काठमाडौं- नेपालमा आइतबार थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो।
आइतबार एकैदिन १ हजार २ सय ५५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ।
गत २४ घण्टामा ८ हजार ८ जनाको पिसिआर परीक्षण भएसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख २७ हजार ८ सय ३६ पुगेको छ। हाल ६ सय ३२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।