काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रतिवेदनमार्फत् प्रचण्ड– माधव गठजोड खेल्न खोजेका छन्। ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाललाई राष्ट्रपतिमा पुष्पकमल दाहाल प्रचण्डले नस्वीकारेको विगत कोट्याएर वर्तमान सम्बन्धमा विभाजन ल्याउने प्रयास गरेका हुन्।
प्रचण्डले पहिले गिरिजाप्रसाद कोइरालालाई र पछि माधवकुमार नेपाललाई अन्तिम अवस्थामा धोखा दिएको प्रसंग आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। उनले लेखेका छन्, 'उम्मेदवारी दाखिला गर्नुभन्दा केही मिनेट अगाडि मात्र संसदीय दलको कार्यालयमा तत्कालीन नेकपा (एमाले) महासचिव झलनाथ खनाललाई बोलाएर माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्न सकिँदैन भन्ने जनाउ दिएको सायद बिर्सनु भएको छैन होला।'
अरु कसैको इसारा र योजनामा ती दाउपेच आफूहरुले समर्थन गरेको उनले उल्लेख गरेका छन्। संविधान निर्माणमा केन्द्रित हुनु पर्नेमा त्यसो नगरी, राज्यसंयन्त्रमा जथाभावी हस्तक्षेप गर्न खोज्दा उक्त सरकार ढलेको पनि उनले स्मरण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।