कलैया- बारा जिल्ला सुवर्ण गाउँपालिका–८ परशुरामपुर गाउँमा आज बिहान ट्याक्टरले ठक्कर दिँदा दुई वर्षीय बालकको मत्यु भएको छ।
सुवर्ण गाउँपालिका–८ परशुरामपुर गाउँ बस्ने इमताज देवानको २ वर्षीय छोरा कवीर आलम घर अगाडि सडकमा खेलिरहेको अवस्थामा अचानक ना२त १९१८ नंको ट्याक्टरले ठक्कर दिँदा बालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।