• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १९, २०८२ Fri, Dec 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आलेख : अझै छाउपडी सहन बाध्य छन् महिला

64x64
रासस बुधबार, मंसिर १०, २०७७  १६:०१
1140x725

कैलाली- कैलालीको टीकापुरकी दुर्गा विक स्टाफ नर्स हुन्। उनलाई प्रजनन स्वास्थ्य तथा महिलाको प्रजनन अधिकारका बारेमा राम्रो ज्ञान छ। तर आफ्नै परिवार र समाजले स्वीकृति नदिँदा समाजमा गलत अभ्यासकारुपमा रहेको छाउपडी कुप्रथा मान्न भने उनी विवश छिन्। 

सत्ताइस वर्षीया दुर्गालाई महिनावारीको समयमा पोषिलो खानेकुरा खानुपर्छ, सरसफाइ र आराम बढी गर्नुपर्छ भन्ने ज्ञान भए पनि महिनावारीको समयमा गरिने छुवाछुतले भने मन पोल्छ। ‘यस पटकको दशैँमा मैले टीका लगाउन पनि पाइन, किनभने म महिनावारी भएकी थिएँ’, विकले भनिन्, ‘घरका सबै परिवारले रमाइलो गरे, ममात्र अपराधीजस्तो अलग्गै बसेँ, म निकै रोएँ, मैले पढेर पनि परिवारलाई बुझाउन सकिन जस्तो लाग्यो।’ दुर्गाले महिला भएकै कारण सबैभन्दा बढी पीडा यसपटक महसुस गरेको अनुभव सुनाइन्।

कैलालीको लम्की चुहा– ३ की सुदिक्षा साउद वर्षमा दुई पटक सङ्गिनी सुई लगाउछिन्। सुदिक्षाले सङ्गिनी सुई गर्भ रोक्नका लागि लगाउनुको साटो महिनावारी रोक्न लगाउने गर्छिन्। गर्भनिरोधक सङ्गिनी सुई लगाएपछि उनको महिनावारी रोकिने रहेछ।

महिनावारी रोकिए छाउगोठ बस्नु पर्दैन, छाउगोठ बस्ने समस्याबाट बच्न उनी यसो गर्छिन्। ‘वर्षात्‌मा तीन महिना र जाडोमा तीन महिना घरबाहिर बस्न कठिन हुन्छ। एक पटक लगाए तीन महिना ढुक्क हुने भएकाले म त्यही गर्छु’, सुदिक्षाले भनिन्, ‘वर्षात्‌मा सर्प, कीराको डर हुन्छ, अनि जाडोमा गोठमा जाडो हुन्छ, त्यही भएर यसो गर्छु।’

महिनावारीका समयमा छाउगोठमा बस्नु नपरेको भए सुदिक्षाले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने सुई लगाउने थिइनन्। उनलाई सुइको असरबारे जानकारी पनि छैन। ‘सुई लगाउँदा महिनावारी रोकिनु त राम्रो होइन भन्ने लाग्छ तर पछि भइहाल्छ’, उनी भन्छिन्, ‘ममात्र होइन मेरी जेठानी पनि लगाउँछिन्। हाम्रो बाध्यता छ। सासू ससुराले घरभित्र बस्न दिनुहुन्न।’

टीकापुर– ७ की सिर्जना साउद १७ वर्षीय युवती हुन्। उनको गाउँमा पनि महिनावारीका समयमा सबै महिला छाउगोठमा बस्छन्। ‘मलाई त थाह छ तर परिवारका सदस्यले मान्दैनन्, बाध्यताले पनि घरबाहिर बस्छौँ’, सिर्जना भन्छिन्, ‘घरबाहिर सानो गोठमा बस्दा महिनावारीको समयमा लेखपढ गर्न सकिन्न। चिसोमा जाडो हुन्छ, घाम लाग्दा गर्मी हुन्छ। निकै दुःख छ।’

सिर्जना जस्ता त्यहाँका किशोरीलाई महिनावारी बार्नु गलत हो भन्ने थाह छ तर समाजले मान्दैन। उनीहरु सामाजिकरुपमा रहेको गलत अभ्यासलाई परम्पराका रुपमा मानिरहेका छन्। ‘कुनै किशोरी नियमित महिनावारी नभए गलत शङ्का गर्न थाल्छन्, त्यही भएर पनि छाउ बार्नु परेको छ’, स्थानीय रुपा विकले भनिन्, ‘मैले एक पटक कसैलाई भनिन्, घरभित्रै बसेँ। सबैले मेरो आमालाई तेरी छोरी महिनावारी भइन, विचार गर भने, अनि तनाव भयो, त्यसपछि लुकाउन छोडें। बरु गोठमै बस्छु।’

कैलालीमा छाउपडी कुप्रथाकै कारण यस्ता पीडा भोगेका महिला धेरै छन्। अहिले पनि टीकापुर नगरपालिका–२, ६, ७, ८ र ९ का केही घरमा छाउगोठ छन्। नगरपालिकामा कति छाउगोठ छन् भन्ने तथ्याङ्क नगरपालिकासँग नभए पनि अझै दर्जनौँ छाउगोठ रहेका छन्। वडा नं २ मा मात्रै दर्जनबढी छाउगोठ छन्। 

Ncell 2
Ncell 2

महिलालाई महिनावारी भएका बेला गोठमा राख्नेमात्र नभई मीठो र पोषिलो खानेकुरासमेत खान नदिँदा उनीहरुको स्वास्थ्यमा समस्या देखिने गरेको छ। विशेषगरी किशोरीहरुमा रक्तअल्पताको समस्या देखिने गरेको टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्का बताउँछिन्। ‘बढी स्याहार, आराम चाहिने समयमा घर बाहिर बस्नुपर्दा कस्तो होला?’ उनी भन्छिन्, ‘पोषिलो खानेकुरा खान दिनुपर्छ। यस्तो बेलामा दही, दूध, गेडागुडीको झोल बढी खानुपर्छ।’

शिक्षिका सम्झना अर्याल महिनावारीकै कारण महिलाले हिंसा भोगिरहेको बताउँछिन्। ‘महिनावारी वा रजश्वला हुनु भनेको महिलाले पाएको वरदान हो। रजश्वला भए पो सन्तान जन्माउन सक्षम हुन्छिन् भन्ने कुरा समाजले थाह नपाएको हो र?’, शिक्षिका अर्याल भन्छिन्, ‘यो अपराध हो। महिलाले अब अधिकार खोज्नुपर्छ, डराउन भएन। हामीले विद्यालयको कक्षामा छाउ कुप्रथाबारे बढी छलफल गर्छौँ।’

गतवर्ष छाउपडी कुप्रथा रोक्न टीकापुर नगरपालिकाको तीन चरणको कार्यक्रम शुरु गर्‍यो। उपप्रमुख केशरी रावल विष्टको नेतृत्वमा गठित कार्यदलले तत्कालीन, अल्पकालीन र दीर्घकालीनरुपमा छाउपडी कुप्रथा अन्त्य गर्ने तयारी थाल्यो। नगरपालिकाले गत वर्ष फागुनमा जनप्रतिनिधि, प्रहरी र महिला अगुवा साथ लिएर ६० छाउगोठ भत्कायो तर त्यसपछि कार्यक्रम सेलायो।

‘छाउपडी कुप्रथाविरुद्ध प्रचारप्रसार, छाउगोठको तथ्याङ्क सङ्कलन, सार्वजनिक पदमा रहेर घरमा छाउपडी गोठ भएका व्यक्तिलाई कारवाही, कार्यदल गठन, निगरानी, संवादलगायतका कार्यक्रम शुरु गरियो’, उपप्रमुख विष्ट भन्छन्, ‘अल्पकालीन कार्यक्रमतर्फ प्याड उत्पादन गर्नुका साथै सबै विद्यालय र समुदायमा निःशुल्क वितरण, प्याड डिस्पोजल इन्सुलेटरका साथै दीर्घकालीनतर्फ महिला अधिकार, परिवार व्यवस्थापन, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना बनायौँ, प्याड वितरणजस्ता कार्य गर्‍यौं तर कोरोना महामारीले सबै योजना कार्यान्वयन गर्न सकिएन।’

नगरपालिकाले विकास योजना कार्यान्वयनका लागि गठन गरिने उपभोक्ता समितिमा छाउगोठ भएकालाई नराख्ने कार्य अघि बढाएको समेत उपप्रमुख विष्टले बताउनुभयो। कार्यदलको बैठकले सजाय र प्रोत्साहन दुवै नीतिलाई एकसाथ अघि बढाउने निर्णय गरेको थियो तर कार्यान्वयनमा भने नगरपालिका कमजोर देखिएको छ। 

‘सरकारी सुविधा पाउने व्यक्तिले छुवाछुत गरेको पाइएमा सेवा सुविधा रोक्का, विभेद गर्नेविरुद्ध वडा कार्यालयमा उजूरीका साथै थप कानूनी कारवाही गर्ने निर्णय गरेका छौँ’, २ नं का वडाध्यक्ष प्रकाशबहादुर बुढाथोकी भन्छन्, ‘यो निर्णयपछि केहीले आफैँ गोठ भत्काए तर केहीले टेरेनन्। कारबाही गर्न पनि गाह्रो हुने रहेछ। हामीले छाउपडी मान्ने परिवारलाई विकासका कार्यमा सहभागी नगराउने भनेका छौँ।’

टीकापुरमा छाउपडी कुप्रथा रोक्न नगर प्रमुख तपेन्द्रबहादुर रावलको नेतृत्वमा अनुगमन तथा निर्देशन समिति, वडाध्यक्षको नेतृत्वमा वडापालिका कार्यदल र इच्छुक अगुवाको नेतृत्वमा गाउँस्तरमा कार्यदल गठन भएका छन्। ‘कार्यदलमा विभिन्न पार्टीका प्रतिनिधि, सरकारी सङ्घ संस्थाका प्रतिनिधि, धार्मिक अगुवा, विद्यालयका प्रधानाध्यापक सहभागी छन्’, दीगो विकास महिला सञ्जालका अध्यक्ष चन्द्रावती शर्माले भने, ‘तर कार्यदलले काम गरेको देखिएन। महिलाले कुप्रथाबाट मुक्ति पाएनन्।’

नगर प्रमुख तपेन्द्रबहादुर रावल नगरपालिकाले छाउपडी कुप्रथा विरुद्ध नगरसभामै सङ्कल्प प्रस्ताव पारित गरेर काम थालेको बताउछन्। रावल समाज विस्तारै परिवर्तन हुने बताउँछन्। ‘हामीले निरन्तर काम गर्ने योजना बनाएका थियौँ, छाउपडी कुप्रथाका कारण सुरक्षित बास र पोषणयुक्त खान पाउने अधिकार हनन भएको छ’, रावल भन्छन्, ‘सामाजिकरुपमा कलङ्कका रुपमा रहेको, कानूनी रुपमा दण्डनीय भएकाले हामी कुप्रथा अन्त्यमा कटिबद्ध छौँ।’

विसं २०६२ वैशाख १९ गते सर्वोच्च अदालतले महिनावारी भएका महिलालाई छाउपडी गोठमा पठाउने प्रथा कुरीति भएको फैसला गर्दै यस्ता काममा रोक लगाउन सरकारका नाममा आदेश जारी गरे पनि अहिलेसम्म समाजमा अभ्यासमा रहनुले कानून पालना नभएको देखिने अधिकारकर्मी रत्ना सुनार बताउँछिन्।

‘सुदूरपश्चिममा विसं २०६२ यता कम्तीमा २५ जना महिलाले छाउपडी प्रथाकै कारण ज्यान गुमाइसकेका छन्’, सुनारले भनिन्, ‘गतवर्ष अछाममा एक युवतीले गोठभित्रै ज्यान गुमाएपछि सरकारको ध्यानाकर्षण भएको हो।’

विसं २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १६८ मा छाउपडी प्रथालाई कसैले मान्यता दिएमा कानूनी सजाय हुने उल्लेख गरिएको छ। उक्त दफामा यस्तो कसुर गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। अझ त्यसमा राष्ट्रसेवकले यस्तो कसुर गरेमा निजलाई थप तीन महिनासम्म कैद सजाय हुने व्यवस्था छ। 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
आज धान्यपूर्णिमा, नेवार समुदायको योमरी पुन्हि, किरात उधौली मनाउँदै सनातन समाजमा यो पर्धावन्य पूर्णिमाका रूपमा चिनिन्छ। धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा  छ। यो दिन धानको भ... बिहीबार, मंसिर १८, २०८२
आज अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस अपाङ्गता भएका व्यक्तिलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी साधन, सडक, पार्क, मठ मन्दिर, सरकारी र सार्वजनिक एवम निजी संरचना आदिमा उ... बुधबार, मंसिर १७, २०८२
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस प्रवासी तथा असुरक्षित श्रमिकहरूलाई घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रसम्म विभिन्न आर्थिक शोषणमा लगाइने गरेको पा... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त शुक्रबार, मंसिर १९, २०८२
बालुवाटारमा सर्वपक्षीय बैठक सुरु, तस्बिरहरू शुक्रबार, मंसिर १९, २०८२
पैसा र शक्तिको प्रभावमा मात्रै चुनाव जित्ने अवस्था आउन दिनुहुन्न : प्रधानमन्त्री शुक्रबार, मंसिर १९, २०८२
देउवा भेट्न पुगे ओली शुक्रबार, मंसिर १९, २०८२
राप्रपाको निष्कासनपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
आफूमाथि अन्याय भयो भन्दै सुदन गुरुङसँग रवि लामिछानेको गरे गुनासो बिहीबार, मंसिर १८, २०८२
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने बिहीबार, मंसिर १८, २०८२
सञ्चालनमा आयो भाटभटेनी बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्