काठमाडौं- नेपाल एकीकरणको इतिहासबारे नेपाली सेनाले पुस्तक प्रकाशन गर्ने भएको छ। सेना दिवसका अवसरमा विमोचन गर्ने योजना रहेको 'नेपाल एकीकरणको इतिहास वि.सं. १८०१-१८७२' नामक पुस्तक प्रकाशन गर्न लागिएको नेपाली सेनाले जानकारी दिएको छ।
पुस्तक प्रकाशनअघि सेनाले चरणवद्ध रूपमा छलफल तथा गोष्ठिसमेत गर्दै आएको छ। बिहीबार सेनाले पुस्तक लेखन कार्यमा संलग्न इतिहासविदहरु, गैरसैनिक इतिहास, भूगोल, संस्कृति तथा पुरातत्वविदहरु र उपत्यका तथा जङ्गी अड्डाका विषयविज्ञ सैनिक अधिकारीहरू सहभागी भई अन्तर्क्रिया गरेका थिए। मंसिर ११ गते ११ बजेदेखि जंगीअड्डामा एक दिवसीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए।
कार्यरथी उपरथी सुवर्ण बहादुर शाहको संयोजकत्वमा संचालन भएको सो अन्तक्रिया कार्यक्रममा उक्त पुस्तक लेखन कार्यमा संलग्न प्राडा त्रिरत्न मानन्धर, प्रा दिनेशराज पन्त, प्रा कमलराज सिंह राठौर र डा विनोद थापाबाट पुस्तकबारे प्रकाश पारेका थिए।
अन्तरक्रियामा प्राडा भावेश्वर पंगेनी, प्राडा टेकबहादुर श्रेष्ठ, प्राडा राजाराम सुवेदी तथा प्रा हेमन्त शम्शेर राणाले सुझावसमेत दिएका थिए।सेनाका रथी तथा अधिकृतहरु सम्मिलित अन्तरक्रियाले नेपाल एकिकरणका विषयमा रहेका विभिन्न दुविधा वा तथ्यगत विवादहरुको हल हुने विश्वास लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।