काठमाडौं–पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तक सार्वजनिक भएको छ। नेपाली आधुनिक पत्रकारिताका संस्थापकका रुपमा समेत परिचित श्रेष्ठले गरेका भ्रमणका अनुभूति पुस्तकमा समेटिएको छ।
युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका मार्मिक अनुभव तथा अनुभूतिहरु पुस्तकमा समेटिएको प्रकाशक कामना न्यूज पब्लिकेसन्स प्रालिले जनाएको छ।
नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती पुस्तकमा समेटिएको छ। राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश र विदेशमा प्रभावशाली घटनाका सन्दर्भ पुस्तकमा समेटिएको छ।
माओवादी सशस्त्र द्वन्द्वका कारण मुलुक छोडेर अमेरिका विस्थापित हुने संघारमा पुगेका श्रेष्ठले तनाjका सन्दर्भ समेत समावेश गरेका छन्। ‘हाइटीका कयौं मन्त्री त ज्यान बचाउनै मुस्किल भएका कारण छिमेकी मुलुक अमेरिकाको मायामीमा बस्छन् र आफ्नो विभागीय मन्त्रालयको निर्णय गर्नुपर्ने टिप्पणीका फाइलहरु मायामीमै झिकाएर हस्ताक्षर गरी पठाइदिन्छन्’ श्रेष्ठले पुस्तकमा उल्लेख गरेका छन्।
३४८ पृष्ठको पुस्तकको मूल्य एक हजार २५० रुपैयाँ राखिएको छ। श्रेष्ठको २०७६ वैशाख ४ मा मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।