• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा सचिवालय : आ-आफ्नै दृढतामा दुवै पक्ष

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १२, २०७७  १९:५२
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि दुवै पक्ष आफ्नै दृढतामा अडिग देखिएका छन्। सचिवालय बैठकअघि दुवै पक्षले आफ्नो पक्ष बलियो रहेको दाबी पनि गरेका छन्।

नेकपाको पछिल्लो विवादमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एकातिर छन्। त्यस्तै, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल अर्कोतिर छन्।

कात्तिक अन्तिम हप्ता नेकपामा ‘पत्र-युद्ध‘ चलेको थियो। प्रचण्ड पक्षले कात्तिक २२ गते ओलीलाई बैठकको माग गर्दै पत्र बुझाएको थियो। सो पत्रको जवाफमा २५ गते ओलीले प्रचण्डलाई पत्र लेखेका थिए। त्यस्तै, कात्तिक २८ गते प्रचण्डले पनि ओलीलाई पत्र मार्फत नै जवाफ फर्काएका थिए।

पछिल्लो विवादको केन्द्रमा भने २८ गतेको सचिवालय बैठकमा प्रचण्डले पेस गरेको राजनीतिक प्रस्ताव हो। त्यसलाई ओली पक्षले ‘आरोप पत्र’ भन्दै आएको छ। मंसिर ३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रस्तावलाई लिखित प्रस्ताव मार्फत जवाफ दिने बताएका थिए। उनले मागेको १० दिनको समय अनुसार शनिबार सचिवालयको बैठक बस्दैछ।

अहिले नेकपा पंक्तिमा ओलीको प्रस्तावको प्रतीक्षा देखिन्छ। कतिपयको आकलन अनुसार सोही प्रस्तावले नै नेकपाको भविष्य निर्धारण गर्ने छ।

प्रचण्ड पक्ष आफ्नो प्रस्तावबाट पछि नहट्ने योजनामा छ। ‘अब पहिलाजस्तो पछि हट्ने कुनै सम्भावना छैन’, सो पक्षका एक सचिवालय सदस्यले भने, ‘ओली नै पछि हटे भने राम्रै भइहाल्यो। उनले आफूलाई सच्याउने बाटोतिर लगे भने ठीकै छ। नत्र, निर्णय गर्दै अघि बढिन्छ।’

उनका अनुसार, सचिवालयदेखि केन्द्रीय कमिटीसम्म नै बहुमतबाट निर्णय गर्दै अघि बढ्ने सो पक्षको तयारी छ। सोही कारणले गर्दा सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिन भनेर ओली पक्षले गरेको आग्रहलाई कुनै वास्ता नगरिएको हो। ‘फिर्ता-सिर्ताको कुरै छैन’, ती सदस्यले भने, ‘जे गर्छ, पार्टी कमिटीले गर्छ।’

प्रचण्डले पनि आफूले धेरै सहेकाले अब यसपटक पछि हटेर सम्झौता गर्ने पालो ओलीको भएको बताउँदै आएका छन्। उनले आफूलाई भेट्न गएका नेताहरुलाई पनि सोही ब्रिफिङ गर्दै आएका छन्।

Ncell 2
Ncell 2

प्रचण्डले पार्टीको विवादमा आफूलाई बलियो ठान्नुमा दुई कारण भएको उनी निकटका नेताहरुको बुझाइ छ। पहिलो, सचिवालयका बहुमत सदस्यहरुको आफूलाई साथ छ। दोस्रो, यसअघि ओलीसँग निकट देखिएका कतिपय पूर्वमाओवादी नेताहरु अहिले उनीतिरै छन्। 

ओली पक्ष भने प्रचण्डको प्रस्तावलाई पुष्टि गर्न चुनौति दिने र उनीमाथि थप आरोप सहितको प्रतिवेदन ल्याउने तयारीमा छ। ‘मुख्यतः प्रचण्डको आरोपलाई पुष्टि गर्न चुनौती दिने नै हो’, उनी निकटका एक केन्द्रीय सदस्यले भने, ‘उहाँले कुनै पनि आरोप पुष्टि गर्न सक्नुहुन्न भन्ने हाम्रो विश्वास हो।’

प्रचण्डले आरोप पुष्टि गर्न नसके के हुन्छ? उनको उत्तर छ- ‘त्यस विषयमा त प्रधानमन्त्रीले अस्ति नै प्रष्ट पारिसक्नुभएको छ, आरोप पुष्टि नभए प्रचण्डले जिम्मा लिनुपर्छ।’

मंसिर ३ गतेको सचिवालय बैठकमा ओलीले व्यक्त गरेको भन्दै सार्वजनिक भएको धारणामा भनिएको छ-   ‘यो आरोप या त सदर ठहरिनुप-यो अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्‍यो। यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुप-यो, यसको जवाफदेही लिनुपर्‍यो।‘

प्रचण्डको आरोप पुष्टि हुने वा नहुने नभई बहुमतको निर्णयबाट अघि बढ्दै गए पनि आफ्नो पक्षलाई कुनै फरक नपर्ने ती नेताको भनाइ छ। ‘पहिलो कुरा त त्यसरी निर्णय गर्नै गाह्रो छ। सबैले बहुमतबाट निर्णय गर्ने प्रक्रियामा सघाउनुहुन्न। प्रचण्ड र माधव नेपाल पक्षका भनिएका नेताहरुले नै साथ दिनुहुन्न। तैपनि, निर्णय गर्दै जानुभयो भने पनि कुनै निष्कर्षमा पुग्नुहुन्न। प्रधानमन्त्रीबाट हटाउन त संसदीय दलमा बहुमत चाहिएला। उहाँहरुसँग त्यहाँ बहुमत भइदिएको भए पहिल्यै के-के भइसक्थ्यो’, उनको भनाइ छ, ‘त्यसले पार्टीमा केही किचलो निम्त्याउने मात्रै हो।’

प्रचण्डले आरोप पुष्टि गर्न नसक्ने भएकाले उनले राजनीतिक क्षति व्यहोर्नुपर्ने बुझाइमा ओली पक्ष छ। दुई पटक प्रधानमन्त्री भइसकेको र अब पनि पार्टीको एकल अध्यक्ष हुने चाहना राखेको नेताले प्रस्तुत गर्ने प्रस्तावको भाषा भने कमजोर भएको उनीहरुको निष्कर्ष छ। ‘न्यायालयमाथि लगाएको एउटा आरोप त फिर्ता लिई नै सक्नुभयो। अब त्यो कार्यकर्तालाई पठाएको पुस्तिका के हुन्छ? सचिवालयको प्रस्ताव त्यही हुन्छ कि संशोधित आउँछ?’, ती नेताको प्रश्न छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १९:५२
  • #नेकपा
  • #ओली_प्रचण्ड
  • #नेकपाविवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री
सम्बन्धित सामग्री
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा १२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए । शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री गृहमन्त्री आर्यालले मुलुकमा लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्... शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबिच  मतभेद नभएको बताए । पार्टी एक ढिक्का... शुक्रबार, माघ १६, २०८२
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्