विराटनगर- सोलुखम्बुमा लेक लागेर एक जापानी नागरिकको मृत्यु भएको छ।
खुम्बुपासाङल्हामु–४ स्थित लबुचे वेस क्याम्पमा लेक लागेर गम्भीर बिरामी भएका ४२ वर्षीय कुगा टाकाहिरोको आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालयलाई उद्धृत गर्दै प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। लुक्लास्थित निकोल निकिल अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो।
सगरमाथा आरोहणका लागि उनी गत वैशाख १४ मा काठमाडौंस्थित नेपाल एक्सप्लोरेसन प्रालिमार्फत सोलुखुम्बु आएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।