complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा विवादको केन्द्रमा प्रचण्डको प्रस्ताव

64x64
वीरेन्द्र ओली बुधबार, मंसिर १०, २०७७  १७:२६
1140x725

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावबाट सिर्जित पछिल्लो विवादको निकास अझै निस्किएको छैन। केही दिनयता विवाद र द्वन्द्वको केन्द्रमा पनि सोही प्रस्ताव रहेको छ।

गत कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको आलोचना गर्दै १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए। त्यसपछि पार्टीका दुई धारबीच विवाद उत्कर्षमा पुगेको छ। सचिवालयको अर्को बैठक मंसिर १३ गतेका लागि तोकिएको छ। सो बैठकमा केपी शर्मा ओलीले पनि प्रचण्डको प्रस्तावको प्रतिवाद गर्दै अर्को प्रतिवेदन ल्याउने छन्। नेकपाका नेता कार्यकर्ता ओलीले ल्याउने सो प्रस्तावको प्रतीक्षामा छन्।

प्रचण्डको प्रस्तावले नै पार्टीमा विभाजन रेखा कोरिएको कतिपय नेकपा नेताहरुको बुझाइ छ। कम्युनिस्ट पार्टीमा फरक–फरक प्रतिवेदन आउन थालेपछि विभाजन हुने गरेको इतिहासलाई सन्दर्भ बनाउँदै उनीहरु नेकपा पनि विभाजन हुने हो कि भन्ने आशंका व्यक्त गर्छन्।

ओली निकट नेताहरु भने प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिए दुवै अध्यक्षको संयुक्त प्रतिवेदन आउने अभिव्यक्ति दिइरहेका छन्। यदि प्रचण्डले आफ्नो प्रतिवेदन फिर्ता नलिए सबै आरोपको एक/एक गरी जवाफ दिइने ओली निकट केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले बताए। पार्टी विधि, विधान र  पद्धतिमा चल्ने भन्नेहरुले नै उल्लंघन गरेको उनले आरोप लगाए।

ओली निकट नेता प्रचण्डको नियमित सम्पर्कमा
पार्टी विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष ओली र प्रचण्डबीच संवाद रोकिएको छ। दुई अध्यक्षबीच संवाद रोकिए पनि ओली निकट नेताहरुले प्रचण्डलाई नियमित जसो भेटिरहेका छन्। ओली निकट विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङले गत शुक्रबार मात्रै प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटेका थिए। प्रचण्ड निवास खुमलटार उनीहरुले भेट्न खोजे पनि प्रचण्डले अनेक राजनीतिक अर्थ लगाउने गरेको भन्दै धुम्बाराहीमै भेटेका थिए।

गत मंगलबार विहान ओली निकट प्रदीपकुमार ज्ञवालीले खुमलटारमै गई प्रचण्डलाई भेटेका थिए। पार्टी विभाजनबाट रोक्न प्रचण्डलाई उनले आग्रह गरेको बुझिएको छ।

उता प्रचण्ड निकट नेताहरुले पनि पार्टी विवादमा भूमिका खेल्न आग्रह गरेका छन्।  गत आइतबार स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी र हरिबोल गजुरेल प्रचण्ड निवास खुमलटार गई भेटेका थिए। उनीहरुले आफूहरु प्रचण्डसँगै भएको विश्वास समेत दिलाएका थिए। भेटमा आफूहरुले पार्टी विभाजनबाट रोक्न प्रचण्डलाई आग्रह गरेको नेता रायमाझीले बताएका थिए।

सबै कमिटीमा छलफल गर्न छापियो प्रचण्डको प्रस्ताव
पार्टीका सबै कमिटीमा छलफल गर्ने गरी अध्यक्ष प्रचण्डको प्रस्ताव छापिएको छ। गत २८ गतेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव सार्वजनिक भएपछि प्रिन्ट कपीमा छापेर सबै पार्टी कमिटीसम्म पुर्‍याएर छलफल गरिने भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डको एकल प्रस्ताव पार्टीका तल्ला कमिटीमा पुर्‍याउने भएपछि पार्टी विभाजनको रेखा कोरिएको ओली निकट केन्द्रीय सदस्य कर्ण थापाले बताए। ‘पार्टीमा विवाद हुन्छ। असहमति हुन्छ। डकुमेन्ट आउँछन्। त्यो स्वभाविकै हो’, थापाले भने, ‘तर, पार्टीभित्रको कुरा प्रिन्ट कपीमा सबै कमिटीमा बाँड्ने विधान विपरीत छ। विधि पद्धति विपरित छ।’

एकल प्रस्ताव ल्याए प्रचण्ड र माधव नेपाल पक्षले पार्टी विभाजनको बिउ रोपेको थापाको आरोप छ।

तर, प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले पनि एक पक्षीय प्रस्ताव वितरण गर्नु ठीक नभएको तर्क गरे। ‘प्रचण्ड कमरेडले पेश गर्नु भएको प्रतिवेदन पार्टी कमिटीमा पेश गर्ने विषय ठिकै हो। कम्तीमा पार्टीका तल्ला कमिटीमा पनि छलफल हुन्छ’, ती स्थायी कमिटी सदस्यले भने, ‘तर, प्रतिवेदन बाँड्ने ढंग पुगेन। यदि प्रतिवेदन सबै कमिटीमा पठाउने भए ओली कमरेडको पनि आउन दिएरसँगै दुवै अध्यक्षको छापेर वितरण गरेको भए हुन्थ्यो। दुवै अध्यक्षको प्रतिवेदन सबै कमिटीका नेता कार्यकर्ताले अध्ययन गरेपछि कुन ठिक कुन बेठिक आफैं ठम्याउने उनको भनाइ छ।’

उनले भने‚ ‘अहिलेका नेता/कार्यकर्तालाई सजिलै झुक्याएर छलछाम गर्न सकिने स्थित छैन। पार्टीभित्र भएका विवाद स्पष्ट रूपमा भन्नुपर्छ। मूल्यांकन गर्ने जिम्मा उनीहरूलाई दिनुपर्छ। पार्टी विवादको हल त्यहीँबाटै निस्कन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतिवेदनकै विषयलाई लिएर पार्टी विभाजन हुने स्थिति भने नरहेको ती नेताले बताए।
 
प्रचण्डले फिर्ता लिए ओली संयुक्त प्रतिवेदन ल्याउन तयार
अध्यक्ष प्रचण्डले गत कात्तिक २८ गते पेश गरेको प्रस्ताव फिर्ता लिए अर्का अध्यक्ष ओलीले संयुक्त प्रतिवेदन ल्याउन तयार रहेको बताइएको छ। प्रचण्डले ओलीको कार्यशैलीको प्रशस्त आरोप लगाउँदै १९ पन्ने प्रस्ताव ल्याएपछि गत ३ गतेको सचिवालय बैठकमा जवाफ दिन ओलीले १० दिनको समय मागेका थिए। ओलीले जवाफ दिन मागेको १० दिनको समय सकिन तीन दिन मात्रै बाँकी छ। तर, प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता लिए ओली संयुक्त दस्तावेज ल्याउन तयार रहेको बाँस्कोटाले बताए।

‘प्रचण्ड कमरेडले कपोकल्पित आरोप लगाउनुभएको छ। त्यसको कुनै तथ्य प्रमाण छैन। मिथ्या हो’, बाँस्कोटाले भने, ‘त्यो प्रस्ताव प्रचण्ड कमरेडले फिर्ता लिनुभयो भने संयुक्त प्रतिवेदन पनि आउन सक्छ। नभए आरोपको सबै जवाफ दिने गरी केपी कमरेडको एकल प्रतिवेदन आउन सक्छ।’

यदि प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नलिए ओलीले सबै आरोपको एक/एक जवाफ दिने गरी सचिवालय बैठकमा पेश गर्ने गरी प्रतिवेदन आउने बास्कोटाले बताए। पार्टी सचिवालय बैठकमा ओली कमरेडको प्रतिवेदनमाथि छलफल भएपछि त्यसैले पार्टीको विवाद निर्धारण गर्ने नेताहरुले बताएका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागत केन्द्रीय सदस्य (महिला) का दुई पदमा डा. सीता पोखरेल घिमिरे र बाला अधिकारी निर्वाचित... बिहीबार, असोज २९, २०८३
‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन अनुसन्धानमा आधारित नीति आवश्यक : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न अनुसन्धानमा आधारित नीति निर्माण आवश्यक रहेको... बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो,... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्