुरुषका बीच भएको सानो झगडामा एक मुस्लिमको ज्यान गयो। यसले दंगाको रुप लिन  केही समय लागेन। त्यसपछि यो क्षेत्रमा कयौ दिनसम्म दंगा चलिरह्यो। 

कसरी बन्यो ‘लभ जिहाद’को दंगा फैलाउने प्रभावशाली हतियार? 
कवाल गाउँमा भएको यस झडपको केही घन्टाभित्र एक मुस्लिम भीडले दुई जाट समुदायका मानिसलाई कुटेर हत्या गर्‍यो । मुस्लिम पक्षले हत्याको जिम्मा लियो। जसै–जसै दिन बित्दै गए, संघ परिवारले पुराना भिडियो फैलाउन सुरु गरे। जसमा तालिबानका सदस्यको एक युवाले कुटी कुटी हत्या गरेकाे देखिन्छ। सो भिडियोमा यो कबाल गाउँमा अवस्थित लिचिङ्ग (भीद्वारा सजाय दिने)को घटनाको भिडियो हो भनी दाबी गरिएको थियो। मुस्लिम युवकलाई आफ्नो बहिनीको पिछा गर्नबाट रोक्दा दुई जाट युवकको कुटी कुटी हत्या गरिएको अफवाह फैलाइएको थियो। साम्प्रदायिक तनाव भड्काउनका लागि संघ परिवारले मारिएका दुई जाट समुदायको दाहसंस्कारमा ठूलो र्‍याली निकाले। दाह संस्कारबाट फर्केको ट्र्याक्टर र मोटरसाइकलमा आएका मानिसहरुको भीड कबाल गाउँको मुस्लिम बस्तिमा प्रवेश गर्‍यो। उनीहरुले मुस्लिमका घरपसल तोडफोड गरे र लुटपाट मच्चाए। सोही क्षेत्रमा रहेको मस्जिदहरुमा आगो लगाए। उनीहरुले ‘जाउ पाकिस्तान नत्र कब्रिस्तान’ ,‘हिन्दु एकता जिन्दावाद र ‘एकको बदला एक’ जस्ता नारा लगाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

फर्जी भिडियो चारैतर्फ फैलँदासम्म भाजपाको ‘लभ जिहाद’ अभियान धेरै प्रभावमा आइसकेको थियो। जाटका नेताहरुले एक महापञ्चायत अर्थात् जाट समुदायको एक आमसभाको आयोजना हुनुपर्ने माग गरे। उनीहरु ‘आक्रमणकारी मुसलमानबाट जाट सम्मानको रक्षा’ भन्ने नारा नै बनाएर एकत्रित हुन थाले। ऐतिहासिक रुपमा यो महापञ्चायतमा मुस्लिमप्रति केही सहानुभूति हुने गर्दथ्यो। तर अबको बैठकमा यो उग्रतामा परिणत भयो। कबाल हिंसापछि बोलाइएको महापञ्चायतमा प्रभावशाली भारतीय किसान युनियनका नेता नरेश र राकेश टिकैतका साथै भाजपाका के हुकुम सिंह, संगीत सोम, सुरेश राणाजस्ता प्रमुख नेताहरु सहभागी  भएर सम्बोधन गरेका थिए।

उनीहरुले सामूहिक रुपमा आफ्ना महिलाहरुको इज्जत बचाउन एकजुट हुन आह्वान गरे। यो महापञ्चायतलाई ‘बुहारी, छोरी बचाउको महासम्मेलन’ भनेर नाम दिइयो। जसरी अन्त्येष्टिको जुलुसले हिंसा भड्काउने काम गरेको थियो, महासम्मेलनले पनि सोही काम गर्‍यो। 

सम्मेलनका सहभागीहरू फर्कँदा मुसलमानविरुद्ध हिंसात्मक कारबाही फेरि सुरु गरे। मुस्लिम नेताहरुले पनि हिंसाको जवाफ दिने भन्दै आफ्नो पञ्चायत बोलाए। भोलिपल्टै मुजफ्फरनगर र आसपासका जिल्ला र क्षेत्रमा साम्प्रदायिक हिंसा फैलियो। यो हिंसा रोक्न तत्कालीन समाजवादी पार्टीको नेतृत्वको सरकार पूर्ण रुपमा असफल भयो। विश्व हिन्दु परिषद्का नेता अशोक सिंघलले तत्कालीन समयमा यो हिंसा जायज भएको ठहर गरेका थिए। उनले सार्वजनिक मञ्चबाट आह्वान गरे– बुहारी र छोरी बचाउका लागि महापञ्चायतको आवश्यकता र अस्तित्व आवश्यक छ। 

राजनीतिक परिणाम 
‘लभ जिहाद’ अभियानको नतीजा भारतको सबैभन्दा धेरै जनसंख्यामा भइरहेको परिर्वतनको रुपमा देखियो। त्यतिबेला उत्तर प्रदेशका गाउँहरुमा सामाजिक–आर्थिक रुपमा परिर्वतन हुन लागेको देखिएको थियो। हिन्दूबाहुल्य गाउँमा मुसलमान आफ्नो घर र सम्पत्ति छोडेर भागेका थिए। उनीहरु कुनै अन्य ठाउँमा बसाइँसराई गर्दै बसोबास गर्न थालेका थिए। यस्तोमा धेरैजसो मुस्लिमको बाहुल्यता रहेको गाउँ (यो धेरै संख्यामा छैनन्) बाट धेरै संख्यामा हिन्दूहरू विस्थापित भएका थिए। कबाल र त्यस क्षेत्रका अन्य गाउँका हजारौं मुसलमानहरु शरणार्थी क्याम्पमा रहन बाध्य हुन परेको थियो। जाट र सैनिकहरुले गैरकानुनी रुपमा मुस्लिमका जमिन र घर कब्जा गरेका थिए। यो अवस्थामा जातीय धुव्रीकरण यस्तो थियो कि सन् २०१४ को संसदीय निर्वाचनमा भाजपा धार्मिक आधारमा मतदाता विभाजन गर्न सफल भएको थियो। पश्चिम उत्तर प्रदेशका सबै सिट भाजपाले यही रणनीतिका आधारमा जितेको थियो, जुन स्थानमा पहिला भाजपाको उपस्थित नगण्य मात्रामा थियो।  

चरण सिंहका छोरा अजित सिंह नेतृत्वको राष्ट्रिय लोकदलको चुनावी नक्सामा नामोनिशान मेटिएको थियो। त्यसअघि यो क्षेत्र चरण सिंहको पकड इलाका थियो। भाजपा र संघ परिवारको ‘लभ जिहाद’को साम्प्रदायिक हिंसापछि यो बहार सिधै अन्यत्र मोडिएको थियो। 

आरएसएस समर्थित अभियान 
ठीक त्यही समयमा मुजफ्फरनगर दंगाको जरा गाढा हुँदै गएको थियो। सेप्टेम्बर २०१३ मा राष्ट्रिय स्वयंसेवक संघले एक सामान्य देखिने शीर्षक राखेर ‘केही तथ्य : मुस्लिम पुरुष/हिन्दू स्त्री’ वाला एक इमेल पठायो। यो इमेलमा ७३ प्रख्यात मानिसको सूची बनाइएको थियो। जो मुस्लिम थिए, जसले हिन्दु महिलासँग विवाह गरेका थिए। तर यसमा कतै पनि ‘लभ जिहाद’को दावी गरिएको थिएन। यो सूचीमा फिल्म निर्देशक के आसिफ मुजफ्फर अली, सुपरस्टार शाहरुख खान, अमिर खान, शास्त्रीय संगीतका विख्यात उस्ताद अली अकबर खान र विलायत खानको नाम थियो‚ जसले हिन्दू महिला विवाह गरेका थिए। उनीहरूले पठाएको इमेलमा भनिएको थियो महाराष्ट्रियन ब्राह्मण अदिति गोवित्रिकरले डा मुफ्फजल लकडावालासँग विवाह गरेकी थिइन्। उनीहरुबाट एक छोरी कियारा र छोरा जिहानको जन्म भएको थियो। गोवित्रिकरले विवाहपछि आफ्नो नाम सारा मुफ्फजद लकडावाला बनाएकी थिइन्। यही नामबाट उनले मिसेज इन्डिया प्रतियोगितामा भाग लिएर बिजेता बनेकी थिइन्। अहिले उनीहरू सम्बन्धविच्छेद गरेर बसेका छन्। डा मुफ्फजलले पछि मेजर जनरल टीके कौलकी छोरी प्रियंकासँग विवाह गरेका थिए। 

यसरी यी उदाहरण देखाउँदै मुस्लिमहरुले एकभन्दा धेरै पटक विवाह गर्न सक्ने भन्ने सन्देशहरु ह्वाटसएप समूहमा उनीहरुले फैलाइरहेका थिए। शास्त्रीय गायक अली अकबर खानले कयौं विवाह गरे। तिनैमध्येकी उनकी एक श्रीमती राजदुलारी देवी पनि थिइन्‚ जो एक विख्यात गायिका पनि थिइन्। उनकी छोरी अनिसाले टिभी प्रोड्युसर राजीव चौधरीसँग विवाह गरेकी थिइन्। आश्चर्यजनक रुपमा अली अकबर खान र उनकी मुस्लिम श्रीमती जुबैदाले आफ्नो छोराको हिन्दू नाम राखे–आशिष, ध्यानेश र प्रणेश। 

यीमध्ये आशिषले आफैंलाई हिन्दू घोषित गरेर आफ्नी मुस्लिम पत्नी फिरोजा देहलबीसँग अलग भए। आशिषको छोराको नाम फराज र छोरीको नाम नुसरत थियो। ध्यानेशकी छोरीको नाम सहानाले  एक हिन्दू श्री गुप्तासँग विवाह गरिन्। ध्यानेशको छोराको नाम शिराज खान हो। यो सूचीमा नाम राखिएको छ सुनिधि चौहानको। उनले १८ वर्षको उमेरमा कोरियोग्राफर अहमद खानका भाइ बबी खानसँग भागेर विवाह गरेकी थिइन्। सुनिधिको परिवारले यो विवाह कहिल्यै स्वीकार गरेन। उनलाई सम्बन्ध तोड्न चेतावनी दियो। एक वर्षपछि उनीहरू दुवै अलग भएका थिए। सुनिधि फर्केर आफ्नो परिवारमा आइन् र एक हिन्दूसँग विवाह गरिन्।  

कहाँबाट जन्मछन् यस्ता विचार ?
संघ परिवारले हरेक समयमा आफ्नो फाइदाका लागि ‘लभ जिहाद’ अभियानको रणनीतिक तरिकासँग प्रयोग गरेको छ। एक राजनीतिक विचारको रुपमा यो पहिले कर्नाटकको दक्षिण कन्नडा जिल्ला र उत्तरी केरलको केही क्षेत्रबाट आएको देखिन्छ। यसलाई एक सीमान्त दक्षिणपन्थी संगठन हिन्दू जनजागृचि समिति (हिजस)को अभियानको रुपमा ल्याइएको थियो। हिजस हालसम्म खुलेर आफैँ सनातन संस्थासँग जोडिएको छ, जो २००९ को गोवा बम आक्रमणजस्ता कयौं हत्याप्रकरणमा जोडिएको देखिन्छ।

कम्युनिस्ट नेता गोविन्द पनसारे, सामाजिक कार्यकर्ता एवं तर्कवादी नरेन्द्र दाभोलकर र पुरालेखवेत्ता (एपिग्राफिस्ट) एमएम कलबुर्गी र पत्रकार गौरी लंकेशको हत्या हिजससँग जोडिएको पाइन्छ। हिजस तटीय कर्नाटकको सहरी इलाकामा विभिन्न प्रकारको सांस्कृतिक पहरेदारीको अभियानमा सक्रिय छ। 

यो त्यस्तो अवस्थामा चर्चामा आयो, जब हिजसका कार्यकर्ताहरुले भारतीय संस्कृतिको पश्चिमाकरणविरुद्ध आफ्नो अभियानअन्तर्गत पार्क, कलेजमा जोडी हिँडेमा वा एक भएर बसेमा हमला गर्ने घटना  धेरै हुन थालेका थिए र यसलाई संस्कृति बचाउको नाम दिइरहेका थिए।

सन् २००७ सम्म यो अभियानले साम्प्रदायिक रंग दिन सफल भयो।  यसका नेताहरुले कयौं सभामा खुल्लम खुल्ला ‘लभ जिहाद’को शब्द प्रयोगमा ल्याउन र यसको सिद्धान्तलाई अघि बढाउन थाले। उनीहरुले मुस्लिम पुरुषले जानी बुझी हिन्दू युवतीलाई फसाउने र उनीहरुसँग विवाह गर्ने षडयन्त्र  गरेकाे आराेप खुल्ला रुपमा लगाए। इस्लाम धर्ममा परिर्वतन गराउन उनीहरुले पैसा लिएर यस्तो गरेको उनीहरुको आरोप थियो। भारतमा हिन्दूहरुलाई अल्पसंख्यक समूहमा विभाजित गर्ने मिसन रहेको आरोप उनीहरूले फैलाएका थिए।

आफ्नो वेबसाइटमा हिजसले मुस्लिम युवाहरुलाई शिकारमा निक्लेका ‘याैन ब्वाँसाे’को दर्जा दिएका छन्। कर्नाटकमा मात्र ३० हजार महिलालाई इस्लाम धर्ममा परिर्वतन गराइसकेको दाबी गरिएकाे छ। तर यसमा कुनै प्रमाणा छैन।  जबकि दक्षिण कन्नाडमा हरेक दिन लगभग तीन महिला ‘लभ जिहाद’ को शिकार हुने गरेका छन्। आफ्नो दावीको पक्षमा कुनै प्रमाण नभएकाले हिजसको यो अभियान संघ परिवारको इच्छाअनुरूप अघि बढेन। तर सन् २००९ मा कर्नाटक उच्च अदालतले यसलाई वैधता दिने काम गर्‍यो। जसमा ‘लभ जिहाद मुहिम’ लाई कर्नाटक र केरल प्रहरीद्वारा संयुक्त जाँच गर्न आदेश दिइएकाे थियो। अदालतको यो आदेशपछि 'लभ जिहाद' शब्दले कानुनी मान्यता पायो। यो आदेशमा एक महिलाले अदालतमा 'आफूले मुस्लिम पुरुषसँग विवाह गरेको र आफ्नो इच्छाअनुसार इस्लाम धर्म अंगालेको' बताएकी थिइन्। ती युवतीका अभिभावकद्वारा दायर गरिएको बन्दीप्रत्यक्षीकरण निवेदनमा उच्च अदालतले यस्तो फैसला सुनाएको थियो। दक्षिण कर्नाटकको चमाराजनगर निवासी महिलालाई अदालतले जाँच रिपोर्ट नआएसम्म अभिभावकसँग बस्न निर्देशन दिएको थियो। 

योभन्दा आश्चर्यजनक ढंगले अदालतले यो बन्दीप्रत्यक्षीकरण निवेदनले देशभर गुमनाम रहेका यस्ता महिलाहरुको घटनामा चासो देखाएको थियो। अदालतकाे भनाइ थियो-यसरी लुकिछिपी रहेका महिला पनि ‘लभ जिहाद’को शिकार हुन सक्नेछन्। एक दक्षिणपन्थी पत्रिकाले अदालतको आदेशपछि पहिलो पटक ‘लभ जिहाद’ पदावलीको प्रयोग भयो। जसलाई कर्नाटकको अन्य दैनिक पत्रिकाहरुले पछ्याए‚ जसले गर्दा यो नाम आम मानिसमा पुग्ने काम भयो। यही समय आसपास हिजसले मुस्लिम युथ फोरम र अन्य कयौं इस्लामिक वेबसाइटबाट युवामा ‘लभ जिहाद’को प्रशिक्षण चलाइरहेको दाबी गर्‍याे। 

हिजसले साम्प्रदायिक अभियान जारी नै राख्याे। यी आरोपको जाँच केरल पुलिसले गर्‍यो । तर त्यसमा कुनै पनि प्रमाण र आधार देखा परेन। पछि प्रहरीको रिपाेर्टका आधारमा केरल हाइकोर्टले अन्तरधार्मिक विवाह सामान्य कुरा भएको उल्लेख गर्‍यो। यसलाई अपराधको रुपमा लिन र देख्न नसकिने भन्दै हाइकोर्टले जाँच बन्द हुने फैसला सुनायो। 

सन् २०१२ मा भाजपाको उत्तरी प्रदेश  इकाइले ‘लभ जिहाद’ लाई राजनीतिक रणनीतिका रुपमा उठाउने निर्णय गर्‍यो।  यसपटक हिजसले पितृसत्तात्मक इज्जत र जातीय विरासतको भावना गहिरो रुपमा रहेकाे पश्चिमी उत्तर प्रदेशमा ‘लभ जिहाद’  प्रति नरम रवैया राख्नेक्रमको विकास गर्‍याे। पश्चिम उत्तर प्रदेशमा ‘लभ जिहाद’ अभियान कर्नाटकको तटीय क्षेत्रको तुलनामा निकै थियाे। 

मुजफ्फरनगरका संघका कयौँ कार्यकर्ताहरु यो विचार अझै अघि बढ्ने बताउँथे। हिन्दू महिलासँग विवाह गर्ने, उनीहरूसँग शारीरिक सम्बन्ध बनाउने, अनि सन्तान बढाउने भनी मुसलमानहरूको मान्यता रहेको दाबी उनीहरू गरिरहेका थिए। हिन्दूहरुको भन्दा धेरै जनसंख्या बनाउने उनीहरुको लक्ष्य भएको झुटो दाबी फैलाउनमा संघ परिवारका कार्यकर्ता व्यस्त थिए। यसलाई समयमै नियन्त्रण गर्नुपर्ने र यो एक प्रकारको ‘लभ जिहाद’ भएको उनीहरुको तर्क हुने गर्दथ्यो। 

अहिलको अवस्थामा ‘लभ जिहाद’ आफ्नो पहिलेको अनौपचारिक अवतारभन्दा कयौँ गुणा बढी विभाजनकारी देखिएको छ। यो विचारले हिन्दू पुरुषको जीवनभर शंकामा बस्नु र डरैडरमा रहनु पर्ने स्थिति सिर्जना भएको थियो। यही शब्दलाई गोलबद्ध गराउँदै सबैभन्दा प्रभावशाली हिन्दुत्वको रणनीतिमा अहिले भाजपाले रुपान्तरित गरेको छ। 

ध्यान मोड्न भाजपाले बनायो एजेन्डा 
उत्तर प्रदेश,मध्य प्रदेश ,हरियाणा र कर्नाटकमा भाजपा सरकारले ‘लभ जिहाद’को प्रोपोगान्डाको सहारामा उग्र पुरुषवादी साम्प्रदायिक राजनीतिको नयाँ उचाइसम्ममा लैजाने र यसलाई सांस्कृतिकरण गर्ने काम गरेको छ। 

अहिले भाजपाले केन्द्रमा मात्र नभएर राज्य सरकारका तहमा पनि यसविरुद्ध धमाधम कानुन बनाउने कामसमेत थालेको छ। राजनीतिक भाषणमा मुस्लिममाथि हमला गर्नका लागि अपमानजनक विचार उठाउनु र हत्याको विभत्स घटनालाई साम्प्रदायिकताको रंग दिन यी सबैमा अहिले ‘लभ जिहाद’ निरन्तर चर्चाको विषय बनेको छ। भगवा पार्टी अहिले एक पूर्ण रुपमा बहुमतवादी समाजमाथि आफ्नो कब्जा बनाउन र त्यसमाथि नियन्त्रण राख्न आफैँले बनाएको एक फर्मुलामा फर्केको देखिन्छ। 

जुन रुपमा एकरुपताका साथ भाजपाले ‘लभ जिहाद’लाई उठाएको छ‚ यसबाट के प्रष्ट हुन्छ भने यो उसले पहिलेदेखि नै तय गरेको योजना हो। यसका कारण कमसेकम आफ्नो शासनकालमा सबैभन्दा कठिन समयमा रहेको सरकारबाट जनताको ध्यान अन्यत्र जानेछ। केन्द्रमा रहेको नरेन्द्र मोदी सरकार अहिले महामारी‚ आर्थिक संकट र बेरोजगारीले घेरिएको छ। सरकार सबैतिरबाट असफल हुँदै गइरहेको छ। यही अवस्थामा जनताको ध्यान अन्यत्र मोड्न ‘लभ जिहाद’ जस्ता प्रोपोगान्डा सफल हुने र हिन्दुत्वको राजनीतिको आडमा सत्तामा बसिरहन सकिने भाजपाको रणनीति देखिन्छ। अहिले मध्यप्रदेश, गुजरात, उडिसा, छत्तिसगढ, हिमाचल, उत्तराखण्ड र अरुणाचलमा धर्म स्वतन्त्रता धर्मान्तर विरोध नामको कानुनको चर्चा चलिरहेको छ। यसमा धोका दिएर र स्वेच्छाबिना धर्म परिर्वतन गर्नु अपराध मानिएको छ। तर उत्तर प्रदेश, हरियाणा, मध्य प्रदेश र कर्नाटकजस्ता भाजपाशासित राज्यमा धमाधम कानुन बनाउने प्रयास भइरहेको छ। उनीहरु यसका लागि कठोर सजाय राख्ने प्रयासमा भएको देखिन्छ। यो कथित लभ जिहाद प्रकरणमा कंग्रेस र भाजपा आमनेसामने हुने गरेका छन्। लभ जिहादको नाममा कानुन बनाउने तयारीमा र बनाइरहेका भाजपाशासित राज्यमा कंग्रेसले विरोध जनाउँदै विवाह व्यक्तिगत स्वतन्त्रता भएको भन्दै आइरहेको छ। कांग्रेसशासित राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले यो भाजपाको हिन्दु राजनीतिको एजेन्डा भएको भन्दै व्यक्तिको स्वतन्त्रता खोस्न खोजेको टिप्पणी गर्दै आएका छन्। विवाहजस्तो व्यक्तिगत स्वतन्त्रताको विषयलाई खोस्ने कानुन बनाउने असंवैधानिक भएको उनको टिप्पणी छ। 

कानुन बनाउने प्रयास कहिले कहिले भयो? 
राष्ट्रिय स्तरमा धर्मान्तरण निरोधक कानुन बनाउने कयौँ असफल प्रयास भएका छन्। पहिलो प्रयास सन् १९५४ मा भएको देखिन्छ। लोकसभामा भारतीय धर्मान्तरण विनियमन एवं पञ्जीकरण विधेयक पेश भएको थियो। तर सदनमा बहुमत नहुँदा यो विधेयक असफल भएको थियो। पछि सन् १९६० र १९९७ मा पुनः प्रयास भएको थियो। यो प्रकरणमा अदालत समक्ष संविधानको अनुच्छेद ४४, भारतीय दण्ड संहिताको धारा ४९४ र हिन्दू विवाह कानुन १९५५ को धारा १३ सँग सम्बन्धित भएको भन्दै सुनुवाइका लागि मुद्दा पुगेको देखिन्छ। स्थितिको गम्भीरता देखेर उच्च अदालतले १० मे १९९५ मा न्यायाधीश कुलदीप सिंह र आर एम सहायको इजलाशले सरला मुदगम भर्सेस युनियन अफ इन्डिया प्रकरणमा धर्मको दुरुपयोग रोक्न धर्म परिर्वतनको कानुनको सम्भाव्यता अध्ययन गर्ने एक समिति गठन गर्न सुझाव दिएको थियो। 

अदालतको राय थियो कि प्रस्तावित कानुनमा धर्म परिर्वतन गर्ने कुनै पनि पुरुषले पहिलो श्रीमतीको सम्बन्धविच्छेद नगरी दोस्रो विवाह गर्न नपाउने भनिएको छ। यो व्यवस्था हिन्दु, मुस्लिम, सिख, ईसाई, जैन या बौद्ध सबै धर्ममा समान रुपले लागू हुनुपर्ने अदालतले भनेको थियो। 

यसअघि तत्कालीन प्रधानन्यायाधीश वाई वी चन्द्रचुडको अध्यक्षतामा रहेको पाँच सदस्य संवैधानिक इजलाशले २३ अप्रिल १९८५ मा मोहम्मद अहमद खान भर्सेस बेगमलगायतका अन्य मुद्दाका फैसलामा अनुच्छेद ४४को समान नागरिक संहिता लागू हुने भनेको थियो। तर विधि आयोगले यसमा सहमति जनाए।

आयोगले ३१ अगस्ट २०१८ मा सरकारलाई बुझाएको आफ्नो एक परामर्श पत्रमा स्पष्ट लेखेको थियो-देशमा समान नागरिक संहिता न त अपेक्षित छ‚ न त यो व्यावहारिक छ। यो सुझाव अहिले थन्किएको छ भने लभ जिहाद शब्द अहिले चर्चामा रहेको छ। 

(द वायरका लागि अजय आर्शिवाद महाप्रशस्थ, द प्रिन्टका लागि अनुप भटनागर, द प्रिन्ट र वायरका सामग्रीहरुबाट गरिएको भावानुवाद)

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०७७  ११:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्