• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार १२, २०८३ Fri, Jun 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

द्वन्द्वकालका घाइतेको निःशुल्क उपचार गरिने, यी हुन् मंसिर ७ र १० गतेका मन्त्रिपरिषद्‍का निर्णय

64x64
नेपाल लाइभ आइतबार, मंसिर १४, २०७७  १८:२५
1140x725
फाइल तस्बिर

काठमाडौं- द्वन्द्वकालीन समयमा घाइते भएर उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरुको सरकारले निःशुल्क उपचार गर्ने भएको छ। ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेशमा भएको आन्दोलनमा घाइते भएकाको सरकारले निःशुल्क उपचार गर्ने भएको हो।

विभिन्न समयमा भएका आन्दोलनहरुमा घाइते भई उपचार गराउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले बताए। 

यस्तै, मन्त्रिपरिषद्ले नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरण अन्तरगत स्वीट्जरल्यान्ड सरकारबाट प्राप्त हुने करिब १ अर्ब २५ करोड नेपाली रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। सो रकम प्रदेश नम्बर १ का लागि खर्च गरिने छ। 

गैरकानूनी रुपमा नेपाल बसोबास गरिहेका मौरिसस नागरिक राहुल पञ्चुले बुझाउनुपर्ने बिलम्ब शुल्क बराबर ६ हजार १६० अमेरिकी डलर र जरिवाना वाफत २५ हजार मिनाहा दिने र देश निकाला गर्ने निर्णय पनि सरकारले गरेको छ। 

सरकारले कतार सरकारबाट उपहारमा आउने मर्सिडिज बेन्ज इ-१८० मोडलका कारणहरु परराष्ट्र मन्त्रालयबाट प्राप्त गरी सरकारी प्रयोजनमा प्रयोग गर्न स्वीकृति पनि दिएको उनले बताए। 

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थिगित गर्ने, जिल्ला समन्वय समिति महासंघ नेपाललाई कार्यालय सञ्चालनका लागि १५ लाख अनुदान दिने र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विषयको व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रको मस्यौदामा सैद्धान्तिक स्वीकृति दिने लगायतका निर्णय सरकारले गरेको छ। 

२०७७ मंसिर ७ गते आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरूः

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
नेपाल न्याय सेवा, सरकारी वकील समूह, राजपत्रङ्कित प्रथम श्रेणीका सहन्यायाधिवक्ता गोपीचन्द्र भट्टराईलगायत १२ जना सहन्यायाधिवक्ताहरूको सरुवा गर्ने।

nimb
nimb
Ncell 2
Ncell 2

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय- नेपाल सरकार (कार्य सम्पादन) (छैठौं संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने।

अर्थ मन्त्रालय
नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ स्वीकृत गर्ने।

परराष्ट्र मन्त्रालय
कोरोना भाइरस (कोभिड-१९) महामारी सम्बोधनार्थ आगामी ३ देखि ४ डिसेम्बर २०२० मा हुने संयुक्त राष्ट्र सङ्घीय महासभाको विशेष अधिवेशनमा सहभागी हुन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गरी सोही बमोजिमको credentials महासभाको औपचारिक अभिलेख प्रयोजनका लागि पठाउने र स्थायी नियोग, न्यूयोर्कबाट सहभागी हुन स्थायी प्रतिनिधि श्री अमृतबहादुर राई, नायव स्थायी प्रतिनिधि श्री घनश्याम भण्डारी,  काउन्सेलर श्री सुरेन्द्र थापा र काउन्सेलर श्री प्रथमा उप्रेतीलाई स्वीकृति दिने।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
जिल्ला समन्वय समिति महासङ्घ नेपाललाई कार्यालय सञ्चालनका लागि रु.१५ लाख चालू (सञ्चालन) अनुदान उपलब्ध गराउन स्वीकृति दिने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विषयको व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रको मस्यौदामा सैद्धान्तिक स्वीकृति दिने।

२०७७ साल मंसिर १० गते मन्त्रिपरिषद् बैठकका निर्णयहरूः
अर्थ मन्त्रालय

नेपाल लेखापरीक्षण सेवा (गठन, श्रेणी विभाजन र नियुक्ति) नियमहरू, २०७७ को मस्यौदामा लोक सेवा आयोगको परामर्श माग गर्न स्वीकृति दिने।

नेपाल कृषि बजार विकास कार्यक्रम-दोस्रो चरण, प्रदेश १ को लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ९.५४ मिलियन स्वीस फ्रेंक (करिव १ अर्ब २५ करोड नेपाली रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
२०७७ साल मंसिर २२ गते हुने वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति र २०७७ साल मंसिर १८ र १९ गते हुने नेपाल-भारत वाणिज्य सहसचिवस्तरीय अन्तर सरकारी उपसमितिको भर्चुअल बैठकमा भाग लिने वार्ता टोली गठन गर्ने।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कर्मचारी प्रशानस विनियमावली, २०७७ स्वीकृत गर्ने।

गृह मन्त्रालय
गैरकानूनी रुपमा नेपालमा वसोबास गरिरहेका मौरिसस नागरिक राहुल पुन्चु (Rahul Punchoo, राहदानी नं. १760782) ले बुझाउन पर्ने विलम्ब शुल्क अमेरिकी डलर ६,१६०।- र जरिवाना रु.२५ हजारसमेत मिनाहा दिने र निजलाई नेपालबाट निष्काशन गर्ने।

परराष्ट्र मन्त्रालय
मित्रराष्ट्र कतार सरकारले सद्भावनास्वरूप नेपाल सरकारलाई उपहार दिन लागेको तीनवटा Mercedes Benz E180 मोडलका कारहरू परराष्ट्र मन्त्रालयले प्राप्त गरी सरकारी प्रयोजनमा प्रयोग गर्न स्वीकृति दिने।

रक्षा मन्त्रालय
नेपाली सेनाका लेखा महासेनानी गणेश सिंह भण्डारी तथा लेखा प्रमुख सेनानी राम बहादुर अर्यालको बढुवा गर्ने।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ स्वीकृत गर्ने।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
देहायका स्थानीय तहलार्इ देहायबमोजिम जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्नेः
१. मुसिकोट नगरपालिका, गुल्मीको वडा नं.७, बाट प्रशासकीय भवन निर्माण प्रयोजनको लागि, 
२. बारपाक सुलिकोट गाउँपालिका, गोरखाको वडा नं. ६,बाट क्षेत्रफल ६-१-२-२ (रोपनी) सार्वजनिक बसपार्क र वारपाक पोलिटेक्निक इन्स्टिच्युटको भवन निर्माण प्रयोजनका लागि,
३. चन्दननाथ नगरपालिका, जुम्लाको वडा नं.१, २, ३, ६ र ९ मा आधारभूत स्वास्थ्य चौकी निर्माण गर्ने प्रयोजनको लागि,
४. पालुङटार नगरपालिका, गोरखाको वडा नं.१० मा वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवन निर्माण प्रयोजनको लागि,
५. छाँयानाथ रारा नगरपालिका, मुगुको वडा नं.२ मा प्रशासकीय भवन बिस्तार प्रयोजनको लागि।

प्रदेश तथा स्थानीय तहमा समायोजन भएका र विभिन्न कारणले हाजिर हुन नपाएका कार्मचारीहरुलाई तलव/भत्ता प्रदान गर्न देहायबमोजिम गर्नेः-
क) प्रदेश तथा स्थानीय तहमा समायोजन भएका तत् तत् तहमा समायोजन बमोजिम हाजिर हुन नपाएका कर्मचारीलाई २०७७ चैत्र सम्मको तलव/भत्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रदान गर्ने।
ख) समायोजन भएका तर स्थानीय वा प्रदेशले हाजिर नगराएका ती तहका कर्मचारीहरुको तलव भत्ता प्रदान नगर्ने ती तहका लागि प्रदान गरिएको तलव/भत्ता वापतको रकम सम्बन्धित अनुदानबाट कट्टा गर्ने।

राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री गोकर्णमणि दुवाडीलाई नेपाल प्रशासन सेवाको समूहीकरण (क्लष्टर) तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने।

राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव डा. योगेन्द्रकुमार कार्कीलाई नेपाल  कृषि तथा वन सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने। 

राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री सुरेश आचार्यलाई नेपाल इन्जिनियरिङ्ग सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गर्ने।

ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्धन्द्ध र तराइ मधेशमा भएको आन्दोलनमा घाइते भई उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई नेपाल सरकारले सरकारी अस्पतालमा नि:शुल्क उपचार गराउने निर्णय गरेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता म्याद थप
भेनेजुएला भूकम्प : मृतकको संख्या १८८ पुग्यो, १५०० भन्दा बढी घाइते
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध चयन
सम्बन्धित सामग्री
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध चयन विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि अर्थमन्त्री समेत रहेका वाग्ले निर्विरोध भएका हुन् । शुक्रबार, असार १२, २०८३
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ? (मतपरिणामसहित) निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् । यस्तै उनीपछि सोविता... शुक्रबार, असार १२, २०८३
रास्वपा खुला केन्द्रीय सदस्यमा कसले कति ल्याए मत ? केन्द्रीय निर्वाचन आयोगका अनुसार, केहीबेरपछि मात्रै विजयीहरूको मतपरिणाम सार्वजनिक गरिनेछ । बिहीबार, असार ११, २०८३
ताजा समाचारसबै
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता म्याद थप शुक्रबार, असार १२, २०८३
भेनेजुएला भूकम्प : मृतकको संख्या १८८ पुग्यो, १५०० भन्दा बढी घाइते शुक्रबार, असार १२, २०८३
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध चयन शुक्रबार, असार १२, २०८३
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ? (मतपरिणामसहित) शुक्रबार, असार १२, २०८३
ट्युनेसियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता, बराबरी खेलका स्विडेन र जापान नकआउट चरणमा शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्