भद्रपुर– झापाको भद्रपुर र मेचीनगर नगरपालिकाबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
भद्रपुर नगरपालिका ५ स्थित मेची पुल नजिकबाट हल्दीबारी गाउँपालिका १ का २५ वर्षिय प्रकाश न्यौपाने र विर्तामोड नगरपालिका १० का २८ वर्षीय सनमलाई प्रहरीले पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ७५३९ नम्बरको मोटरसाइकल चेकजाँज गर्ने क्रममा सिटमुनि नाइट्रोसन र स्पामोप्रोक्सिङ लगायतका लागुऔषध फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो।
मोटरसाइकल चालक न्यौपाने र पछाडि सवार राईलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ।
यसैगरी, मेचीनगर नगरपालिका ६ स्थित बसपार्कबाट मोरङको रतुवामाई नगरपालिका ६ का ३० बर्षीय झनकबहादुर धमला पक्राउ परेका छन्। उनको साथाबाट ४ ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भइरेहको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।