फाइल तस्बिर
काठमाडौं- पछिल्लो २४ घण्टामा थप १४०४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ।
नेपालमा २४ घण्टामा १ हजार २५५ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा आइतबार थप २५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
नेपालमा हालसम्म १७ लाख २७ हजार ८३६ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ६३२ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १७ हजार ९०९ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।