काठमाडौं- पछिल्लो २४ घण्टामा थप १९३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १५ सयभन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा थप २९ जना संक्रमितको मृत्यु भएसँगै कुल संक्रमित मृतकको संख्या १५०८ पुगेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हालसम्म १७ लाख ३७ हजार ७४७ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३५ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १७ हजार ४२३ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।