• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार १२, २०८३ Fri, Jun 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यस्तो छ चिनियाँ रक्षामन्त्रीको ५ घन्टे नेपाल तालिका 

64x64
नेपाल लाइभ आइतबार, मंसिर १४, २०७७  १२:००
1140x725
चिनियाँ रक्षामन्त्री जनरल वेइ फेङ्हेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै गृहमन्त्री रामबहादुर थापा। तस्बिर : रासस

काठमाडौ–ंकोभिड–१९ महामारीपछि पहिलो चिनियाँ उच्च नेतृत्वको भ्रमण नेपालमा भएको छ। चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेइ फेङ्हे औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले स्वागत गरे। 

चिनियाँ रक्षामन्त्री वेइ नेपालमा  करिब ५ घण्टा रहनेछन्। नेपालबाटै उनी बंगलादेश जानेछन्। छोटो अवधिका लागि नेपाल आएका उनले सबैभन्दा बढी समय २ घण्टा २० मिनेट जंगी अड्डामा बिताउने छन्। 

सबैभन्दा पहिले वेईले  प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा औपचारिक वार्ता गर्ने छन् । उक्त भेटमा दुई देशका बीच सैन्य सहयोगलगायतका विषयमा कुराकानी हुने छ। उनलाई नेपाली सेनाले सम्मान दिने छ। प्रधानसेनापतिसँगको भेटलगत्तै उनले दिउँसाे २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्ने कार्यक्रम छ। त्यसलगत्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् । नेपालको यो भेटघाट सकेपछि उनी बंगलादेश प्रस्थान गर्नेछन्। 

चिनियाँ रक्षामन्त्रीसँग २० सदस्यीय टोली रहेकाे छ। गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछि चीनबाट पहिलोपटक मन्त्रीस्तरीय भ्रमण भएको हो। २०७५ मा चीनको औपचारिक भ्रमणका क्रममा उपप्रधानमन्त्री एवं तत्कालीन  रक्षामन्त्री  इश्वर पोखरेलले रक्षामन्त्री वेइसँग द्विपक्षीय वार्ताका क्रममा नेपाल भ्रमणको निम्तो दिएका थिए।  

प्रधानसेनापति थापाले पनि चीन भ्रमणका बेला रक्षामन्त्री वेईसँगको भेटवार्तामा नेपाल भ्रमणको निम्तो स्मरण गराएका थिए ।  उक्त निम्तोलाई स्वीकार गर्दै उनी नेपाल भ्रमणमा आएका हुन् ।  

नेपालमा चीनबाट तीन वर्षपछि रक्षामन्त्रीको भ्रमण भएको हो । तत्कालीन रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल चाङ वाङक्वानले २०७३ चैत १० देखि १२ सम्म नेपालको औपचारिक भ्रमण गरेका थिए । 

कोभिड १९ का कारण चीनबाट जनमुक्ति सेनाका प्रमुख लि जुओचेङको नेपाल भ्रमण  हुने भनिए पनि स्थगित भएको थियो। 

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार चिनियाँ रक्षामन्त्रीलाई जंगी अड्डामा अपरान्ह साढे १ बजे सेनाको टुकडीले  ‘गार्ड अफ अनर’ अर्पण गर्ने कार्यक्रम छ । 

nimb
nimb
Ncell 2
Ncell 2

त्यसअघि रक्षामन्त्री वेईले चिनियाँ राजदूतावासमा चिनियाँ सैन्य सहचारी तथा राजदूतबाट नेपालको पछिल्लो अवस्थाबारे ब्रिफिङ् लिनेछन्। प्रधानसेनापति थापाले चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्ने र सुरुमा सानो समूहमा भेटवार्ता गर्ने छन्। ‘त्यो भेटवार्ता सकिएपछि प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने।  

औपचारिक वार्तामा नेपाली टोलीको नेतृत्व प्रधानसेनापति थापाले गर्ने छन् भने चिनियाँ पक्षको नेतृत्व रक्षामन्त्री वेईले गर्नेछन् । दुवैतर्फ परराष्ट्र र रक्षामन्त्रालयका अधिकारीहरु औपचारिक वार्तामा सहभागी हुनेछन्। 

प्रधानसेनापति नेतृत्वको टोलीमा नेपाली सेनाका प्रिन्सिपल स्टाफ अफिसर्ससहित वरिष्ठ अधिकारीहरु सहभागी हुने तय भएको छ । 

प्रधानसेनापतिसँग औपचारिक वार्ताको अर्थ यो भ्रमणको सैन्य पक्ष बढी भएको देखिन्छ। प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपालले कोभिड–१९ का कारण प्रभावित भएको तालिम आदानप्रदान कार्यक्रम र विद्यार्थी आदानप्रदान सुचारु गर्ने प्रस्ताब राख्ने तयारी गरेको छ। 

तीन वर्षअघि सुरु भएको नेपाली सेना र चिनियाँ सेनाको ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’का लागि ढाँचा तयार गरेर सुरु गर्ने नेपालको प्रस्ताव हुनेछ ।  

चिनियाँ सेनाले दिने घोषणा गरेको १५ करोड चिनियाँ युआन सहायताको कार्यान्वयनका विषयमा नेपालले चासो राख्नेछ ।  

चीनले प्रकोप व्यवस्थापनका लागि नेपाली सेनालाई यो रकम बराबरको सहायता दिने घोषणा गरेको थियो । यीबाहेक एक अर्काको सुरक्षा चासोका विषयमा पनि छलफल हुने सैनिक अधिकारीहरुको भनाइ छ।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता म्याद थप
भेनेजुएला भूकम्प : मृतकको संख्या १८८ पुग्यो, १५०० भन्दा बढी घाइते
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध चयन
सम्बन्धित सामग्री
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध चयन विराजभक्त श्रेष्ठले आफ्नो दाबेदारी फिर्ता लिएपछि अर्थमन्त्री समेत रहेका वाग्ले निर्विरोध भएका हुन् । शुक्रबार, असार १२, २०८३
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ? (मतपरिणामसहित) निर्वाचनमा सबैभन्दा धेरै मत स्वर्णिम वाग्लेले पाएका छन् । उनले प्रवास र इलेक्ट्रोनिक गरी कुल २६५६ मत पाएका छन् । यस्तै उनीपछि सोविता... शुक्रबार, असार १२, २०८३
रास्वपा खुला केन्द्रीय सदस्यमा कसले कति ल्याए मत ? केन्द्रीय निर्वाचन आयोगका अनुसार, केहीबेरपछि मात्रै विजयीहरूको मतपरिणाम सार्वजनिक गरिनेछ । बिहीबार, असार ११, २०८३
ताजा समाचारसबै
सुकुम्वासीलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता म्याद थप शुक्रबार, असार १२, २०८३
भेनेजुएला भूकम्प : मृतकको संख्या १८८ पुग्यो, १५०० भन्दा बढी घाइते शुक्रबार, असार १२, २०८३
रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध चयन शुक्रबार, असार १२, २०८३
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ? (मतपरिणामसहित) शुक्रबार, असार १२, २०८३
ट्युनेसियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता, बराबरी खेलका स्विडेन र जापान नकआउट चरणमा शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्