काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्ति र स्थिरतातर्फको यात्रामा अगाडि बढेको बताएका छन्।
संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ) ले आयोजना गरेको ‘सिक्दै गरेको पुस्ता र सिकाइको तरिका’ सम्बन्धी दक्षिण एसिया क्षेत्रीय उच्चस्तरीय बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीन वटै निर्वाचन सकिएर नयाँ सरकारहरु गठन भइसकेकाले देश स्थिरतातर्फ बढेको बताउनुभएको छ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार समावेशी नीति, समानता, समृद्धि र सामाजिक न्यायका लागि प्रतिबद्ध रहेको समेत बताए। प्रधानमन्त्री ओलीले नेपालको संविधानले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने व्यवस्था गरेको स्मरण गराए।
‘नेपाल बालअधिकार महासन्धिको पक्ष राष्ट्र पनि हो’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले पनि हामी बालबालिकाको शिक्षा पाउने अधिकारलाई उच्च प्राथमिकतामा राख्छौं।’
प्रधानमन्त्री ओलीले नेपालमा शैक्षिक गुाण्स्तर वृद्धिका लागि सूचना र प्रविधिको प्रयोग गरिने बताए। उनले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सूचना–प्रविधिको प्रयोग र अनुसन्धानमा जोड दिन आग्रह समेत गरे।
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।