काठमाडौं– विख्यात लेखक पाउलो कोहेलोले नेपाली फिल्म 'सेतो सूर्य' मन पराएका छन्। उक्त फिल्म मन परेको भन्दै नेपाली लेखक बुद्धिसागरमार्फत् निर्देशकलाई बधाई दिएका छन्।
उनले ट्विटरमा लेखेका छन्, 'बुद्धिसागर, मैले हिजो नेपाली फिल्म सेतो सूर्य हेरें। कहिल्यै निर्देशकलाई भेट्यौ भने बधाई सुनाइदिनू।'
नेपाली लेखक बुद्धिसागरले आश्चर्यचकित हुँदै ऐतिहासिक क्षणको रुपमा यसलाई प्रस्तुत गरेका छन्। यो महान क्षण निर्देशक र कलाकारसँग बाँड्ने बताएका छन्।
'सेतो सूर्य'मा दयाहाङ राई, आशा मगराती, रवीन्द्रसिंह बानियाँ, दीपक क्षेत्रीलगायतको मुख्य भूमिका छ। फिल्म दीपक रौनियारले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।