• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

आलेख : अझै छाउपडी सहन बाध्य छन् महिला

64x64
रासस बुधबार, मंसिर १०, २०७७  १६:०१
1140x725

कैलाली- कैलालीको टीकापुरकी दुर्गा विक स्टाफ नर्स हुन्। उनलाई प्रजनन स्वास्थ्य तथा महिलाको प्रजनन अधिकारका बारेमा राम्रो ज्ञान छ। तर आफ्नै परिवार र समाजले स्वीकृति नदिँदा समाजमा गलत अभ्यासकारुपमा रहेको छाउपडी कुप्रथा मान्न भने उनी विवश छिन्। 

सत्ताइस वर्षीया दुर्गालाई महिनावारीको समयमा पोषिलो खानेकुरा खानुपर्छ, सरसफाइ र आराम बढी गर्नुपर्छ भन्ने ज्ञान भए पनि महिनावारीको समयमा गरिने छुवाछुतले भने मन पोल्छ। ‘यस पटकको दशैँमा मैले टीका लगाउन पनि पाइन, किनभने म महिनावारी भएकी थिएँ’, विकले भनिन्, ‘घरका सबै परिवारले रमाइलो गरे, ममात्र अपराधीजस्तो अलग्गै बसेँ, म निकै रोएँ, मैले पढेर पनि परिवारलाई बुझाउन सकिन जस्तो लाग्यो।’ दुर्गाले महिला भएकै कारण सबैभन्दा बढी पीडा यसपटक महसुस गरेको अनुभव सुनाइन्।

कैलालीको लम्की चुहा– ३ की सुदिक्षा साउद वर्षमा दुई पटक सङ्गिनी सुई लगाउछिन्। सुदिक्षाले सङ्गिनी सुई गर्भ रोक्नका लागि लगाउनुको साटो महिनावारी रोक्न लगाउने गर्छिन्। गर्भनिरोधक सङ्गिनी सुई लगाएपछि उनको महिनावारी रोकिने रहेछ।

महिनावारी रोकिए छाउगोठ बस्नु पर्दैन, छाउगोठ बस्ने समस्याबाट बच्न उनी यसो गर्छिन्। ‘वर्षात्‌मा तीन महिना र जाडोमा तीन महिना घरबाहिर बस्न कठिन हुन्छ। एक पटक लगाए तीन महिना ढुक्क हुने भएकाले म त्यही गर्छु’, सुदिक्षाले भनिन्, ‘वर्षात्‌मा सर्प, कीराको डर हुन्छ, अनि जाडोमा गोठमा जाडो हुन्छ, त्यही भएर यसो गर्छु।’

महिनावारीका समयमा छाउगोठमा बस्नु नपरेको भए सुदिक्षाले स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने सुई लगाउने थिइनन्। उनलाई सुइको असरबारे जानकारी पनि छैन। ‘सुई लगाउँदा महिनावारी रोकिनु त राम्रो होइन भन्ने लाग्छ तर पछि भइहाल्छ’, उनी भन्छिन्, ‘ममात्र होइन मेरी जेठानी पनि लगाउँछिन्। हाम्रो बाध्यता छ। सासू ससुराले घरभित्र बस्न दिनुहुन्न।’

टीकापुर– ७ की सिर्जना साउद १७ वर्षीय युवती हुन्। उनको गाउँमा पनि महिनावारीका समयमा सबै महिला छाउगोठमा बस्छन्। ‘मलाई त थाह छ तर परिवारका सदस्यले मान्दैनन्, बाध्यताले पनि घरबाहिर बस्छौँ’, सिर्जना भन्छिन्, ‘घरबाहिर सानो गोठमा बस्दा महिनावारीको समयमा लेखपढ गर्न सकिन्न। चिसोमा जाडो हुन्छ, घाम लाग्दा गर्मी हुन्छ। निकै दुःख छ।’

सिर्जना जस्ता त्यहाँका किशोरीलाई महिनावारी बार्नु गलत हो भन्ने थाह छ तर समाजले मान्दैन। उनीहरु सामाजिकरुपमा रहेको गलत अभ्यासलाई परम्पराका रुपमा मानिरहेका छन्। ‘कुनै किशोरी नियमित महिनावारी नभए गलत शङ्का गर्न थाल्छन्, त्यही भएर पनि छाउ बार्नु परेको छ’, स्थानीय रुपा विकले भनिन्, ‘मैले एक पटक कसैलाई भनिन्, घरभित्रै बसेँ। सबैले मेरो आमालाई तेरी छोरी महिनावारी भइन, विचार गर भने, अनि तनाव भयो, त्यसपछि लुकाउन छोडें। बरु गोठमै बस्छु।’

कैलालीमा छाउपडी कुप्रथाकै कारण यस्ता पीडा भोगेका महिला धेरै छन्। अहिले पनि टीकापुर नगरपालिका–२, ६, ७, ८ र ९ का केही घरमा छाउगोठ छन्। नगरपालिकामा कति छाउगोठ छन् भन्ने तथ्याङ्क नगरपालिकासँग नभए पनि अझै दर्जनौँ छाउगोठ रहेका छन्। वडा नं २ मा मात्रै दर्जनबढी छाउगोठ छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

महिलालाई महिनावारी भएका बेला गोठमा राख्नेमात्र नभई मीठो र पोषिलो खानेकुरासमेत खान नदिँदा उनीहरुको स्वास्थ्यमा समस्या देखिने गरेको छ। विशेषगरी किशोरीहरुमा रक्तअल्पताको समस्या देखिने गरेको टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्का बताउँछिन्। ‘बढी स्याहार, आराम चाहिने समयमा घर बाहिर बस्नुपर्दा कस्तो होला?’ उनी भन्छिन्, ‘पोषिलो खानेकुरा खान दिनुपर्छ। यस्तो बेलामा दही, दूध, गेडागुडीको झोल बढी खानुपर्छ।’

शिक्षिका सम्झना अर्याल महिनावारीकै कारण महिलाले हिंसा भोगिरहेको बताउँछिन्। ‘महिनावारी वा रजश्वला हुनु भनेको महिलाले पाएको वरदान हो। रजश्वला भए पो सन्तान जन्माउन सक्षम हुन्छिन् भन्ने कुरा समाजले थाह नपाएको हो र?’, शिक्षिका अर्याल भन्छिन्, ‘यो अपराध हो। महिलाले अब अधिकार खोज्नुपर्छ, डराउन भएन। हामीले विद्यालयको कक्षामा छाउ कुप्रथाबारे बढी छलफल गर्छौँ।’

गतवर्ष छाउपडी कुप्रथा रोक्न टीकापुर नगरपालिकाको तीन चरणको कार्यक्रम शुरु गर्‍यो। उपप्रमुख केशरी रावल विष्टको नेतृत्वमा गठित कार्यदलले तत्कालीन, अल्पकालीन र दीर्घकालीनरुपमा छाउपडी कुप्रथा अन्त्य गर्ने तयारी थाल्यो। नगरपालिकाले गत वर्ष फागुनमा जनप्रतिनिधि, प्रहरी र महिला अगुवा साथ लिएर ६० छाउगोठ भत्कायो तर त्यसपछि कार्यक्रम सेलायो।

‘छाउपडी कुप्रथाविरुद्ध प्रचारप्रसार, छाउगोठको तथ्याङ्क सङ्कलन, सार्वजनिक पदमा रहेर घरमा छाउपडी गोठ भएका व्यक्तिलाई कारवाही, कार्यदल गठन, निगरानी, संवादलगायतका कार्यक्रम शुरु गरियो’, उपप्रमुख विष्ट भन्छन्, ‘अल्पकालीन कार्यक्रमतर्फ प्याड उत्पादन गर्नुका साथै सबै विद्यालय र समुदायमा निःशुल्क वितरण, प्याड डिस्पोजल इन्सुलेटरका साथै दीर्घकालीनतर्फ महिला अधिकार, परिवार व्यवस्थापन, वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने योजना बनायौँ, प्याड वितरणजस्ता कार्य गर्‍यौं तर कोरोना महामारीले सबै योजना कार्यान्वयन गर्न सकिएन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नगरपालिकाले विकास योजना कार्यान्वयनका लागि गठन गरिने उपभोक्ता समितिमा छाउगोठ भएकालाई नराख्ने कार्य अघि बढाएको समेत उपप्रमुख विष्टले बताउनुभयो। कार्यदलको बैठकले सजाय र प्रोत्साहन दुवै नीतिलाई एकसाथ अघि बढाउने निर्णय गरेको थियो तर कार्यान्वयनमा भने नगरपालिका कमजोर देखिएको छ। 

‘सरकारी सुविधा पाउने व्यक्तिले छुवाछुत गरेको पाइएमा सेवा सुविधा रोक्का, विभेद गर्नेविरुद्ध वडा कार्यालयमा उजूरीका साथै थप कानूनी कारवाही गर्ने निर्णय गरेका छौँ’, २ नं का वडाध्यक्ष प्रकाशबहादुर बुढाथोकी भन्छन्, ‘यो निर्णयपछि केहीले आफैँ गोठ भत्काए तर केहीले टेरेनन्। कारबाही गर्न पनि गाह्रो हुने रहेछ। हामीले छाउपडी मान्ने परिवारलाई विकासका कार्यमा सहभागी नगराउने भनेका छौँ।’

टीकापुरमा छाउपडी कुप्रथा रोक्न नगर प्रमुख तपेन्द्रबहादुर रावलको नेतृत्वमा अनुगमन तथा निर्देशन समिति, वडाध्यक्षको नेतृत्वमा वडापालिका कार्यदल र इच्छुक अगुवाको नेतृत्वमा गाउँस्तरमा कार्यदल गठन भएका छन्। ‘कार्यदलमा विभिन्न पार्टीका प्रतिनिधि, सरकारी सङ्घ संस्थाका प्रतिनिधि, धार्मिक अगुवा, विद्यालयका प्रधानाध्यापक सहभागी छन्’, दीगो विकास महिला सञ्जालका अध्यक्ष चन्द्रावती शर्माले भने, ‘तर कार्यदलले काम गरेको देखिएन। महिलाले कुप्रथाबाट मुक्ति पाएनन्।’

नगर प्रमुख तपेन्द्रबहादुर रावल नगरपालिकाले छाउपडी कुप्रथा विरुद्ध नगरसभामै सङ्कल्प प्रस्ताव पारित गरेर काम थालेको बताउछन्। रावल समाज विस्तारै परिवर्तन हुने बताउँछन्। ‘हामीले निरन्तर काम गर्ने योजना बनाएका थियौँ, छाउपडी कुप्रथाका कारण सुरक्षित बास र पोषणयुक्त खान पाउने अधिकार हनन भएको छ’, रावल भन्छन्, ‘सामाजिकरुपमा कलङ्कका रुपमा रहेको, कानूनी रुपमा दण्डनीय भएकाले हामी कुप्रथा अन्त्यमा कटिबद्ध छौँ।’

विसं २०६२ वैशाख १९ गते सर्वोच्च अदालतले महिनावारी भएका महिलालाई छाउपडी गोठमा पठाउने प्रथा कुरीति भएको फैसला गर्दै यस्ता काममा रोक लगाउन सरकारका नाममा आदेश जारी गरे पनि अहिलेसम्म समाजमा अभ्यासमा रहनुले कानून पालना नभएको देखिने अधिकारकर्मी रत्ना सुनार बताउँछिन्।

‘सुदूरपश्चिममा विसं २०६२ यता कम्तीमा २५ जना महिलाले छाउपडी प्रथाकै कारण ज्यान गुमाइसकेका छन्’, सुनारले भनिन्, ‘गतवर्ष अछाममा एक युवतीले गोठभित्रै ज्यान गुमाएपछि सरकारको ध्यानाकर्षण भएको हो।’

विसं २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १६८ मा छाउपडी प्रथालाई कसैले मान्यता दिएमा कानूनी सजाय हुने उल्लेख गरिएको छ। उक्त दफामा यस्तो कसुर गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। अझ त्यसमा राष्ट्रसेवकले यस्तो कसुर गरेमा निजलाई थप तीन महिनासम्म कैद सजाय हुने व्यवस्था छ। 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्