चितवन- भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाब छर्किंदा एक युवा गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १ः३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नालाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय सुजितकुमार विकले धादिङकै सोही घरमा डेरा गरी बस्ने ३५ वर्षीय वीरमान महर्जनलाई तेजाब छर्किएका हुन्।
एउटै कोठामा बसेर मादक पदार्थ सेवन गरिरहेका उनीहरुको बीचमा विवाद भएपछि विकले महर्जनलाई तेजाब छर्किएको प्रहरीले जनाएको छ। घाइते महर्जनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। महर्जनको आँखा, मुख र घाँटीमा तेजाबले पोलेको छ।
तेजाब प्रहार गर्ने विकलाई प्रहरीले पक्राउ गरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।