काठमाडौं- कात्तिक अन्तिम साता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शीर्ष तहमा प्रस्तुत गरिएका पत्र र प्रस्ताव तल्ला तहसम्म पुर्याइएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले तीनवटा पत्र र एक प्रस्ताव तल्ला तहमा पुर्याएको हो।
कात्तिक २२ गते सचिवालयका ५ सदस्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको पत्र, कात्तिक २५ मा ओलीलाई लेखेको पत्र, कात्तिक २८ मा प्रचण्डले ओलीलाई लेखेको पत्र र सोही दिन बसेको सचिवालय बैठकमा प्रचण्डले पेश गरेको प्रस्तावलाई एकै ठाउँमा छापेर कार्यकर्तामाझ पुर्याइएको छ।
ओली पक्षले प्रचण्डलाई प्रस्ताव फिर्ता लिन भनिरहेका छन्। ओली स्वयंले भने मंसिर ३ गतेको सचिवालयको बैठकमा आफूले पनि प्रचण्डको प्रस्तावको प्रतिवादमा प्रस्ताव ल्याउने बताएका थिए। उनले प्रस्ताव लेख्नका लागि १० दिनको समय मागेका थिए। सोहीअनुसार अर्को बैठक मंसिर १३ गतेका लागि बोलाइएको छ।
ओली प्रतिवेदन लेखनमा व्यस्त भइरहेको समयमा प्रचण्डले भने तीन प्रस्ताव र एक प्रस्ताव कार्यकर्तामाझ पुर्याएका हुन्।
प्रचण्ड पक्षले तल्ला तहमा पठाउनका लागि तयार पारेको प्रिन्टेड सामग्री।
यस्तो छ, एकीकृत दस्तावेज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।