• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

महोत्तरी बालिका हत्याकाण्ड : एकदिन घरमै लुकाएका थिए अभियुक्तले शव, छोरालाई बाबुले नै प्रहरीमा बुझाए

64x64
नारायण अधिकारी मंगलबार, मंसिर ९, २०७७  १४:५१
1140x725

काठमाडौं- महोत्तरीको बर्दिबास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको हत्यामा संलग्न भएको आरोप लागेका युवक पक्राउ परेसँगै घटनाका नयाँनयाँ पाटा खुल्न थालेका छन्। 

बर्दिबास सुगम बस्तीकी सादिम आलमकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्यामा संलग्न भएको आरोप लागेका महोत्तरीको गौशाला नगरपालिका-५ जिरो माइलका २६ वर्षीय युवक अरुणकुमार साह अहिले प्रहरी नियन्त्रणमा छन्। प्रहरीले उनीसँग हत्याका विभिन्न पाटाहरूबारे अनुसन्धान गरिरहेको छ। यसक्रममा केही नयाँ तथ्यहरु खुल्दै गएको महोत्तरीका एसपी टिकाबहादुर केसीले नेपाल लाइभसँग बताए।

आफ्नै घरमा खेलिरहेका बेलामा आइतबार साँझ बालिका हराएको भन्दै इलाका प्रहरी कार्यालय बर्दिबासमा सूचना आएको थियो। उक्त सूचना आएपछि खोजतलासमा जुटेको प्रहरीले बालिकाको अवस्था पत्ता लगाउन सकेको थिएन। बालिकाको खोजीमा निस्किएको प्रहरीले सोमबार राती भने बालिकाको घर नजिक सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालय नजिकको एक झाडीमा बालिकाको शव फेला परेको थियो। बोराभित्र प्याक गरेको अवस्थामा भेटिएको उक्त शवमा खासै घाउचोट देखिएको थिएन। बालिकाको घाँटी थिचेर हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान थियो।  

बालिकाको शव भेटिएको समयसँग लामो अन्तर नगरी २६ वर्षीय अरुणकुरमार साहलाई उनकै बाबुले इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा बालिकाको हत्या गरेको भन्दै ल्याए। यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। त्यसपछि भने हत्या कसरी भयो भन्ने पाटो खुल्न थालेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईंले बताए।

पक्राउ परेका युवक साहको बयानअनुसार आइतबार घरमै खेलिरहेकी भनिएकी ती बालिका चक्लेट किन्न भन्दै साहले सञ्चालन गरेको पसलमा पुगेकी थिइन्। ती बालिका चक्लेट किन्न आएका बेला पसले साह भने रक्सीको नसामा लट्ठ थिए। साहले प्रहरीसँगको बयानमा भनेका छन्, ‘चक्लेट किन्न आएकी ती बालिकालाई पसलको पछाडिको कोठामा लगेँ। र तौलियाले घाँटी थिचेको थिएँ। सोही क्रममा उनको मृत्यु भयो।’

बालिकाको मृत्यु भएपछि साहले एक दिनभर र एक रात बालिकाको शव आफू सुत्ने कोठामै राखेको पाइएको छ। शव व्यवस्थापन गर्ने उचित मौकाको पर्खाईमा रहेका साहले आइतबार रातभर र सोमबार दिनभर बालिकाको शव आफू सुत्ने कोठामा राखेको प्रहरी बयानमा बताएका छन्। प्रहरीले आइतबार राती र सोमबार दिनभर खोज्दा पनि बालिकाको अवस्था पत्ता लगाउन सकेको थिए। सोमबार साँझ भने प्लास्टिकको बोरामा बालिकाको शव प्याक गरेर आफ्नो घरभन्दा अन्दाजी ४० मिटर जति टाढा झाडीमा फालेका थिए। बालिका खोजतलासमा रहेको प्रहरीले उक्त झाडीबाटै बालिकाको शव फेला पारेको थियो।

हत्यारालाई बाबुले नै बुझाएका थिए प्रहरीमा
बालिकाको हत्या गरेर झाडीमा शव फ्याँकेपछि युवक साह गौशाला नगरपालिका-५ स्थित आफ्नो घर गएका थिए। आफूले गरेको अपराध युवक साहले लामो समयसम्म लुकाउन सकेनन्। साहले पश्चाताप मान्दै बालिका हत्याको कहानी परिवारलाई सुनाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘सुरुमा उनले बताएका कुरामा परिवारका सदस्यले विश्वास गरेका थिएनन्। उनी पश्चाताप मान्दै मलिन रुपमा घटनाको बेलिविस्तार लगाएपछि उनको परिवारका सदस्यले विश्वास गरेको देखियो,’ घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईंले नेपाल लाइभसँग भने।

यो पनि पढ्नुहोस्

महोत्तरीमा ६ वर्षीया बालिकाको हत्या, आरोपित भन्छन्- नशामा थिएँ, हत्यापछि बोरामा प्याक गरेर फ्याकेँमंगलबार, मंसिर ९, २०७७

त्यसपछि युवक साहका बाबुले नै उनलाई सोमबार राती इलाका प्रहरी कार्यालय गौशाला पुर्‍याएका थिए। ‘मेरो छोराले एक बालिकाको हत्या गरेको बताउँछ। के भएको हो अनुसन्धान गरीपाऊँ’ भन्दै आफ्नै छोरोलाई लिएर प्रहरी कार्यालय आएपछि युवक साहलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। 

प्रहरीसँगको बयानमा आफूले बालिकाको हत्या गरेको युवकले स्वीकार गरेको प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसपी कृष्ण प्रसाईंले नेपाल लाइभलाई जानकारी दिए। ‘पक्राउ परेका युवकले घटना स्वीकार गरिसकेका छन्। घटना किन भयो भन्ने पाटो बारे अनुसन्धान भइरहेको छ,’ एसपी प्रसाईंले भने।

Xtrem

Xtrem

आरोपित युवकको घरमा आगजनी, राजमार्गसमेत अवरुद्ध
६ वर्षीया बालिकाको हत्या भएपछि स्थानीय र आफन्त आक्रोशित भएका छन्। आक्रोशित स्थानीयले हत्याका अभियुक्त साहको पसल भएको घरमा आगजनीसमेत गरेका छन्। आगजनीबाट ठूलो क्षति भने हुन नपाएको एसपी प्रसाईंले बताए। ‘आक्रोशित भिडले साहको पसलमा आगजनी गरेको थियो। सुरक्षाकर्मीले बेलैमा आगो नियन्त्रणमा लिएका क्षति हुन पाएन,’ एसपी प्रसाईंले भने।

हत्याको विरोधमा प्रर्दशनमा उत्रिएकाहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अश्रुग्यासका साथै गोलीसमेत चलाएको छ। प्रहरीको गोली लागेर २ प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। गोली चलाउनु अघिसम्म प्रहरीले स्थिति नियन्त्रणमा लिन २२ सेल अश्रुग्यास चलाएको थियो। 

स्थानीयको प्रर्दशनबाट पूर्व-पश्चिम राजमार्गसमेत अवरुद्ध भएको छ। बर्दिबास नगरपालिका–१४ स्थित चोकमा सडकमा  अवरोध गरेका छन्। 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, इलाका प्रहरी कार्यालय बर्दिबास तथा सशस्त्र प्रहरी बलबाट समेत टोली खटिएको छ। स्थानीयले भने साहले ती बालिकाको बलात्कार गरेपछि हत्या गरेको आरोप लगाएका छन्। यद्यपि बलात्कार हो/होइन भन्ने अहिलेसम्म पुष्टि नभएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवकलाई हदैसम्मको कारबाही हुनुपर्ने स्थानीयको माग छ।

हत्या आरोपमै मुद्दा खेपी धरौटीमा रिहा भएका थिए अभियुक्त अरुण
६ वर्षीया बालिका गुलाप्साको हत्या आरोपमा पक्राउ परेका अरुणकुमार साह यसअघि पनि हत्याकाण्डमै पक्राउ परेर धरौटीमा रिहा भएका व्यक्ति भएको प्रहरीले बताएको छ। 

बैसाख २८ गते महोत्तरीको गौशाला–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्यामा संलग्न भएको आरोपमा गौशाला-५ का साहलाई प्रहरीले पक्राउ गरेको थियो। साह र ठाकुर दुवैजनाले सँगै बसी रक्सी पिएका थिए। रक्सीको नसा लागेपछि उनीहरुबीच भनाभन भएको थियो। सोही क्रममा साहले बाँसको लट्ठीले ठाकुरको टाउकोमा हान्दा ठाकुरको ज्यान गएको थियो। घटनापछि फरार साहलाई त्यसबेला पनि इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीसहितको टोलीले पक्राउ गरेको थियो। 

कर्तव्य ज्यानको कसुरको मुद्दा चलाइएका साहलाई जिल्ला अदालत महोत्तरीले १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तत्काल धरौटी तिर्न नसकेपछि केही समय जेल चलान भएका साह पछि १ लाख धरौटी तिरेर रिहा भएका थिए। 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०७७  १४:५१
  • #महोत्तरी-बालिका-हत्याकाण्ड
  • #अरुणकुमार-साह
  • #गुलाप्सा-खातुन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्