काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना कोरोना संक्रमित भेटिएका छन्। उपत्यकामा ३५० महिला र ४८५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
काठमाडौंमा ६३५ जना, भक्तपुरमा ८७ जना र ललितपुरमा ११३ जना कोरोना संक्रमित पछिल्लो २४ घण्टामा पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।
नेपालमा बुधबार थप ३ हजार १४० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ।
२४ घण्टायता थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९४८ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा हालसम्म १६ लाख ९० हजार ५०९ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ६६९ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १६ हजार ६३९ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।