जलेश्वर–महोत्तरीको मनरासिस्वा नगरपालिका–१ मा भतिजको कुटाइबाट गम्भीर घाइते भएका काकाको गएराति मृत्यु भएको छ।
मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए।
बिहीबार बिहान आपसी विवादमा भतिज ३५ वर्षीय विनोद मण्डलले कुटपिट गर्दा काका खेलावन गम्भीर घाइते भएका थिए। स्थानीय स्वास्थ्यचौकीमा उपचारपश्चात घर लगिएकामा उनको गए राति मृत्यु भएको प्रहरी उपरीक्षक केसीले बताए। प्रहरीले कुटपिट गर्ने भतिज विनोदलाई पक्राउ गरिसकेको छ भने मृतक काका खेलावनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।